गजलकार राहुल शंकरको नवीन गजल सङ्ग्रर्ह 'नयाँ अध्याय' राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छर्। 'द मार्जिन' प्रकाशनले बजारमा ल्याएको उक्त कृतिको विमोचन सर्वनाम थिएटरको प्रेक्षालयमा सम्पन्न भएको हो।
कार्यक्रममा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएको थियो।
विमोचन समारोहमा बोल्नुहुँदै प्रकाश आङ्देम्बेले नागरिकता बोकेकाहरू हाँस्दै देश छोड्न बाध्य हुनु र नागरिकता नपाएकाहरू रुँदै देश त्याग्नुपर्ने यथार्थ स्मरण गराउँदै राहुल शंकरका गजलहरू गहिरो देशप्रेम र संवेदनाले भरिएको बताउनुभयो। उहाँका अनुसार शंकरका सिर्जनामा समयको पीडा र राष्ट्रप्रतिको चिन्ता स्पष्ट देखिन्छ।
त्यसैगरी गजलकार शितल कादम्बिनीर्ले 'नयाँ अध्याय' लाई समकालीन नेपाली गजल साहित्यमा महत्वपूर्ण उपलब्धिका रूपमा मूल्यांकन गर्दै यस कृतिले गजलको नयाँ उचाइ स्थापित गरेको उल्लेख गर्नुभयो।
कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न कार्यक्रममा कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले कृतिमा समावेश गजलहरू वाचन गर्नुभएको थियो।










