याक्थुङ लिम्बु भाषा र लिपीको युनिकोड सहितको किवोर्ड सार्वजनिक, लिपी विकासमा महत्वपूर्ण उपलव्धी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ फागुन २०८२, शुक्रवार
याक्थुङ लिम्बु भाषा र लिपीको युनिकोड सहितको किवोर्ड सार्वजनिक, लिपी विकासमा महत्वपूर्ण उपलव्धी

याक्थुङ लिम्बु भाषा र लिपीमा युनिकोड सहितको किवोर्ड सार्वजनिक भएको छ । याक्थुङ लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु)ले आयोजनामा गरेको एक कार्यक्रमका बीच चुम्लुङका संस्थापक अध्यक्ष नन्द कन्दङ्वाले युनिकोड किवोर्ड एन्ड्रोइड मोवाइल एप सार्वजनिक गर्नू भयो । सो अवसरमा संस्थापक अध्यक्षकन्दङवाले  किवोर्डसहितको स्तम्भको पनि अनावरण गर्नू भयो । 

कार्यक्रममा कियाचुका अध्यक्ष प्रेम येक्तेनले युनिकोडमा आधारित किबोर्ड निर्माणसफलता प्राप्त भएकोमा खुशी प्रकट गर्नू भयो । प्रविधिको प्रयोग गरेर याक्थुङ भाषा र लिपिमार्फत विश्वव्यापी सम्पर्क र सम्वाद गर्न सहज हुने विश्वास व्यक्त गर्नू भयो । 

कियाचु दक्षिण कोरीयाको आर्थिक सहयोगमा सो परियोजना सुरु भएको थियो । २०८१ साल साउन ४ बाट सुरु भएको  सो कार्य भविष्यमा पनि जारी रहने उहाँले बताउनु भयो । 

किरात सिरिजङ्गा लिपि युनिकाकोड किबोर्ड निर्माणकार्य सन २०२४ बाट थालिएको थियो । येक्तेनका अनुसार विन्डो माइक्रोसफट प्रोग्राम यस अघि नै सार्वजनिक भइसकेको छ ।  उसको प्रयोग संसारभर भइरहेको उहाँको दावी छ । 

जुन युनिकोर्ड किवोर्ड लेआउट कियाचु नेपालको वेबसाईटमा

  लिङ्कबाट र कियाचु कोरीयाको वेबसाइटबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । 

उहाँले किरात सिरिजङ्गा लिपि युनिकोड किबोर्ड  पनि सोही वेभसाइडमा उपलव्ध छ । याक्थुङ÷लिम्बु भाषा र लिपिको गुगल अनुवादको समेत कार्य प्रारम्भ भएको छ । आगामी दिनमा फोनिटिक  र टेड्रिशन लेआआउट विकास गर्ने योजना रहेको पनि सुनाउनु भयो । उहाँले लिपिका सबै वर्ण, मात्रा, चिन्हहरूको वैज्ञानिक सूची अवस्था अध्ययन र दस्तावेजीकरण गर्ने किरात याक्थुङ चुम्लुङद्वारा आफ्नै फन्ट निर्माण गर्ने लगायतका कार्य गर्ने योजना रहेको बताउनु भयो । 

कार्यक्रमका प्रमुख अतिथि तथा चुम्लुङका संस्थापक अध्यक्ष नन्द कन्दङ्वाले याक्थुङ भाषा र लिपिलाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउन सके डिजिटाइजेसनका सामग्रीहरूको प्रयोग र प्रभावकारिता अझ बढ्ने बताउनुभयो ।

कार्यक्रममा आइटी प्रशिक्षक बुधराम गुरुङले ‘डिजिटल लिपिको अङ्गीकरणः चुनौती र सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै अब कृत्रिम बुद्धिमत्ता (एआई) लाई पनि स्वदेशी भाषामै अनुकूल बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया