सामुदायिक रेडियोकर्मीहरुलाई आदिवासी विषयमा प्रशिक्षण

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१२ मंसिर २०७९, सोमवार
सामुदायिक रेडियोकर्मीहरुलाईआदिवासी विषयमा प्रशिक्षण

आदिवासी जनजातिद्वारा सञ्चालित सामुदायिक एफएम रेडियोको संस्था इन्डिजिनियस कम्युनिटि रेडियो नेटवर्कले  नेटवर्कमा आवद्ध रहेका सामुदायिक रेडियोका रेडियोकर्मीहरुलाई आदिवासी जनजाति मामलामा तीन दिवशीय तालिम प्रदान गरेको छ । 

तालिममा सहभागीहरुलाई भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । तालिममा नेटवर्कमा आवद्ध २४ संस्थाका रेडियोकर्मीहरुको सहभागिता थियो । 

शुक्रबार सुरु भएको तालिममा वरिष्ठ पत्रकार कुमार यात्रु, नेटवर्कका महसचिव श्रीकृष्ण महर्जन, भूमि अधिकारकर्मी नन्द कन्दङ्वा, कल्चरल सर्वाइभवरका एशिया संयोजक देवकुमार सुनुवार र रेडियोकर्मी दीपक समीरलगायतले बिभिन्न बिष्यामा प्रशिक्ष्ण दिनु भएको थियो । 

सहभागितामूलक प्रक्रियाबाट दिइएको तालिममा आदिवासी जनजातिको पहिचान, आदिवासीका संवैधानिक अधिकार, भाषिक अधिकार, भूमि भूभाग र भूक्षेत्र र स्वशासनसंग सम्बन्धित अधिकार, प्रथाजनित संस्था र कानुन तथा न्यायप्रणाली, सामुहिक मानवअधिकारलगायतका विययमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्ने सीपबारे प्रशिक्षण दिइएको थियो ।  
 

प्रतिक्रिया