लिम्बूवान दस्तावेजको तेस्रो संस्करण प्रकाशित 

Admin
Admin२३ जेठ २०८०, मङ्गलवार
लिम्बूवान दस्तावेजको तेस्रो संस्करण प्रकाशित 

मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह”को तेस्रो संस्करण प्रकाशित भएको छ । साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो । यो कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो कृतिको तेस्रो संस्करण प्रकाशित भएकोमा आफू हर्षित र उत्साहित भएको इतिहासकार इङ्नामले बताउनुभयो । उहाँले अहिले पनि आफू लिम्बूवानका खोज्न बाँकी दस्तावेजहरुको खोजीमा ब्यस्त भएको बताउनुभयो  । उहाँले पाँच सय थप दस्तावेजहरु सङ्कलन गरी तिनीहरु माथि अध्ययन गरिरहेको पनि जानकारी दिनुभयो । 

इङ्नामको यसअघि “तेह«थुम जिल्लामा सुब्बाङ्गी प्रथा” र “लिम्बू जातिको इतिहास”प्रकाशित छन् । नेपाल सरकारका अवकास प्राप्त सहसचिव उहाँ हालःलिम्बूवान अध्ययन केन्द्र नामको अनुसन्धान संस्थासँग सम्वद्ध हुनुहुन्छ ।
 

प्रतिक्रिया