अनामनगरमा महानगरपालिकाले डोजर चलायो, स्थानिय विरोधमा

Admin
Admin३० जेठ २०८०, मङ्गलवार
अनामनगरमा महानगरपालिकाले डोजर चलायो, स्थानिय विरोधमा

अनामनगरस्थित एक सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । गोरखा एफएम चोकमा रहेको सो जग्गामा  २९ वडा भवन बनाउन महानगरले डोजर चलाए हो ।

सोमबार महानगरले सो सार्वजनिक जग्गा खाली गर्न डोजर चलाएपछि जग्गा नजिकै घर भएकाहरुले आफूहरुले संरक्षण गरेको जग्गामा भवन निर्माण गर्न नपाउने भन्दै विरोध गरेका हुन ।उनीहरुले भूकम्प जस्ता विपद्कालको लागि सो खाली स्थान चाहिने भन्दै वडा भवन निर्माण गर्न नदिने भन्दै विरोध गरेका छन । 

महानगरले जग्गा खाली गर्ने क्रममा केही स्थानीय वडा भवन बनाउनुपर्छ भन्ने अडानमा छन भने केही सो भवन बनाउन हुँदैन भन्नेमा छन । विवादविच महानगरले  डोजर चलाएर सो जग्गामा भवन निर्माणको लागि तयारी गरिरहेका छन । 

 

प्रतिक्रिया