पाँचखालका बुहारीहरु डोने भाषा बचाउँदै, पुरुषहरु भने भाषा जान्दैनन्   

डोल्मा शेर्पा
डोल्मा शेर्पा२२ कार्तिक २०७९, मङ्गलवार
पाँचखालका बुहारीहरु डोने भाषा बचाउँदै, पुरुषहरु भने भाषा जान्दैनन्   

काभ्रे पाँचखाल नगरपालिकास्थित जिगनपुरका दनुवार बुहारीहरुमा लोपोन्मूख डोने भाषा बचाउने जिम्मा आइपरेको छ । त्यहाँका अधिकाँश पुरुषहरु मातृभाषा डोने नबोल्ने भएकाले अन्यत्रबाट बिबाह गरी आएका बुहारीहरुमा यस्तो जिम्मा आएको हो ।

'यहाँका पुरुषहरु कोही पनि मातृभाषा बोल्दैनन्, अन्यत्र गाउँबाट विवाह गरी आएका बुहारीहरुले मात्र मातृभाषा बोल्ने गरेका छौ ।' पाँचखाल जिगनपुरकी कान्छी माया दनुवारले बताउनुभयो–’तर बालवालिकालाई भने भाषा सिकाएका छैनौ ।'

बालबालिकालाई मातृभाषा सिकाएमा खसआर्य भाषा नबुझेर शिक्षामा पछि परिने अन्धबिश्वास उनीहरुमा रहेको छ । त्यसैकारण छोराछोरीलाई भाषा नसिकाएको उहाँहरुले बताउनु भयो ।  'दुई वटा भाषा भएर बोल्दा भाषा विग्रिन्छ भन्ने सुनेका छौ । अहिलेसम्म भाषा सिकाएनौ, छोराछोरी बोल्न जान्दैनन ।‘ कान्छिमायाले भन्नु भयो –’बुहारीहरुले बोल्छिन अहिलेत घरका पुरुषहरुले पनि डोने भाषा बोल्न जान्दैनन ।'

'यहाँका पुरुषहरु कोही पनि मातृभाषा बोल्दैनन्, अन्यत्र गाउँबाट विवाह गरी आएका बुहारीहरुले मात्र मातृभाषा बोल्ने गरेका छौ ।'पाँचखाल जिगनपुरकी कान्छी माया दनुवारले बताउनुभयो–’तर बालवालिकालाई भने भाषा सिकाएका छैनौ ।'

स्थानीय स्तरमा कसैले पनि डोने भाषा नबोल्ने भएकाले कतिपयले भाषा बिर्सिसुकेको स्थानीय अगुवा कृष्ण बहादुर दनुवार बताउँनु हुन्छ । आदिवासी दनुवारहरुको  फरक पहिचान, चालचलन संस्कार संस्कृति भए पनि  भाषा चाही लोप भइसकेको उहाँको भनाइ  छ  । 

उनीहरु आफनो पहिचान खलवलिएकोमा चिन्तित देखिएका छन् । तर त्यस गाउँमा  श्रीमती र बुहारीहरुले भने आफ्नो मातृभाषा डोने बोल्ने गर्दछन् । अन्यत्र गाउँबाट बिबाह गरी आएका बुहारीहरुले डोने भाषा पनि संगै लिएर आएका हुन् । कृष्ण बहादुर दनुवार  भन्नु हुन्छ  'हाम्रो बाजे बराजुले भाषा बोल्न सिकाएनन् , हामीले पनि बोलेनौ । अव बुहारीहरुले भाषा सिकाए मात्र भाषा बाँच्छ ।’

पाँचखालका दनुवारहरुले आफनो भाषा बिर्सिए पनि पछिल्लो समयमा भाषा संरक्षणको पहल भने सुरु भएको  छ । आधारभूत तहमा पाठ्यपुस्तकहरु निमार्ण गरि विद्यायलमा पठनपाठन गर्न लागिएको स्थानीय आजाद् माध्यामिक बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर डोनेले बताउनु भयो ।

'कक्षा १ देखि ३ सम्मका लागि पाठ्यपुस्तक निमार्ण भईरहेको छ, हामीले पाँचखालका वडाहरुमा चाँडै पाठ्यपुस्तक पठाएर पठनपाठन सुचारु गर्न लागेका छौ’ –उहाँले भन्नु भयो । पाँचखाल नगरपालिकाकी उपप्रमुख सुर्यमाया दनुवारले पनि दनुवार भाषा संरक्षणको लागि नगरपालिकले कार्यहरु अघि बढाईराखेको बताउनुभयो । नगरपालिकाले यसअगाडि भाषा संरक्षण र पाठ्यक्रम निमार्णमा अग्रसता दिएकोले त्यसैलाई निरन्तरता दिँदै पठनपाठन सुरु गर्ने उहाँले बताउनुभयो । 

आदिवासी दनुवारहरुको डोने भाषा संरक्षाणका लागि पाँचखालको छिमेकी नगरपालिका मण्डनदेउपुर नगरपालिकामा भने आधारभूततहमा मातृभाषाको शिक्षाका लागि कानुन बनाएरु नै डोने भाषा सुरु गरिएको छ । त्यहाँ गरिएको पहलको प्रभावबाट पाँचखाल नगरपालिका पनि प्रभावित बन्ने संकेत देखिएको छ । 

पहिचान गुमेकोमा चिन्ता 
आदिवासी जनजातिमा सूचिकृत दनुवारका अगुवाहरुले उनीहरुको पहिचान गुम्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकाका दनुवार अगुवाहरुले यस्तो धारणा राखेका हुन् । 

 ‘डोनेहरुको मौलिक डोने मातृभाषा छ ।  हाम्रो ऐतिहासिक थातथलो, परम्परा र संस्कृति छ । डोनेहरुको इतिहास छ ।’ डोने अगुवा कृष्ण बहादुर डोनेले भन्नु भयो –'यसकारण हामीलाई दनुवार भनेर होइन, डोने भनेर सूचिकृत गरिनु पर्दछ ।'

दनुवारहरु काभ्रेपलान्चोक, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र उदयपुर, सर्लाही लगायतका जिल्लामा मूख्य बसोबास रहेको छ । तर उनीहरुले पहाडको दनुवार र तराइको दनुवार फरक रहेको दावी पनि गरेका छन् । काभ्रे पाँचखालका दनुवारहरु आफुलाई डोने भन्ने गरेकाछन् । पाँचखाल निवासी कृष्ण डोनेका अनुसार नागरिकतामा आफुहरुको थर दनुवार भएतापनि आफुहरु दनुवार नभएर डोने भएको बताउनु हुन्छ ।

‘डोनेहरुको मौलिक डोने मातृभाषा छ ।  हाम्रो ऐतिहासिक थातथलो, परम्परा र संस्कृति छ । डोनेहरुको इतिहास छ ।’ डोने अगुवा कृष्ण बहादुर डोनेले भन्नु भयो –'यसकारण हामीलाई दनुवार भनेर होइन, डोने भनेर सूचिकृत गरिनु पर्दछ ।'

दनुवार तथा डोनेहरु  नेपालको भित्री मधेश तथा पहाडको नदी किनारको होचो भूभागमा बसोबास गर्ने समुदाय भनेर परिचित छन् । नेपाल सरकारले ६० आदिवासी सूचिकृत गरेको अति सीमान्ततकृत समुदाय मध्ये एक हुन् । 

अर्का अभियन्ता कृष्ण बहादुर दनुवार भने आफनो जातिको परिचय दनुवार भएको दावी गर्नु हुन्छ । उहाँ अहिले ७० वर्ष पुग्नु भएको छ । तर उहाँ डोने भाषा बोल्नु हुन्न । उहाँ मात्र होइन, काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकाका अधिकाँश दनुवारहरु  आफनो भाषा बोल्दैनन् । 

पहाडका दनुवारहरु आफुलाई डोने भन्ने गर्दछन् । उनीहरुको मौलिक डोने मातृभाषा बोल्ने गर्दछन् । दनुवारअगुवा आजाद मयामिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष कृष्ण डोनेका अनुसार नागरिकतामा आफुहरुको थर दनुवार रखिएपनि खासगरि आफुहरु दनुवार नभएर डोने भएको बताउनुभयो । राज्यसत्ताको दमनले गर्दा डोनेहरुले दनुवार राख्नुपरेको समेत उहाँको कथन छ । ‘हाम्रो पहिचान माथि राज्यले दमन गरि आएको रहेछ, हाम्रो डोने भाषामा दनुवार शव्दनै छैन हामी कसरि दनुवार हुनु सक्छौ ?’ उहाँको प्रश्न छ । 

प्रकृतिपुजक दनुवारहरुको आफनै विशिष्ट प्रकारको आध्यात्मिक विश्वास तथा प्रचलनहरु भने उनीहरुले कायम राखेका छन् । उनीहरु आफ्नो जन्म, विवाहा र मृत्यु संस्कार अन्य समुदायले भन्दा फरक तरिकाले गर्ने गरेको बताएका छन् ।  आफ्नो जातिको पुजापाठमा पण्डित नचल्ने दनुवारले बताउनुभयो । हाम्रो परम्परा अनुसार दाजुभाई मिलेर  धार्मिक परम्परागत कार्य गर्छौ ।

डोनेहरु प्रकृति पुजक रहेको हुदाँ प्रकृतिसंग सम्बन्धित धार्मिक तथा साँस्कृतिक क्रियाकलाप हुने र्का डोने भाषा संरक्षणका अभियान्ता कृष्ण डोनेले बताउनु भयो । दनुवार अर्थात डोने आदिवासी मुख्यगरि कृषि तथा पशुपालनमा आवद्ध रहेको छ । कृषिसंगै यो समुदायको अर्को पेशा भनेको खोलामा माछा मार्ने पनि हो । माछालाई जाल राख्ने काम भने पछिल्लो समय कम हुँदै गएकोस्थानियबासीहरु बताउँछन । कुनैसमय माछा मार्ने काम मूख्य पेसाका रुपमा थियो । तर अहिले नदीहरु प्रदुषण भएपछि सोकार्य लोप भएको उनीहरुको भनाइ छ । 

पहाडका दनुवारहरु आफुलाई डोने भन्ने गर्दछन् । उनीहरुको मौलिक डोने मातृभाषा बोल्ने गर्दछन् । दनुवारअगुवा आजाद मयामिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष कृष्ण डोनेका अनुसार नागरिकतामा आफुहरुको थर दनुवार रखिएपनि खासगरि आफुहरु दनुवार नभएर डोने भएको बताउनुभयो । राज्यसत्ताको दमनले गर्दा डोनेहरुले दनुवार राख्नुपरेको समेत उहाँको कथन छ । ‘हाम्रो पहिचान माथि राज्यले दमन गरि आएको रहेछ, हाम्रो डोने भाषामा दनुवार शव्दनै छैन हामी कसरि दनुवार हुनु सक्छौ ?’ उहाँको प्रश्न छ । 
 

प्रतिक्रिया