समाबेशीकरणमा जोड दिदै ३१ औँ अपांगता दिवस मनाइयो 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ मंसिर २०७९, सोमवार
समाबेशीकरणमा जोड दिदै ३१ औँ अपांगता दिवस मनाइयो 

विभिन्न क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुले अपाङ्ता भएका व्यक्तिहरुको मानव अधिकारमा जोड दिदै राज्यको हरेक निकायमा भौतिक र बैचारिक समाबेशीकरण हुनु पर्नेमा जोड दिएका छन् । 
३१ औँ अपांग दिवसको अवसरमा नेपाल आदिवासी जनजाति अपांग संघ, राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल र राष्ट्रिय आदिवासी जनजाति अपांग युवा संघको संयुक्त आयोजनामा  आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो भनाई आएको हो । 

नेपालको अपांगता भएका व्यक्तिहरुको अवस्थामा कुनै परिवर्तन आउन नसकेको भनाइ राख्दै नेपाल अपांग महिला संघका अध्यक्ष टिका दाहालले घरपरिवार र समाजमा अपांगता भएका व्यक्तिहरु बोझका रुपमा लिने मानसिकतामा परिवर्तन हुनु पर्ने बताउनु भयो । 

अध्यक्ष दाहालले अपांग दिवस मनाउनु एक उपलव्धी भए पनि अपांगता भएका व्यक्तिहरुको आन्दोलन भने छरपस्ट भएको धारणा राख्नु भयो । उहाँले  देशको राजनीतिक स्थिर नहुँदा सम्म अपांगता आन्दोलन नसकिने पनि बताउनुभयो । 

अपांगता कोषका कार्यक्रम अधिकृत कृष्ण गहतराजले दिवसको दिनलाई नागरिकको हैसियतले र राजनीतिक रुपले विशेष दिनको रुपमा लिनेगरेको बताउनुभयो उहाँले म जे छु त्यसरी बँच्न पाउनुपर्छ भन्ने अर्थ दिन्छ । 

प्यानलमै रहनुभएका पौरखी नेपालका पुर्वअध्यक्ष मञ्जु गुरुङले अपांगहरुको मुद्धाका विषयलाई सम्बन्धित निकायसम्म प¥याउन सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले अपांग जन्मजात मात्र नभएर वैदेशिक रोजगारबाट पनि अपांग भएर आउने व्यक्तिहरु धेरै भएको बताउनु हुँदै यस  विषयमा राज्यले संवोधन गर्ननसकेको बताउनुभयो ।

 मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटा अनुसार यो दिवसले राज्यलाई झक्झकाउने र अधिकार दिने र लिने विषयको अर्थ राख्ने यसैगरि ज्ञानको पुस्तान्तरणमा पनि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । 

अन्तरक्रिया प्यानलका वक्ताहरुमा मानव अधिकार आयोगका सहसचिव नवराज साप्कोटा, अन्तराष्ट्रिय श्रम संगठन नेपालका संयोजक कृपा बस्नेत यसैगरिपौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङ, सेन्टर फर इन्डिपेन्डेन लिभिङका महासचिव गणेश केशी, नेपाल अपांग महिला संघका अध्यक्ष टिका दाहाल र अपांगता कोषका कार्यक्रम अधिकारी कृष्ण गहतराजसमेतलेआफनो बिचा राख्नु भएको थियो । कार्यक्रमको सन्चालन भने राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरुङले गर्नू भएको थियो । 


 

प्रतिक्रिया