लप्सीफेदी प्रदर्शनमा प्रहरी दमन, संबैधानिक अयोगमा हारगुहार

डोल्मा शेर्पा
डोल्मा शेर्पा२२ पुष २०७९, शुक्रवार
लप्सीफेदी प्रदर्शनमा प्रहरी दमन, संबैधानिक अयोगमा हारगुहार

विद्युत सवस्टेशन बिरुद्ध आन्दोलनरत लप्सीफेदी (बोझेनी)का स्थानीयहरुले आफनो शान्तिपूर्ण आन्दोलन बिरुद्ध  प्रहरी दमन भएको भन्दै संबैधानिक निकाय गुहारेका छन् । त्यहाँ संघर्षरत स्थानीय आदिवासी जनजातिको तर्फबाट अपर तामाकोशी जलविद्युत पिडित संघर्ष समितिले आदिवासी जनजाति आयोग र मानवअधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनरत स्थानीयको मानवअधिकार रक्षाका लागि आग्रह गरेका हुन् ।

संघर्ष समितिका तर्फबाट अपर तामाकोशी जलविद्युत पिडित संघर्ष समितिका संयोजक रञ्जित तामाङ र दुङ ह्युल तामाङ लोपतेन छोगछेनका तर्फबाट तुलाराम तामाङले आदिवासी जनजाति आयोगलाई ध्यानाकर्षण पत्र पठाउँदै शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको र पेस्तोल देखाएर आन्दोलनकर्मीहरुलाई ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् ।  यस अघि मानव अधिकार आयोगमा पनि संघर्ष समितिले उजुरी दिएका थिए ।

स्थानियले ‘नो एमसिसि, प्रहरी दमन बन्द गर, आदिवासी भुमी फिर्ता गर, जवरजस्ती गर्न पाइदैन’  लेखेका प्लेकार्डको प्रर्दशन गरेका थिए ।

काठमाडौको शंखरापुर नगरपालिका वडा नम्बर ३ बोझेनीमा एशियाली विकास बैकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सबस्टेशन अन्यन्त्र सार्नुपर्ने माँग राख्दै स्थानियले चारदिन देखि लगतार शान्तिपुर्ण आन्दोलन गरिरहेका छन ।

आन्दोलन दवाउनकै लागि प्रहरी परिचालन गरी आन्दोलनकारीहरुलाई थप उत्तेजित बनाइएको  प्रदर्शनकारीहरुको ठहर छ ।  स्थानिय अगुवा तुलाराम लामाका अनुसार स्थानीयले  चारबर्षदेखि लगातार विरोध गर्दै आईरहेकोमा अचानक त्यहाँ सर्भेनापी टोलीले काम थालेको हुँदा स्थानीय आन्दोलित भएको बताउनु भयो । ‘स्थानीयको विना अनुमती  स्थानीयको निजी जमिन ४ दिनदेखि सर्वे गरिरहेको हुँदा  त्यस प्रकारको सर्वे वा नापनक्सा रोक लगाउँन माँग गर्दै प्रदर्शन गरेकोमा आन्दोलनरत महिलाहरुलाई प्रहरीले हातपाई गरेको छ । यस्को बिरोधमा हामी छौ ।’ उहाँले भन्नु भयो ।

सवस्टेशन निमार्ण कार्य अघि बढाउन प्रधिकरणले लप्सीफेदीका विभिन्न स्थानमा जग्गाको सर्वेक्षण गरिरहेको छ । बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा स्थानीयको निजी जग्गामा सर्वे गरिरहेकोले सो कार्य रोक्न स्थानीयको प्रमूख माँग छ ।

सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौ लगायतमा वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सवस्टेशन बन्ने योजना सहित त्यहाँ काम सुरु भएको हो । यसका लागि स्थानीयको जग्गा अधिग्रहण कार्य समेत सकिएको छ । यहाँ ७० जना जग्गाधनीको एक सय ७० रोपनी जग्गा २०७४ माघमा नै मुआव्जा तथा क्षतिपुर्ती निर्धारण भएको हो ।

कानको सुन पनि प्रहरीले लुटेर लगेको आरोप लगाउँदै सुशिलाले आफु माथि कुटपीट भएको बताउनु भयो ।  ‘चार दिनदेखि गाईबस्तुलाई घाँसपात न हामीले समयमा खानापानीनै भन्न पाएका छौँ यसरी हामी आन्दोलन गरिरहेका छौ । हामीमाथी अन्याय भयो’ उहाँले थप्नुभयो –‘हामी मर्नुपरे मरौला विरोध गरिनै रहन्छौ ।’

तर अहिले मुआव्जा बितरण गरी अधिग्रहण गरिएका जग्गा भन्दा बाहिर गएर व्यक्तिगत जग्गा नापजाँच हुन थाले पछि स्थानीयले बिरोध गरेका हुन् । प्राधिकरणले स्थानीयको धार्मिक देवस्थल नारणथानमा पनि सर्वे गरिरहेको हुँदा सो देवस्थल पनि सबस्टेशन बनाउन लागिएको स्थानीयले आशंका गरेका छन् ।

सर्वे रोक्नका लागि स्थानिय महिलाहरु नारणथान पुग्दा प्रहरी र महिलाहरु बिच झडपसमेत भएको थियो । प्रहरीसंगको झडपमा प्रदर्शनकारी महिलालाई प्रहरीले दुव्र्यबहार गरेको  स्थानीय प्रदर्शनकारी शुशिला तामाङले बताउनु भयो ।

कानको सुन पनि प्रहरीले लुटेर लगेको आरोप लगाउँदै सुशिलाले आफु माथि कुटपीट भएको बताउनु भयो ।  ‘चार दिनदेखि गाईबस्तुलाई घाँसपात न हामीले समयमा खानापानीनै भन्न पाएका छौँ यसरी हामी आन्दोलन गरिरहेका छौ । हामीमाथी अन्याय भयो’ उहाँले थप्नुभयो –‘हामी मर्नुपरे मरौला विरोध गरिनै रहन्छौ ।’

अर्का स्थानिय आइति लामाले आफुले गँहु लगाएको खेतमा २ दिनदेखि प्रहरी र इन्जिनियरहरु लगतार सर्वे गरिरहेको बताउनुभयो । ‘मेरो खेतमा सर्वेक्षण गर्ने भन्ने जानकारी पनि गराएको छैन । मेरो परिवारको जिविकोपार्जनको बाटो नै यहि एकपाटो खेत हो ।’ लप्सीफेदीमा संघर्षरत पुतली लामाको पनि भनाई आइतिकै जस्तै छ  भन्नु हुन्छ ‘एकचोटी जसरी नि मर्नुछ । हामी हाम्रो भुमिको लागि ज्यानबाजी लगाएर लड्छौ ।’

स्थानियले ‘नो एमसिसि, प्रहरी दमन बन्द गर, आदिवासी भुमी फिर्ता गर, जवरजस्ती गर्न पाइदैन’  लेखेका प्लेकार्डको प्रर्दशन गरेका थिए ।

नेपालको विद्युत विकासमा रणनीतिक महत्व बोकेको लप्सीफेदी सवस्टेशन निर्माणमा लगातार अवरोध भएका कारण तामाकोसी काठमाडौ ४०० केभी प्रसारण लाइनको ५ वटा टावर र त्यहाँ सवस्टेशन बन्न सकेको छैन । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान सहयोगमा निर्माण हुने अन्तरदेशीय विद्युत प्रसारण लाइनको प्राराम्भिक विन्दू पनि लप्सीफेदी सवस्टेशन हो ।

लप्सीफेदी सवस्टेशनबाट उपत्यकामा विद्युत सप्लाइ गराउन चाँगुनारायणमा १३२ केभी सबस्टेशन निर्माणधिन छ । लप्सीफेदी देखि चाँगु नारायणसम्म्को विद्युत प्रसारण लाइन भने निर्माणको क्रममा छ ।

नेपालको विद्युत विकासमा रणनीतिक महत्व बोकेको लप्सीफेदी सवस्टेशन निर्माणमा लगातार अवरोध भएका कारण तामाकोसी काठमाडौ ४०० केभी प्रसारण लाइनको ५ वटा टावर र त्यहाँ सवस्टेशन बन्न सकेको छैन । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान सहयोगमा निर्माण हुने अन्तरदेशीय विद्युत प्रसारण लाइनको प्राराम्भिक विन्दू पनि लप्सीफेदी सवस्टेशन हो ।

स्थानीय प्रभावितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रञ्जित तामाङले स्थानीय जनतालाई झुक्याएर, डर, त्रास तथा धाक धम्कीबाट जनतालाई उठीबास लगाएको बताउँदै यहाँका सोझा तामाङहरुलाई विस्थापित गर्ने उद्देश्यले लप्सीफेदीमा सवस्टेशन निर्माणको प्रस्ताव आएको बताउनु भएको थियो । उहाँले सवस्टेशन बन्न नदिन ज्यानको बाजी लगाएर लागि पर्ने बताउनुभयो । हामीलाई राज्यले सुकुम्बासी बनाउन पाईदैन हामी निरन्तर आन्दोलन गर्नेछौँ ।  

स्थानिय शंकर तिवारीले यहाँका आदिवासी तामाङ सोझा देखेर अर्को स्थानमा इआइए गराएको विवरण ल्याएर यसस्थानमा सवस्टेशन निमार्ण गर्न लागेको बताउनु भयो ।  आयोजनाले लप्सीफेदीमा सर्वाजनिक सुनवाई पनि नगरेको बताउँदै आफुहरुलाई उठिबास लगाउन विना जानकारी यति ठुलो भोल्टेजको तिनतर्फको तारको जालो बनाउन खोजेको आरोप लगाउनु भयो ।
स्थानिय तीर्थमाया वाइवाले आफुलाई धाक धम्की दिएर जग्गा पास गर्न लगाएको बताउँदै जंगलको कुनामा लगेर जग्गा पास गर्न लगाएको स्मरण गर्नू भयो । जग्गा पास गर्न नदिए ए तिमीहरुलाई सेना र पुलिस लगाएर डोजरले पेल्छुसम्म भनेको उहाँको भनाइ थियो । उहाँले शान्तिपुर्ण आन्दोलनमा बसेको ४ दिनभयो प्रहरीले हाम्रो दिदीबहिनीहरुको सुन पनि लुटेर लग्यो, सुन त हरायो मान्छे हराउन बेर लगाउन्न भनेर हामीलाई धम्की समेत दिएको छ ।

 

 

प्रतिक्रिया