प्रतिनिधिसभामा ४१ जना आदिवासी साँसद निर्वाचित

डोल्मा शेर्पा
डोल्मा शेर्पा२० मंसिर २०७९, मङ्गलवार
प्रतिनिधिसभामा ४१ जना आदिवासी साँसद निर्वाचित

६० आदिवासीमा ८ समुदायको मात्र प्रतिनिधित्व, अरुले टिकट नै पाएनन्

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट आदिवासी जनजाति समुदायका ४२ जना साँसद प्रत्यक्ष तर्फबाट जितेका छन् । पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली (प्र्रत्यक्ष)को कुल १६५ निर्वाचन क्षेत्रबाट सबै दलका गरी यो संख्यामा जित हासिल गरेका हुन् । प्रत्यक्ष तर्फको कुल साँसद मध्ये आदिवासी जनजाति सांँसद २५.४५ प्रतिशत मात्र हुन्छ । समानुपातिक निर्वाचन प्रक्रियाबाट ११० जना साँसदको छनौट हुन बाँकी नै छ । यो प्रक्रियामा आदिवासी जनजातिको क्लस्टरबाट आदिवासी जनजाति समुदायका साँसद चुनिने कानुनी व्यबस्था छ ।

प्रत्यक्षबाट निर्वाचित कुल ४२ जनामा सबैधन्दा धेरै नेकपा एमालेबाट १२ जना साँसद आदिवासी जनजाति समुदायका चुनिएका छन् । दोसेमा नेपाली काग्रेसबाट ९ र माओवादी केन्द्रबाट ७ जना, एकीकृत समाजबादीबाट ४ जना, नागरिक उन्मुक्तिबाट ३ जना, राष्टिय प्रजातन्त्र पार्टीबाट २ जना,  राष्ट्रिय स्वतन्त्र पाटी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजुर किसान पार्टीर स्वतन्त्र १÷१जना चुनिएका छन् ।

यसरी चुनिएका साँसदहरुमा सबैभन्दा धेरै थारु र नेवार आदिवासी छन् । थारु  ८ जना नेवार विभिन्न पार्टीका गरी ८ जना चुनिएका छन् । थारु र नेवार पछि गुरुङ, लिम्बु र राई ५÷५ जना चुनिएका छन् । तामाङ समुदायका ४ जना निर्वाचित छन् भने मगरबाट ५ जना,  थकाली र अल्पसंख्यक हिमाली भोटे समुदायबाट एक एक जना निर्वाीचत छन् ।

यो प्रतिनिधि सभामा आदिवासी जनजातिको ८ समुदायको मात्र प्रतिनिधित्व हुन सकेको छ । नेपालमा आदिवासी जनजातिको ६० आदिवासी सूचिकृत छन् । मुख्यगरी हिमाली आदिवासी शेर्पा, यसैगरि पहाडी र तराई क्षेत्रमा बसोबास चेपाङ, दनुवार, धिमाल, राजबंशी, माझीजस्ता आदिवासीहरु आउन सकेको पाइदैन । समानुपातिक निर्वाचन प्रक्रियाबाट पनि यो समुदायको प्रतिनिधत्व क्षीण रहेको छ ।

आदिवासीको कोणबाट सबैभन्दा धेरै आदिवासीको साँसद जिताएका एमालेका प्रत्यक्ष निर्वाचित  साँसदहरुमा बसन्त कुमार नेम्वाङ्ग पाँचथर–१बाट, सिराहा–३ बाट लिलानाथ श्रेष्ठ, कञ्चनपूर–१बाट तारा लामा तामाङ, सुनसरी–३बाट भगवती चौधरी, झापा–४बाट लालप्रसाद साँवा लिम्बु, काठमाडौँ–९बाट कृष्णगोपाल श्रेष्ठ, सोलुखुम्बु–१बाट मानवीर राई, कास्की–१बाट मनबहादुर गुरुङ, धनकुटा–१बाट राजेन्द्र कुमार राई, ललितपुर–२ बाट प्रेमबहादुर महर्जन, सुवासचन्द्र नेम्वाङ्ग इलाम–२ बाट र पृथ्वीसुब्बा गुरुङ लम्जुङ–१ बाट विजेता बनेका छन् ।

यसरी नै नेपाली कांग्रेसबाट निर्वाचित आदिवासी जनजाति समुदायका  प्रतिनिधिसभा सदस्यहरुमा काठमाडौ–१ बाट प्रकाशमानसिंह, रामेछाप–१ बाट पुर्ण बहादुर तामाङ, मुस्ताङ–१ बाट योगेश गौचन थकारी, मनाङ–१ बाट टेक वहादुर गुरुङ, तेह्थुम–१बाट सिता गुरुङ, मोरङ–१बाट डिग वहादुर लिम्बु, सप्तरी–१बाट तेजुलाल चौधरी र स्याङ्जा–२ बाट धनराज गुरुङ, म्याग्दीबाट खम बहादुर खर्बुजा, हुनुहुन्छ ।  

माओवादी केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ रुकुम पुर्व–१बाट पूर्ण बहादुर घर्ति मगर, नुवाकोट–१ बाट हितबहादुर तामाङ यसैगरि खोटाङ–१बाट रामकुमार राई, भोजपुर–१बाट सुदन किराती, हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे), काभ्रे–१बाट सुर्यमान तामाङ (दोङ) र रोल्पा १बाट वर्षमान पुन विजेता बन्नु भएको छ  ।

अर्का पार्टी एककिृत समाजवादीबाट मेटमणी चाधरी दाङ–१, डोल्पाबाट धन बहादुर बुढा, वारा–४ बाट कृष्णकुमार श्रेष्ठ र प्रेम बहादुर आले डोटीबाट निर्वाचित हुनुभएको छ । नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना आदिवासी नेवार समुदायको प्रतिनिधिसभाका लागि निर्वाचित भएको छ । उहाँ काठमाडौँ–८बाट विराज भक्त श्रेष्ठ हुनु हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभाका लागि २ जना आदिवासी निर्वाचित हुनुभएको छ । नवलपरासी–२ बाट धुव्र वहादुर प्रधान र झापा–३ राजेन्द्र प्रसाद लिङ्देन हुनुहुन्छ ।  
जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि एकएक जना आदिवासी जनजाति साँसद  निर्वाचित हुनुभएको छ । जसपाबाट अशोक कुमार राई सुनसरी–१बाट र लोसपाको रामप्रकाश चौधरी सर्लाही–१ बाट निर्वाचित हुनुभएको छ  ।

अर्का पार्टी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाको लागि ३ जना आदिवासी जनजाति निर्वाचित हुनु  भएको छ । कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, यसैगरि २बाट असनकुुमार चौधरी र ३बाट गंगाराम चौधरी निर्वाचित हुनुभएको छ ।

नेपाल मजदुर पार्टीबाट उम्मेद्धार बन्नुभएको प्रेम सुवाल भक्तपुर–१बाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचित हुनुभएको छ  ।  त्यस्तै स्वतन्त्र सम्मेद्वार लालबीर चौधरी बर्दिया–२ बाट निर्वाचित हुनु भएको छ ।

यो निर्वाचनमा प्रत्यक्षमा जित्ने साँसदहरुमा खसआर्यको बर्चस्व रहेको छ । जित्ने खस आर्यमा ९५ जना, मधेशी २८ र दलित १ जना रहेका छन् । मुस्लिम समुलयको प्रतिनिधित्व प्रत्यक्ष तर्फ सुन्य रहेको छ ।  आदिवासी जनजाति तर्फबाट प्रत्यक्षमा जित्ने साँसद एक मात्र सीता गुरुङ हुनु हुन्छ । उहाँ तेह्रथुमबाट निर्वाचित साँसद हो ।

यो प्रतिनिधि सभामा आदिवासी जनजातिको ८ समुदायको मात्र प्रतिनिधित्व हुन सकेको छ । नेपालमा आदिवासी जनजातिको ६० आदिवासी सूचिकृत छन् । मुख्यगरी हिमाली आदिवासी शेर्पा, यसैगरि पहाडी र तराई क्षेत्रमा बसोबास चेपाङ, दनुवार, धिमाल, राजबंशी, माझीजस्ता आदिवासीहरु आउन सकेको पाइदैन । समानुपातिक निर्वाचन प्रक्रियाबाट पनि यो समुदायको प्रतिनिधत्व क्षीण रहेको छ ।

 

प्रतिक्रिया