राष्ट्रिय आदिवासी जनजाति अपाङ्ंग महिला संघले एक दर्जन नेपालको आदिवासी जनजाति आन्दोलनका प्रेरक व्यक्तित्वहरुको सम्मान गरेको छ । राजधानीमा आयोजना गरिएको “नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र संघर्षका आयामहरु” नामक कृतिको विमोचन कार्यक्रममा बाह्रजना व्यक्तित्वको सम्मान गरिएको हो ।
कार्यक्रममा दिवंगत व्यक्तित्व डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वालाई पनि मरोणोपरान्त सम्मान गरि उहाँहरुको परिवारलाई सम्मनपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सम्मानित हुनु हुनेहरुमा बम कुमारी बुढामगर, भद्र कुमारी घले, प्रतिमा गुरुङ, पूर्ब राजदुत डा. गणेश योञ्जन, प्रतिनिभिसभाका साँसद लालबीर चौधरी, अन्तरिम संविधानका मस्यौदाकार शान्ति कुमारी राई, डा. केशवमान शाक्य, तृप्ता लुङ्गेली मगर, नन्द कन्दङ्वा समेत हुनु हुन्थ्यो ।
कार्यक्रममा दिवंगत व्यक्तित्व डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वालाई पनि मरोणोपरान्त सम्मान गरि उहाँहरुको परिवारलाई सम्मनपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पुस्तकका लेखक कुमार यात्रु, तामाङलाइ पनि सम्मान गरिएको थियो ।
निडवानका अध्यक्ष प्रतिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष जमुना तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने पुस्तकका लेखक कुमार यात्रुले पुस्तकको परिचय प्रस्तुत गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमी शेर्पा लगायतले शुभकामना मन्तव्य राख्नु हुँदै पुस्तक प्रकासन गरेर अभिलेखिकरण गरेकोमा निडवानको कार्यको प्रसंशा गर्नु भएको थियो ।
कार्यक्रममा डा. अमिता शाक्य, डा. श्रीकुमार महर्जन, डा. सोम धिमाल, डा. लाल बहादुर पुनमगर र चिनीमाया माझीले पुस्तक माथि टिप्पणी गर्दै पूस्ताहस्तान्तरणका लागि यस प्रकारको कार्य निरन्तरताको कामना गर्नु भएको थियो । कार्यक्रममा सम्मानित व्यक्तिहरुका तर्फबाट बम कुमारी बुढामगरले आफनो जीवनका संघर्षहरु अभिलेखिकरण भएकोमा खुशी व्यक्त गर्नू भएको थियो ।
पुस्तकमा के छ ?
“जापानमा नेपाली खानपानको उहाँले स्थापित गराउनु भयो, अहिले जापानको रेष्टुरेन्टमा यहाँको नेवारी छोइला, कचिला, हाम्रो सेल रोटी मेनुमा राख्न थापिएको पाउन सकिन्छ । डा. योञ्जनकै योगदान हो” लेखक यात्रुले भन्नु भयो ।
पुस्तकमा समेटिनु भएका रैथाने नेवार समुदायका डा. केशवमान शाक्यले विगतमा गर्नू भएको मुख्य योगदानमा नेवारलाइ आदिवासी जनजातिमा सूचिकृत गराउनु र नेपालको धर्म निरपेक्षताको आन्दोलन उठाउनु भएको प्रसंग आएको छ ।
त्यरी नै बौद्ध निवासी जापानका लागि पूर्ब नेपाली राजदुत डा. गणेश योञ्जनका बिषयमा उल्लेख गर्दै बौद्धको ६० घरेको प्रसंग, मामला जात्रा, बौद्ध स्तुपा लगायतको रोचक प्रसंग पुस्तकमा उल्लेख छ ।लेखक कुमार यात्रुका अनुसार उहाँले राजदुत भएर नेपालका आदिवासी जनजातिहरुको पहिचान र परिचय कुटनीतक क्षेत्रमा बिश्वव्यापी प्रसार गर्नु भएको थियो ।
“जापानमा नेपाली खानपानको उहाँले स्थापित गराउनु भयो, अहिले जापानको रेष्टुरेन्टमा यहाँको नेवारी छोइला, कचिला, हाम्रो सेल रोटी मेनुमा राख्न थापिएको पाउन सकिन्छ । डा. योञ्जनकै योगदान हो” लेखक यात्रुले भन्नु भयो ।
बम कुमारी बुढामगर आफैमा एक अभियन्ता र आन्दोलनमा सक्रिय जीवन बाँची रहनु भएको व्यक्तित्व हुनु हुन्छ । उहाँले राजनीति मार्फत मात्र नभएर आफनो व्यक्तिगत पहलमा परम्परागत सीप प्रबद्र्धनमा महत्वपुर्ण योगदान गर्नू भएको पुस्तकमा विस्तारमा बर्णन गरिएको छ । उहाँले भाङ्ग्रा बुन्ने तान, रेशा निकाल्ने, धागो निकाल्ने काम गर्नू भएको छ । लेखक यात्रुका अनुसार उहाँ नेपालको महात्मा गान्धी नै हुनु हुन्छ । चर्खा आन्दोलन महात्मा गान्धीले गरे झै गरिरहनु भएको छ । यो अरुले नदेखेको पाटो हो ।
बम कुमारी मगर १८ मगरातको पहिचान स्थापित गर्ने काम पनि गर्नू भएको छ । उहाँ मगरहरुको भेजा प्रथाजनित संस्था हौइन भन्नु हुनछ ।उहाँ पन्चकचहरी प्रथा चाही प्रथाजनित संस्था मान्नु हुन्छ । यसबारेमा पनि बहसको पनि पुस्तकले सन्दर्भ सुरु गरेको छ ।
अपाङ्गता हुनु भएकी तृप्ता लुङ्गेली मगर एक प्रेरक व्यक्तित्वको विशेष चर्चा पुस्तकमा गरिएको छ । पोलियोका कारण बालकैमा अपाङ्गता हुनु भएकी तृप्ताको यस्तै कथा एआइपीपीको‘हर स्टोरी’मा पनि छापिएको छ ।
अपांगता भएर पनि आफनो व्यक्तित्व विकास, शैक्षिक उपाधि हासिल गर्न र अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि गर्नू भएको संघर्षका कथा पुस्तकमा एक प्रेरक प्रसंगका रुपमा आएको छ ।
किरात याक्थुङ चुम्लुङको संस्थापक अध्यक्ष नन्द कन्दङ्वा लिम्बु समाजको मात्र नभएर समग्र आदिवासी श्रमिकका बारै धेरै बोद्धिक कर्म गर्नू हुने व्यक्तित्व हुनु हुन्छ । उहाँले आदिवासी समाजमा एक बौद्धिक समन्वयकारी र सिर्जनशिल काम गर्नू भएको पुस्तकमा उल्लेख छ ।
भद्र कुमारी घले ख्याती प्राप्त समाजसेवी हुनु हुन्छ । उहाँ एक कला साधक, कवि, हुनु हुन्छ । उहाँका २९२ वटा कृति प्रकासित छन् । उहाँले तमुको बेद पनि लेख्नु भएको छ । उहाँ तत्कालीन जनजाति पाटीका संस्थापक पनि हुनु हुन्थ्यो । उहाँका बारे पुस्तकले केही न्याय गर्ने प्रयास गरेको छ ।
बर्दिया जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित साँसद लालबीर चौधरी रेशम चौधरीको बुवा हुनु हुन्छ । तर उहाँको परिचय त्यतिले मात्र पुरा हुँदैन । उहाँको आफनै विशेषता र योगदान छ । खास गरेर आदिवासी थारुहरुको प्रथाजनित परम्परा कुलापानी अभ्यास, बरघर परम्परा उहाँको विशिष्टता हो ।
विश्वव्यापी जलवायू परिवर्तनको प्रभाव बढी रहेको सन्दर्भमा थारुहरुले परम्परागत रुपमा पानीको व्यबस्थापन, बन जंगलको व्यबस्थापन कसरी गरिहेका छन् भन्ने सन्दर्भहरु उहाँबाट सिक्न सकिने टिप्पणीकारहरुको मत छ ।
शान्ति कुमारी राई अन्तरिम संविधानको मस्यौदाकार मध्ये एक हुनु हुन्छ । अन्तरिम संविधान नेपालको सबै सातै वटा संविधान मध्ये उत्कृष्ठ संविधान लेखनमा उहाँको विशेष योगदान थियो भन्ने सन्दर्भलाई पुस्तकले मार्गदर्शन दिएको छ । पुस्तकमा आदिवासी जनजातिको पहिचान, परिचय समानुपातिक समाबेशी कुरा कसरी आयो भन्ने सूचनाहरु छन् । उहाँ एक गायक पनि हुनु हुन्छ । चाम्लिङ भाषाको अभियन्ता पाठ्य पुस्तकको लेखकका रुपमा उहाँका ओझलमा परेका व्यक्तित्वलाई पुस्तकले सार्वजनिक गरेको छ ।
पुस्तकमा प्रतिमा गुरुङको पनि चिनारी लेखिएको छ । उहाँ अन्तराष्ट्रिय जगतमा परिचित र निडवानको संस्थापक अध्यक्ष हुनु हुन्छ । उहाँले निडवानको सञ्चालन र सीमान्तीकरणको चपेटामा परेका आदिवासी र त्यसमा पनि अपाङ्गता भएका आदिवासी महिलाहरुको सवाललाई राष्ट्रियकरण र अन्तराष्ट्रियकरणमा उहाँको विशेष योगदान दिइरहनु भएको छ ।
पुस्तकमा लेखकले आदिवासी आन्दोलनका शिर्ष व्यक्तित्वहरु डा हर्क गुरुङ, डा.ओम गुरुङ र डा चैतन्य सुव्वाको योगदानको विशेष खोज गर्नू भएको छ । उहाँहरु दिवंगत भइसकेको अवस्थामा उहाँहरुको परिवार तथा अन्य सम्पर्कमा रहेका व्यक्तिहरुकाबारे खोज गरेर प्रकाशमा नआएका पाटोलाई पुस्तकले उजागर गरेको छ ।
पुस्तकमा केही कमी कमजोरी पनि छन् । आदिवासी परम्परा अनुसार दिवंगतलाई ‘स्वर्गिय’ भनिएको छ । फेरि पदको अगाडि यस्तो विशेषण लागु हुँदैन । डिजायन अल्पदृष्टिका पाठकलाई ध्यानमा राखेर फन्टहरु बढाउनु सकारात्मक पक्ष भए पनि फोटो ‘ल्पेसिङ’ मिलेको देखिदैन । फोटोलाइ अनावाश्यक रुपमा सजाएर राख्दा अर्थको अनर्थ हुन गएको छ । अर्को कुरा पुस्तकको लेखकको नाम प्रिन्टलाइनमा दिइएको छैन । बौद्धिक कर्ममा यसलाई सकारात्मक मान्न सकिन्न ।
टिप्पणीकारहरुले पुस्तक लेखनमा प्रयोग गरिएका अध्ययन विधि र छनौटमा परेका व्यक्तिहरुका बारे साराँशमा उल्लेख गर्नू पर्ने धारणा राख्नु भएको छ । जुन सान्दर्भिक छ । तर जीवनीमूलक पुस्तकमा सन्दर्भसूचि आवश्यक थिएन । वास्तवमा पुस्तक आदिवासी परम्परा अनुसारको मौखिक ज्ञान प्रणालीको आधारमा तयार गरिएको बुझन सकिन्छ । तर यसैमा सन्दर्भ सूचि राख्नु अरुको नक्कल मात्र हो ।
जे भए पनि पुस्तक नेपालको आदिवासी आन्दोलनको अभिलेखिकरणको एक कोशेढुङगा नै हो । यो पुस्तकले लेख्य परम्परा नभएको आदिवासी जनजातिको गौरवपूर्ण इतिहास र गौरव गाथालाई उजागर गरेको छ । यस प्रक्रियामा निडवानले बाजी मारेको छ । साथमा अग्रज व्यक्तित्वलाई एकै थलोमा सम्मान गरेर र आदिवासीमा सरोकार राख्ने निकायमा प्रमूखहरुलाई साक्षीका रुपमा राख्नु निडवानको उपलव्धीका रुपमा लिन सकिन्छ ।