आदिवासी महिला तथा किशोरीका समस्या नहेरी मनाइने अन्तराष्ट्रिय महिला दिवश निरर्थक

रोजिना लामा
रोजिना लामा२४ फागुन २०८२, आइतवार
आदिवासी महिला तथा किशोरीका समस्या नहेरी मनाइने अन्तराष्ट्रिय महिला दिवश निरर्थक

आज एक सय १६ औ  अन्तराष्ट्रिय महिला दिवश । Rights. Justice. Action. For All Women And Girls भन्ने  नाराका साथ यो दिवश विश्वभर मनाइदै छ । नेपालमा भने सबै महिला तथा वालवालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अधिकार’ भन्ने राष्ट्रिय नारा तय भएको छ ।  विविध कार्यक्रमका साथ नेपालमा पनि यो दिवश मनाइएको छ । 

यो दिवशमा सरकारी निकाय र गैह्रसरकारी संस्थाहरुले फरक फरक रुपमा यो दिवश मनाएका छन् । 

नेपालका आदिवासी महिलाहरुले भने महिला विरुद्धको सम्पूर्ण भेदभाव उन्मुलन गर्ने महासन्धी सिडका सम्बन्धमा  आदिवासी महिला र किशोरीहरुको अधिकारका लागि आधारभूत सिफरिस नम्बर ३९ कार्यन्वयन गर्न जोड दिदै यो दिवश मनाइएको हो । 

यो सिफारिस सिड कमिटिले सन २०२२ मा जारी गरेको हो । यो सिफारिस अनुसार आदिवासी महिला र किशोरीहरुको अधिकार प्रत्याभूत गर्ने जिम्मेवारी राज्यको हो । 

आदिवासी महिला बिरुद्ध हुने हिंसा र भेदभाव प्रायः उनीहरुको जीवनमा दोहोरिरहने घटना हो । उनीहरुले उत्पत्ति, पहिचान तथा प्रतिष्ठाका लागि जातीय, उमेरगत, भाषिक, सामाजिक र आर्थिक अवस्थाका कारण पटक पटक हिसा व्यहोर्नु पर्दछ । अझ अपांगता भएका आदिवासी महिला र फरक लैगिक पहिचान भएकाहरुले बहुआयामिक रुपमा बहुविभेद खेप्नु पर्नेहुन्छ । 

आदिवासी महिला तथा किशोरीहरु भूमि, भूभाग, प्राकृतिक स्रोत र साधन तथा संस्कृतिका अभिन्न अंगहरु हुन् । यस्तो महत्वपूर्ण समुदायको समस्या समाधान गर्न बहुपक्षीय विभेदको दृष्टिकोण र अन्तरसाँस्कृतिक कोणबाट सम्बोधन गरिनु पर्दछ । 

आदिवासी महिलाको आत्मनिर्णयको अधिकार, भूमिसंगको उनीहरुको अन्योन्याश्रित सम्बन्ध, त्यसमाथि उनीहरुको पहुँच प्राकृतिक स्रोत र साधनमा पहुँचका साथै साँस्कृतिक र वातावरणीय सम्बन्धलाई लागु गर्न यस प्रकारका दिवसहरु लैङ्गिकमैत्रीभएर मात्र पुग्दैन, आदिवासीमैत्री  पनि हुनु पर्दछ । 

आदिवासी महिला तथा किशोरीहरु सहभागिता आज नाममात्रको छ । संविधानमा प्रत्याभूत गरेको महिलाको अधिकारले आदिवासी महलिालाई सम्बोधन गर्न सक्दैन । 

समानुपातिक समावेशी सिद्धान्तको प्रयोग केवल राजनीतिक दलले मात्र गरिरहेका छन् । सीमान्त आदिवासी महिलाहरु राज्यको नीति निर्माण तहमा अझै पुग्न सकेका छैनन् । 

भर्खरै सम्मन्न प्रतिनिधि सभाको निर्वाचनको पूर्ण परिणाम आउन वाँकी नै छ । तथापि यो निर्वाचनको संरचनाले पनि आदिवासी महिला तथा किशोरीको समस्या समाधान हुने संभावना अत्यन्त न्यून छ ।

यो निर्वाचनका क्रममा आदिवासी महिलाको प्रमूख सरोकारलाई कुनै सम्बोधन गरिएन । खास गरेर प्राकृतिक स्रोतको परिचालनमा स्वतन्त्र, अग्र्रिम जानकारी सहितको मञ्जुरी लागु गर्ने कसैको पनि प्रतिवद्धता देखिएन । देशभरी आदिवासीको भूमिको उत्खनन, स्रोतको दोहनबाट आदिवासीले व्यहोरेको विस्थापन, हैरानी, सैनिकीकरण लगायतका हैरानीबाट छुट्कारा पाउने उपायका बारे कतै सोचिएन ।    

यो दिवश विगतलाई उत्सव मनाउने र भविष्यका लागि योजना बनाउनेगरी तय भएको हो । सन १९०८ को मार्च ८ मा महिलाको कार्यबोझ घटाउने र राम्रो ज्याला पाउनु पर्ने माग सहित सुरु भएको महिला दिवश केही सुकिलामुकिलाको फेसन सो गर्ने दिन होइन भनेर हामीले बुझनु पर्छ । 

महिला हक अकिारका बारे कुरा गरेर नथाक्नेहरुले दुरदराजमा रहेका आदिवासीहरुको अनुहार हेरेर मात्र यो दिवशको नयाँ कार्यक्रम सुरु गर्नु यो दिवशको सबैभन्दा ठूलो पाठ हो ।

प्रतिक्रिया