आदिवासी जनजाति आन्दोलनका प्रणेता प्राडा ओम गुरुङ

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ३ कार्तिक २०७९, बिहिवार
आदिवासी जनजाति आन्दोलनका प्रणेता प्राडा ओम गुरुङ

डा. ओम गुरुङ नेपाली समाजका नक्षत्र थिए । त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डा गुरुङसंघर्षका पर्याय पनि थिए । सबैभन्दा महत्वपूर्ण कुरा उनी  आदिवासी जनजाति आन्दोलनका प्रणेता थिए ।  उनै डा. गुरुङको गत सोमबार ६८ बर्षको  उमेरमा निधन भएको छ ।  उनको बौद्ध परम्परा अनुसार बिहिबार स्वयम्भूमा दाह संस्कार गरिएको छ ।  उनलाई श्रद्धान्जलि व्यक्त गर्न बिभिन्न  राजनीतिक दलका नेताहरु र आदिवासी जनजाति अभियन्ताहरुको निजी निवास कीर्तिपुर र स्वयम्भूमा उपस्थिति थियो । कीर्तिपुरस्थित उनको निवासबाट स्वयम्भूसम्म शवयात्रा गरिएको थियो । 

उहाँ मिर्गोला रोगबाट पीडित थिए । केही बर्ष अगाडि नै मिर्गोला रोग लागेका कारण मिर्गोला पुनस्थापना गरिएको थियो । मिर्गोला रोगी भएकै बेला क्यान्सर देखा परेको थियो । सोही क्यान्सरका कारण उनले ललितपुर हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा जीवनको अन्तीम सास फेरे । 

जिम्मावालका छोरा डा. ओम 

प्राडा. ओम गुरुङको जन्म सन् १९५३ फेब्रुअरी ११ मा बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–१ मा  भएको हो । उनको पारिवारिक पृष्ठभूमि परम्परागत कृषि हो । उनका बुबा स्वर्गीय बलबहादुर गुरुङ त्यस भेगका जिम्मावाल (मुखिया) थिए  ।  जिम्मवाल मुखिया भएका कारण उनका बुबाले  राणा र पञ्चायतकालमा समेत भूमिकर सङ्कलन गर्नू पर्दथ्यो । बुबा जिम्मावाल भएका कारण पनि उनको परिवारको मान प्रतिष्ठा गाउँमा उच्च थियो । प्राडा. ओम गुरुङ यही पृष्ठभूमिमा हुर्किएका थिए । 

उनकी आमा स्वर्गीय रत्नकुमारी गुरुङ गृहिणी र कृषि कार्यकर्ता थिइन् जसले सम्पूर्ण परिवारको लागि खाद्यन्न उत्पादन गर्थिन । प्रा. गुरुङ उनका ४ दाजुभाइ र ४ दिदीबहिनीबाट ७५ सदस्य रहेको विस्तारित परिवारसंगै हुर्किए । उनी काठमाडौंको कीर्तिपुर नगरपालिका १० मा श्रीमती अमृता गुरुङ र जेठी छोरी विजया गुरुङसँग बस्दै आएका थिए । उनका छोरा दीपक गुरुङले नर्थ डकोटाको डिकिन्सन युनिभर्सिटीबाट सूचना प्रविधि विज्ञानमा स्नातक गरका छन् ।  उनीहरु श्रीमती सञ्जु गुरुङसँग बस्न लन्डनमा नै बसोबास गर्छन् ।

उहाँ मिर्गोला रोगबाट पीडित थिए । केही बर्ष अगाडि नै मिर्गोला रोग लागेका कारण मिर्गोला पुनस्थापना गरिएको थियो । मिर्गोला रोगी भएकै बेला क्यान्सर देखा परेको थियो । सोही क्यान्सरका कारण उनले ललितपुर हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा जीवनको अन्तीम सास फेरे । 

उनकी कान्छी छोरी पुष्पाले अस्ट्रेलियाको मेलबर्नस्थित डेकिन युनिभर्सिटीबाट नर्सिङमा स्नातक गरेकी छिन् र उनी पनि त्यहीँ काम गर्ने गर्छिन् । प्राडा ओम गुरुङको अन्तिम संस्कार गर्न छोरा र छोरी विदेशबाट आउनका लागि दुइदिन लागेको थियो ।

प्राडा ओम गुरुङले न्युयोर्कको इथाकाको कर्नेल विश्वविद्यालयबाट सन् १९९६ मा मानवशास्त्रमा विद्यावारिधि गरेका हुन् । उनको विद्यावारिधिको विषय ‘लोकल सिस्टम्स अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट एन्ड डिसर्टेशन रिसर्च’ मा आधारित थियो। उनले त्रिविमा सन् १९८० मा सहायक प्राध्यापकका रूपमा आफ्नो अध्यापन करियर सुरु गरका थिए  ।  २०१५ मा पूर्ण प्राध्यापकको रूपमा सेवानिवृत्त भएका थिए । 

प्राडा. ओम त्रिविको समाजशास्त्र र मानवशास्त्र केन्द्रीय विभागका संस्थापक सदस्यहरूमध्ये एक थिए । त्रिविमा ३६ वर्षको सम्पूर्ण अध्यापन सेवाको अवधिमा उनले १२ वर्षभन्दा बढी विभाग प्रमुखको जिम्मेवारी लिएका थिए । 

उनले सन् २००१–२००४ सम्म नेपाल आदिवासी जनजाति महासंघको महासचिव र सन् २००४–२००७ सम्म नेफिनको प्रमुख सल्लाहकारको रूपमा पनि काम गरका थिए । उनी ‘गोरखा आर्मी एक्स–सर्भिसमेन अर्गनाइजेसन’ गेसोका पूर्व प्रमुख सल्लाहकार र पछि गठन भएको बिगेसो ‘ब्रिटिस गोरखा आर्मी एक्स–सर्भिसमेन अर्गनाइजेसन’ का सल्लाहकार थिए । 

उनी नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका पनि सल्लाहाकार थिए । उनकै नेतृत्वमा अखिल नेपाल आदिवासी जनजाति महासंघ पनि गठन भएको थियो । पछिल्लो समयमा बिगेसो र अखिल नेपाल आदिवासी जनजाति महासंघका क्रियाकलापमा व्यस्थ देखिन्थे । दुशै संगठनको नीति निर्माता मध्ये उनी एक थिए । 

प्राडा. ओम गुरुङ नेपाल सरकारको आदिवासी जनजातिको सूची परिमार्जन गर्ने ‘उच्चस्तरीय कार्यदल’ का संयोजक भएर काम गरेका थिए । उनी राज्य प्रेरित सामाजिक बहिष्करण, सांस्कृतिक भेदभाव र आदिवासी जनजाति, अन्य सीमान्तकृत र पिछडिएका समूहहरूको राजनीतिक वर्चस्व विरुद्ध लड्ने  प्रमुख नेता हुन् ।  यसका साथै उनी अनुसन्धानकर्ता, लेखक, सम्पादक, दक्ष प्रशासक, व्यवस्थापक, आयोजक र स्थानीय विकासका राम्रा योजनाकार हुन् ।

संघर्षशील व्यक्तित्व 
प्रा ओम गुरुङ सानै देखि संघर्षशील थिए । उनका बुबा शिक्षित थिएनन्, तैपनि जिम्मावाल (मुखिया) को रूपमा उनले आफ्नो क्षेत्रका किसानहरू र तामा खानी मजदुरहरूबाट कर उठाउनु पर्दथ्यो । यो राणा शासकहरूले दिएको जिम्मेवारी थियो । तामा खानीमा खनिज उत्खनन सकिए पनि किसान र तामा खानी मजदुरबाट कर उठाउन सकिदैन थिया । यसरी कर उठाउन नसके पछि राणा शासनले उनका बाबुलाई ६ महिना जेल हालेको थियो । 

उनी नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका पनि सल्लाहाकार थिए । उनकै नेतृत्वमा अखिल नेपाल आदिवासी जनजाति महासंघ पनि गठन भएको थियो । पछिल्लो समयमा बिगेसो र अखिल नेपाल आदिवासी जनजाति महासंघका क्रियाकलापमा व्यस्थ देखिन्थे । दुशै संगठनको नीति निर्माता मध्ये उनी एक थिए । 

कारागारमा समेत स्थानीय प्रशासनले उनका बाबु लाई विभिन्न किसिमका नक्कली कागजातमा दस्तखत गराउन बाध्य पारेर जरिवाना तिर्न लगायो । यसबाट उनलाई शिक्षाको महत्व थाहा भयो र उनले छोरा प्रा गुरुङलाई भारतीय सेनाबाट अवकाश पाएका स्थानीय शिक्षकसँग गाउँमै पढ्न र लेख्न थाले। पछि, उहाँको बुबा र उहाँको दोस्रो ठूलो काका (मेलबाबा) को पहलमा, गाउँलेहरूले गाउँमा प्राथमिक विद्यालय खोले जहाँ प्रा. गुरुङले आफ्नो प्राथमिक शिक्षा पूरा गरे।

प्राथमिक शिक्षा पूरा गरेपछि उनी गलकोटको ‘भारत चैतन्य माध्यमिक विद्यालय’, निम्न माध्यमिक विद्यालय हरिचौर र उच्च माध्यमिक शिक्षाका लागि गलकोट हाईस्कूल (एसएलसी) गए । तर विद्यालयमा राजनीतिक अस्थिरताका कारण उनले त्यहाँबाट उच्च शिक्षा पूरा गर्न सकेनन् । त्यसैले गलकोट हाईस्कूलबाट उनी बाग्लुङको ‘विद्यामन्दिर बहुउद्देश्यीय हाईस्कूल’ मा सरुवा भए जहाँबाट उनले उच्च माध्यमिक शिक्षा पूरा गरे । हाईस्कुल पढेपछि प्रा. डा ओम गुरुगले पोखराबाट स्नातक र त्रिविबाट स्नातोत्तर उतीर्ण गरेका हुने । पछि अमेरिकाको कोर्णेल विश्व बिदालयबाट मानव शास्त्रमा विद्यावारिधि गरेका हुन् ।

नेपालको सामाजिक विकासमा प्राडा ओम गुरुङको ठूलो योगदान छ । खासगरेर आदिवासी जनजाति आन्दोलनलाई अधिकारमुखि आन्दोलन बनाउन उहाँको बिशेष योगदान रहेको छ । जिल्ला जिल्लामा आदिवासी महासंद्धलाई बिस्तार गर्न र सचेत बनाउन उनले जिन्दगीभर मेहनत गरेका थिए । तिनै महान योद्धा प्राडा ओम प्रति श्रद्धान्जलि व्यक्त गर्न यो आलेख समर्पित छ । 

 

प्रतिक्रिया