थारु परिकार घुँघी, सितुवा र ढिक्री

डोल्मा शेर्पा
डोल्मा शेर्पा६ पुष २०७९, बुधवार
थारु परिकार घुँघी, सितुवा र ढिक्री

तराइ क्षेत्रमा बसोबास गर्ने आदिवासी थारू समुदायको मौलिक खाना मनिने घुँगी र सितुवाको लोकप्रियता बढ्दै गएको छ ।  कुनैबेला थारु समुदायको बसोबास क्षेत्रमाहुने, मेला, महोत्सवमाविशेष आर्कष रुपमा देखिने घुँगी र सितुवालगायतका परिकारहरु राजधानीका रेष्टुरेन्टहरुको मेनुमा पनि समाबेश भएको छ । 

तराइका धान खेत, दलदले हिलो, पोखरी तथासिमसार क्षेत्रमा पाइने एक प्रकारको शंखे किरा जस्तै हुने घुँगी र सितुवाले बजार पाउनथालेपछि रेष्टुरेन्टहरुले यसलाई आफनो परिकारमा समाबेश गरेका हुन् । 

थारू समुदायको नयाँ वर्ष अर्थात् माघीमा चिचरी भातसँग घुँगी खाने चलन छ ।  घुँगी खानाले क्याल्सियम पाउने तथा हड्डीको समस्या ठिक हुने विश्वास गरिन्छ । घुँगी खाएपछि शरिर दुखेको, मर्केको, भाचिँएको समेत ठिक हुने थारु अगुवाहरु बताउँछन । 

राजधानी काठमाडौ र तराइ क्षेत्रमा थारु परिकार बेच्नकै लागि रेष्टुरेन्ट तथा होटलहरु खुलेका छन् । नेपालका आदिवासी जनजातिहरुमा थारु समुदाय सबैभन्दा धेरै जनसंख्या भएको जाति हो । तराई तथा भित्रि मधेशका कैलाली, कन्चनपुर, सुर्खेत, दांड देउखुरी, बाँके बर्दिया, रुपन्देही, नवरपरासी, कपिलबस्तु, सिन्धुली, चितवन, सप्तरी, वारा, पर्सा, रौतहत, सर्लाही, महोत्तरी, उदयपुर, सप्तरी, मोरंग आदि ठाउँमा थारुको बसोबास रहेको छ । 

थारू समुदायको नयाँ वर्ष अर्थात् माघीमा चिचरी भातसँग घुँगी खाने चलन छ ।  घुँगी खानाले क्याल्सियम पाउने तथा हड्डीको समस्या ठिक हुने विश्वास गरिन्छ । घुँगी खाएपछि शरिर दुखेको, मर्केको, भाचिँएको समेत ठिक हुने थारु अगुवाहरु बताउँछन । 

घुँगीथारुको अति प्रिय भोजन हो । घुँगीखोला अनि तलाउमा पाइने सामुद्रिक जीव हो । त्यसैले यसलाई थारु सी फुड पनि भनिन्छ । यसलाई पकाउने वा परिकार बनाउने उनीहरुको आफनै पद्धति छ । सफा गरी उसिनेर पकाइएको घुँगीलाई चुसेर खाइन्छ । चुस्दा घोँगीको भित्री मासु मुखमा आउँछ । पकाउँदा मरमसला हालिने भएकाले त्यो निकै स्वादिलो हुन्छ ।

थारु जातिको अर्को परिकार सितुवा हो । सितुवा पानीमा पाइने एक प्रकारको जीव हो । यसको बाहिरी भाग कडा खोलले बनेको हुन्छ । यो जमेको पानी या तलाउहरूमा पाइन्छ । सितुवालाई पहिले उसिन्नुपर्छ । उसिनेपछि बाहिरी खोल खुल्छ । खोल फुटाएर भित्री भागमा रहेको मासु मात्र खाइन्छ । सितुवाको सेतो मासुलाई तास बनाएर खाँदा निकै स्वादिलो हुन्छ । सितुवा खाए शरीरमा न्यानोपन बढ्ने मान्यता रहेको  छ । सितुवाको मासुलाई शुद्ध र सफा मासु मान्ने चलन छ । 

थारु समुदायको अर्को लोकप्रिय परिकार ढिक्री हो । यो चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइन्छ । जसलाई ढकिया (सानो मुख भएको माटोको भाँडो)माथि स्टिम गरी पकाइन्छ । थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ । ठाउँ विशेषअनुसार ढिक्रीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ । 
यसै गरी थारु समाजमा लाइलड्डु, दूधपुवा पनि खाने गरिन्छ ।  थारु परिकारका गंगटा, झिँगे माछा, अनई माछा, सानो बाम तथा ऐँठा पनि खुबै रुचाइन्छ । 

थारुहरु सिरुवा वा जूरशितल, जितिया, फागुवा वा होली, माघे संक्रान्ति, गुरहि, देवारी, अस्तम्कि, अट्वारी, चौथीचन, दशमी, सुक्रति, सामाचखेवा, आदि पर्वहरु रजात्रारु बढो धुमधामकासाथ मनाउँछन् ।  यी पर्वहरुमा आफ्नो परंपरागत भेषभुषा सहित होरिया, मुंग्रहवा, कहरवा, चन्चर, झिन्झिया, आदि नाच नाच्छन् । माघे संक्रातिमा थारु समुदायको निम्ति सामुहिक निर्णयहरु हुने गर्दछ । यस्ता पर्ब तथा उत्सवहरुमा यी थारु परिकारको प्रचलन हुन्छ । 

प्रतिक्रिया