सत्यमोहन जोशीः जुरेली दर्शनबाट प्रभावित थिए 

रोजिना लामा
रोजिना लामा३१ असोज २०७९, सोमवार
सत्यमोहन जोशीः जुरेली दर्शनबाट प्रभावित थिए 

संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको दीर्घ उमेरमा निधन भएको छ । उनको पार्थिव शरीर उनकै इच्छा अनुसार अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिएको छ । उनको दाहसंस्कार भने चिना बिसर्जन गरेर भएको छ ।

उनको देहान्तले नेपाली भाषा, नेपाली साहित्य, नेपाली कला, नेपाली संस्कृतिमा ठूलो खाडल बनाइदिनेछ । उनी संसारभरि रहेका नेपालीले श्रद्धा गर्ने एक मात्र व्यक्तित्व थिए । ज्ञानका हिसाबले मात्र होइन व्यवहारले, हार्दिकताले, सबैप्रति गर्ने सम्मानको व्यवहार आदिले नेपालको आदर्श पुरुष  मानिन्थे । 

नेवारी संस्कृतिमा जोशीलाई ‘इन्साइक्लोपिडिया’ नै मानिन्थ्यो । नेपाली संस्कृतिका बारेमा पनि उनले जति हिमाल, पहाड, तराईलाई जोड्न सक्ने सबैका संस्कृतिका बारेमा ज्ञान भएको व्यक्ति कमै छन् । 

लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौँसम्म योगदान पु¥याएका जोशीले स्वास्थ्य समस्याका कारण प्राण त्याग गरेका छन् । 
खानामा अरुचि भएका कारण शिथिल बनेका उनलाई पछिल्लो समय डेंगी सङ्क्रमण भएपछि अस्पतालसमेत भर्ना गरिएको थियो । 

नेवारी संस्कृतिमा जोशीलाई ‘इन्साइक्लोपिडिया’ नै मानिन्थ्यो । नेपाली संस्कृतिका बारेमा पनि उनले जति हिमाल, पहाड, तराईलाई जोड्न सक्ने सबैका संस्कृतिका बारेमा ज्ञान भएको व्यक्ति कमै छन् । 

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले असोज ३० गते आइतवार बिहान उनको निधन भएको पुष्टि गरेको हो ।

सानोमा बिफरदेखि, औलो, हैजा अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीसमेत देखेका उनी खानपानमा ध्यान दिनु, सकारात्मक सोच राख्नु र धेरै महत्त्वाकाक्र्ष नहुनुलाई आफ्नो दीर्घ जीवनको रहस्य मान्थे । 

आफ्नो १०० वर्षको जन्मोत्सव मनाउने बेला उनले सार्वजनिक कार्यक्रममा संस्कार र संस्कृतिले जीवनमा रस भरिदिने र त्यही क्षेत्रमा लामो समय काम गरेकाले दीर्घ जीवनको कारण त्यो पनि भएको हुनसक्ने बताएका थिए । 

बहु प्रतिभाका धनी
कुनै एक चिनारी मात्रैले जोशीलाई चिनाउन सम्भव छैन । संस्कृतिदेखि साहित्य, साहित्यदेखि कला, कलादेखि सिक्का र हुलाक टिकटको सङ्ग्रहलगायत विभिन्न विषयमा उनले उल्लेखनीय योगदान पु¥याएका छन् । त्यसैले त उनले अन्य कुनै नेपालीले नपाएका सम्मान र पदवी पाए नाम र इज्जत कमाए । 

उनी त्यस्ता एक मात्रै नेपाली हुन् जो जीवित रहँदै आफ्नो तस्बिर अङ्कित चाँदीको सिक्का निष्कासन गरिएको थियो । १००, १००० र २५०० का सिक्काको एउटा पाटोमा जोशीको तस्बिर छ भने अर्कोमा सगरमाथाको तस्बिर छ।

८ दशकभन्दा लामो कालखण्डमा विभिन्न विषयको खोजीमै सक्रिय रहेका जोशीले जीवनका आखिरी वर्षमा पनि विश्राम नलिएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । १०२ वर्षको उमेर पुग्दा प्रकाशित उनको आत्मकथा विमोचन हुँदा उनी आफैँ उपस्थित भएका थिए । केही बेर मन्तव्य पनि दिए । जोशीको सक्रिय जीवनको मूल मन्त्र नै आफूलाई जिज्ञासु राख्नु रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 

जुरेली चरीको प्रेरणा 
शताब्दी लामो जीवनकालमा बिरलै अस्पताल गएका उनी कोरोनाभाइरस महामारीको समयपछि भने बेलाबेला बिरामी पर्ने गरेका थिए। त्यो पनि बुढ्यौलीका कारण देखिने सामान्य स्वास्थ्य समस्या रहेको चिकित्सकहरूले बताउने गरेका थिए । तर मृत्युशय्यामा भने ७८ वर्षअघि नै छटपटाएका थिए भन्ने प्रसङ्ग उनको पुस्तकमा उल्लेख छ । 

उनले लेखेका छन्, “मैले बाँच्नका लागि एउटा चरीबाट प्रेरणा पाएँ। त्यो प्रेरणा थियो, सादा जीवन उच्च विचार। चिन्ता नगर्ने, बरू चिन्तन गर्ने र सन्तोषी भएर बाँच्ने।“हुन पनि चाहे उनको अन्तिम इच्छा भनिएका आत्मकथा होऊन् वा चक्रसम्भरको पौभा चित्र, चिन्ता नगर्ने र चिन्तन गर्ने उनको जुरेली दर्शन १०३ वर्षमा प्राण त्याग्दा पनि जारी राखेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। 

२००१ सालमा स्नातक तह अध्ययन गरिरहँदा पहिलो जागिर अन्तर्गत सर्वेक्षणका लागि तनहुँमा जाँदा उनलाई औलो भएको थियो । बाँच्ने अवस्था नदेखेपछि घरबेटीले उनलाई महामृत्युञ्जय पाठ गराउन सुझाएको उनले पुस्तकमा लेखेका छन् । “आफूसँग भएको पैसा दिएर आफ्नै मृत्यु रोक्नका लागि चलिरहेको महामृत्युञ्जय पाठ मैले सुनिरहेको थिएँ,“ पुस्तकमा लेखिएको छ । 
त्यो मृत्यु जितेर उठेपछि चैतको उराठ लाग्दो मौसममा तनहुँमा जुरेली चरी देखेर आफूले प्रेरणा पाएको उनले बताएका छन् । 

जुरेली चरीको जे जस्तो भए पनि आफ्नो कर्तव्य गर्न नछोड्ने र जे छ त्यसमै रमाउने बानीबाट आफू प्रभावित भएको उनले लेखेका छन्। जुरेली चरीलाई देखेर पाएको जीवनको त्यही चिन्तनसँगै उनी निरस लागेको तनहुँमा फेरि रमाउन थाले । युवावयमै मृत्यु जितेका उनी आफ्नो जीवनमा जुरेली चरीको विशेष प्रभाव रहेको बताउँथे । 

उनले लेखेका छन्, “मैले बाँच्नका लागि एउटा चरीबाट प्रेरणा पाएँ। त्यो प्रेरणा थियो, सादा जीवन उच्च विचार। चिन्ता नगर्ने, बरू चिन्तन गर्ने र सन्तोषी भएर बाँच्ने।“हुन पनि चाहे उनको अन्तिम इच्छा भनिएका आत्मकथा होऊन् वा चक्रसम्भरको पौभा चित्र, चिन्ता नगर्ने र चिन्तन गर्ने उनको जुरेली दर्शन १०३ वर्षमा प्राण त्याग्दा पनि जारी राखेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। 

मदन पुरस्कारको निरन्तरता
तनहुँ र लमजुङबाट ल्याएका लोकगीतको सङ्ग्रह ’हाम्रो लोक संस्कृति’ नामक पुस्तकबाट उनले २०१३ सालको मदन पुरस्कार पाएका थिए । त्यो नै पहिलो मदन पुरस्कार थियो। तनहुँ र लमजुङबाट लोक साहित्य र संस्कृतिमा टस बसालेका उनी निरन्तर यसकै सेरोफेरोमा रहँदा विभिन्न क्षेत्रमा हात हाले । त्यति बेला भिर पाखामा गाउँलेले गाउने गरेका गीत केवल संकलन मात्रै आफूले गरेको बताउने उनले संकलन गर्ने आफ्नो बानीलाई बिस्तारै परिष्कृत गर्दै लगे ।

“२०१९ सालमा पुरातत्त्व विभागले लोरीकुदान र तिलौराकोट क्षेत्रमा प्रयोगात्मक हिसाबले पुरातात्त्विक उत्खनन कार्य सुरु गरेको थियो,“ पुस्तकमा उनले लेखेका छन्।उनी निर्देशक रहँदा नै भक्तपुरमा राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना पनि भएको थियो। काठमान्डुको लाजिम्पाटस्थित धोवीचौरमा अलपत्र अवस्थामा रहेको विष्णु विक्रान्तको मूर्तिलाई उनकै शब्दमा ’अपहरण’ गरेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो। 

भाषा, संस्कृति, संस्कारका विषयमा जिज्ञासा राख्दै, खोजी गर्दै र सङ्ग्रह गर्दै जाने उनको बानीले नै उनलाई संस्कृतिविद् बनायो । कमै महत्त्व दिइने विषयबारे उनमा सधैँ कौतुहलता रह्यो, उनले नसोचेका जिम्मेवारी पनि सरकारी स्तरबाटै पाए । जोशीलाई २०१५ सालमा पुरातत्व तथा संस्कृति विभागको निर्देशक बनाइएको थियो जुन उनका अनुसार उनी आफैँलाई पत्याउन गाह्रो थियो।
उनी त्यति बेला नन् गजेटेड डिट्ठा अर्थात् खरदार सरहको पदमा जागिर खाँदै थिए ।

आफ्नै नाम गरेको कसलाई निर्देशकमा नियुक्त गरिएको रहेछ भनेर खोजी गर्दा आफैँ भन्ने थाहा पाएर आश्चर्यचकित परेको उनले बताएका छन् । त्यसरी अनपेक्षित रूपमा पाएको जागिरका बेला विभिन्न क्षेत्रमा काम गरे । विभागमा रहँदा नै २०१६ सालबाट लुम्बिनी क्षेत्रको संरक्षणको काम सुरु भएको उनले दाबी गरेका छन्।

“२०१९ सालमा पुरातत्त्व विभागले लोरीकुदान र तिलौराकोट क्षेत्रमा प्रयोगात्मक हिसाबले पुरातात्त्विक उत्खनन कार्य सुरु गरेको थियो,“ पुस्तकमा उनले लेखेका छन्।उनी निर्देशक रहँदा नै भक्तपुरमा राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना पनि भएको थियो। काठमान्डुको लाजिम्पाटस्थित धोवीचौरमा अलपत्र अवस्थामा रहेको विष्णु विक्रान्तको मूर्तिलाई उनकै शब्दमा ’अपहरण’ गरेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो। 

२०२७ सालमा कर्णाली अध्ययन
जोशीले नेपालमा लिच्छविकालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोजी गरे र त्यसैबारे लेखिएको “नेपाल राष्ट्रिय मुद्रा“ नामक पुस्तकका लागि उनले दोस्रो पटक २०१७ सालमा मदन पुरस्कार पाए । त्यसपछि उनले संयुक्त रूपमा पाएको तेस्रो मदन पुरस्कार भनेको ’कर्णाली लोक संस्कृति’ पुस्तकका लागि थियो।यसरी अहिलेसम्म तीन पटक मदन पुरस्कार पाउने उनी एक मात्रै व्यक्ति हुन् । कर्णालीलाई अहिले पनि सहज पहुँच नभएको क्षेत्र मानिन्छ ।

५२ वर्षअघि कर्णालीमा खस सभ्यताको अन्वेषण गर्न सत्यमोहन जोशीको नेतृत्वमा एउटा टोली पुगेको थियो। जुम्लाको सिन्जा पुगेर अध्ययन अनुसन्धान गर्ने भन्ने कल्पना पनि गर्न नसकिने बेला मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ, भूगोलविद् स्थिरजङ्गबहादुर सिंह, भाषाशास्त्री चूडामणि बन्धु, र संस्कृतिविद् प्रदीप रिमालसहित जोशीको टोलीले गरेको अध्ययनका आधारमा नै ’कर्णाली लोक संस्कृति’ नामक पुस्तक तयार भएको हो।

कर्णाली क्षेत्रमा योजना बनाउनका लागि त्यति बेला गरिएको अध्ययनलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। त्यसअघि कर्णालीका विविध पक्षमा त्यो स्तरको अध्ययन नै नभएको बताइन्छ । 
कलाकार अरनिकोबारे नेपालमा कमै जानकारी थियो । 

चाइनिज बुद्धिस्ट एशोसियसनको निम्तोमा बेइजिङ पुग्दा नेपाली कलाकार अरनिकोले बनाएको ह्वाइट ड्यागोवा (सेतो चैत्याकार स्तूप) देख्दा आफू चकित परेको उनले बताउने गर्थे । उनै अरनिकोबारे आफू २०२२ सालमा चीनमा नेपाली भाषा पढाउन अर्को पटक गएका बेला गरेको अध्ययन अनुसन्धानमा आधारित भएर उनले ’कलाकार अरनिको’ पुस्तक समेत लेखे।
चीन नै गएका बेला जोशी कमै नेपाली पुग्ने उत्तर कोरियामा पनि पुगेका थिए।

विदेश भ्रमणमध्ये उनको निकै रोचक प्रसङ्ग भने न्यूजिल्याण्ड जाँदाको छ। उक्त देश पुग्ने पहिलो नेपाली नै जोशी थिए । न्यूजिल्याण्डका एडमण्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा टेकेको केही दिन मात्रै हुँदा जोशी त्यहाँ पुगेका थिए। त्यहाँ तेन्जिङको गाउँका भनेर आफूलाई निकै सत्कार गरिएको र महत्वपुर्ण पत्रिकाहरूको अग्रपृष्ठमा आफ्नो अन्तर्वार्ता छापेको जोशीको किताबमा उल्लेख छ।

लामो समय लयबद्ध जीवनको पर्याय बनेका जोशी आफ्ना थुप्रै साथीसंगातीको निधनको साक्षी बने। मृत्युलाई सत्य मानेर यससँग डराउन नहुने बताउने गरेका उनले जीवनको आखिरी समयसम्म पनि आफूलाई सक्रिय राखिरहेका थिए। परम्पराविपरित शरीर दान गर्ने निर्णय अनुसार उनको शरीर अस्पताललाई बुझाइएको छ। 

धेरैले हात नहालेका थुप्रै विषयमा जोशीले हात हाले र थुप्रै सम्मान पाए । उनको पुरानो घरमा निर्मित लोक साहित्य परिषद्को भवनमा उनले पाएका अनगिन्ती सम्मानहरू सजाएर राखिएका छन्।
त्यहाँ उनले सङ्कलन गरेका हुलाक टिकट र सिक्का र पुस्तकहरू पनि सजाएर राखिएका छन्।जोशीभन्दा पहिला राजपरिवारबाहेक कुनै पनि व्यक्तिको जीवित हुँदै हुलाक टिकटमा तस्बिर छापिएको थिएन।

२०७७ सालमा सत्यमोहन जोशीको तस्बिर रहेको हुलाक टिकट भने राष्ट्रपतिबाट जारी भएको थियो । यो वर्ष संविधान दिवसका दिन जोशीलाई राष्ट्र गौरव सम्मान दिने घोषणा गरिएको छ । यसअघि पनि उनलाई सुप्रबल गोरखा दक्षिणबाहु, उज्जवल कीर्तिमान राष्ट्रदीप, अनि २०६९ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कारलगायत सम्मान दिइएका छन्।

प्रतिक्रिया