रैथाने शिल्पकला विश्वविद्यालय स्थापना गर्न पहल 

डोल्मा शेर्पा
डोल्मा शेर्पा१८ वैशाख २०८०, सोमवार
रैथाने शिल्पकला विश्वविद्यालय स्थापना गर्न पहल 

रैथाने शिल्पकला तथा संस्कृतिको संरक्षण प्रबद्धन तथा पुस्तान्तरणको लागि छुटटै विश्वविद्यालय स्थापना गर्ने पहल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो विश्वविद्यालय स्थापनाका लागि डा. मानबहादुर विश्वकर्माको संयोजकत्वमा एक अध्ययन समिति पनि गठन गरेको छ ।

समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य राजन मुकारुङ, सामाजिक अभियन्ता गीताचौधरी, सांँस्कृतिक अभियन्ता भोगिराज चाम्लिङ र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव डा. सुरेश सुरस श्रेष्ठ रहनु भएको छ । 

अध्ययन समितिले यसै साता विश्वविद्यालय स्थापनाका लागि सरोकारवालासंग परामर्श गरेको छ । परामर्श कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध संघ संस्था, संबैधानिक निकायका प्रमूखहरु तथा रैथाने ज्ञानका अभियन्ताहरुको सहभागीता थियो । 

थारु आयोगका अध्यक्ष विष्णु थारुले विश्वविद्यालयको कार्य सकेसम्म छिटो सुरुगर्नुपर्नेमा जोड दिनु भयो । उहाँले आदिवासी रैथाने ज्ञान र सिपले पोक्त भएका व्यक्तिहरु केही वर्षहरुमा पाउन नसक्ने भएकोले कार्यहरु छिटो थालानी गर्नुपर्नेमा जोड दिनुभयो।

सहभागीहरुले परम्परागत तथा रैथाने ज्ञानको संरक्षण र शिल्पको संरक्षण गर्नका लागि आर्थिक र जिविकोपार्जनसंग जोडेर लैजान आवश्यक रहेको बताउनु भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डायन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कतिपय परम्परागत ज्ञान तथा सीपहरु रुपान्तरण भएको भएता पनि कतिपय राम्रा अभ्यास लोप भएको बताउनु भएको थियो । 

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले विश्वविद्यालय स्थापनाको लागि आफुहरुले सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालको वर्तमान आवश्यकता भनेको परम्परागत ज्ञानलाई सिपमुलक विषयमा जोडेर आर्थिक उन्नतितिर लैजानु रहेको बताउनुभयो । 

थारु आयोगका अध्यक्ष विष्णु थारुले विश्वविद्यालयको कार्य सकेसम्म छिटो सुरुगर्नुपर्नेमा जोड दिनु भयो । उहाँले आदिवासी रैथाने ज्ञान र सिपले पोक्त भएका व्यक्तिहरु केही वर्षहरुमा पाउन नसक्ने भएकोले कार्यहरु छिटो थालानी गर्नुपर्नेमा जोड दिनुभयो।

नेपालले आफ्नो परम्परागत सिप र ज्ञानको संरक्षण गर्न नस्कदा देशका जेहेन्दार हजारैँ युवाहरु दिनहु विदेशिनु परेको र पुराना चलनचल्तिका सिपहरु विस्तारै लोभ हुँदै जाँदा विदेशी मुलकका बस्तुहरुमा निर्भर हुनुपरेको सरोकारवालाहरुको भनाई छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालयले रैथाने विश्वविद्यालयको स्थानपनाको लागि जोड दिनुको कारणको विषयमा प्रष्ठ पार्नु भएको थियो । 
रैथाने विश्वविद्यालय भित्र शिल्पाकलाको मात्र नभई आदिवासीका सम्पुर्ण ज्ञान र सिपलाई समेट्नुपर्ने आदिवासी जनजाति आयोगका सदस्य डा. मिन श्रीसले बताउनुभयो । 

छलफल कार्यक्रममा बोल्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष बुद्धघर्ति भुजेलले आदिवासीहरुको ज्ञान र सिप वृहत भएकोले विश्वविद्यालयलाई इन्डिजिनियस विश्वविद्यालय राखिनुपर्ने धारणा राख्नुभयो । 

छलफल कार्यक्रममा नेपालले आफ्नो परम्परागत सिप र ज्ञानको संरक्षण गर्न नस्कदा देशका जेहेन्दार हजारैँ युवाहरु दिनहु विदेशिनु परेको र पुराना चलनचल्तिका सिपहरु विस्तारै लोभ हुँदै जाँदा विदेशी मुलकका बस्तुहरुमा निर्भर हुनुपरेको सरोकारवालाहरुको भनाई छ । देशमा अध्ययनका लागि १२ वटा विश्वविद्यालयहरुको अवस्था सुधार नभएको बेला नयाँ विश्वविद्यालय स्थापना गर्नु उच्चित नरेहको विषय समेत उठेको थियो । 

प्रतिक्रिया