धर्मगुरु सेङ्दाग यङसी रिन्पोछेलाई लामा ल्हाखाङ हस्तान्तरण

Admin
Admin२२ माघ २०७९, आइतवार
धर्मगुरु सेङ्दाग यङसी रिन्पोछेलाई लामा ल्हाखाङ हस्तान्तरण

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका १ स्थित छगाममा सेङ्डाग सेवा समाजले निमार्ण गरेको  लामा ल्हाखाङ र सिम्ज्युङको उद्घाटन समारोह सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाका प्रमुख पासाङ नुर्बू शेर्पाले कार्यक्रमको  उद्घाटन गर्नुभएको थियो। गाउँपालिका प्रमुख शेर्पा र वडा नम्बर १ का अध्यक्ष राजु लामाले लामा ल्हाखाङ उद्घाटन गरि धर्मगुरु सेङ्दाग यङसी रिन्पोछेलाई (ल्हाखाङ) भवन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमा नेपाल शेर्पा संघका केन्द्रीय सदस्य पेम्बा ग्याल्जेन शेर्पा लगायत स्थानिय बासिहरुको उपस्थिति रहेको थियो । 

 

प्रतिक्रिया