हिमाली आदिवासी शेर्पाहरुको मौलिक लोक नृत्य श्याब्रुको संरक्षण र पुस्ता हस्तान्तरणमा शेर्पाहरुको जातीय संस्था नेपाल शेर्पा संघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र यसैगरि विभिन्न किदुग लगायत शेर्पाजनित संघसंस्था लागि परेका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष आङ डोमा शेर्पाका अनुसार यो नृत्य संरक्षणका लागि प्रशिक्षण कार्य काठमाडौँ लगायत विभिन्न जिल्लाहरुमा सांस्कृतिक केन्द्रले संचालन गरिरहेको छ ।
‘श्याव’ भनेको शेर्पा भाषामा ‘खुट्टा’ हो । श्याव अर्थात खुट्टाको तालमा नाचिने भएकोले श्यापटोबाट अपभ्रंस हुदैँ श्याब्रु रहन गएको हो । कुलुङ् शेर्पा किदुगका अध्यक्ष ङिमा नुर्वु शेर्पाका अनुसार बाहिरबाट हेर्दा एकै तरिकाले नाचेको जस्तो देखिए पनि नाच्दै जाँदा खुट्टाको ताल फेरिदै जान्छ । यसकारण खुट्टाको तालको आधारमा श्याब्रु नाचको क्षेत्र छुट्याउन सकिन्छ । उहाँ भन्नुहुन्छ ‘श्याब्रु नाच ठाउँ अनुसार फरकफरक रहेको हुन्छ, विवाह, पुजाआज, स्वागत गर्दा फरक हुन्छ ।’
श्याब्रु शेर्पा जातिमा प्रचलित नृत्य हो । यो नृत्य सामुहिक रुपमा नाच्ने गरिन्छ । ठूलो समूहमा एक अर्काको हात समात्दै वा पछाडि कम्मरबाट एक अर्का बीच हात बाँध्दै खुट्टाको ताल मिलाएर श्याब्रु नाच्ने गरिन्छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुको हावापानी र रहनसहनसंग यो नाचको सम्बन्ध रहेको संस्कृतिक केन्द्रका अध्यक्ष शेर्पाको भनाई छ । ठूलो समूहमा एक अर्काको कम्मरमा हात बाँध्दै नाच्ने प्रकृयाले एकअर्कामा आत्मीयता बढ्ने र खुट्टाको ताल एकनासले चल्ने हुन्छ । यही आत्मियताको लागि नाच्दा नाच्दै श्याब्रुको विकास भएको हुन सक्छ ।
श्याब्रु शेर्पा जातिमा प्रचलित नृत्य हो । यो नृत्य सामुहिक रुपमा नाच्ने गरिन्छ । ठूलो समूहमा एक अर्काको हात समात्दै वा पछाडि कम्मरबाट एक अर्का बीच हात बाँध्दै खुट्टाको ताल मिलाएर श्याब्रु नाच्ने गरिन्छ ।
श्याब्रु नृत्य मुलतः शेर्पा बहुल गाउँमा आयोजित विवाह तथा अन्य शुभ कार्यमा नाचिन्छ । यो नृत्य कहिलेकाँही त तीन चार दिन र दिन रात पनि नाच्ने चलन पनि छ । यसकारण यो नाच मा धेरै बलको प्रयोग भन्दा पनि हलुका ढंगले नाच्ने गरिन्न्छ ।
श्याब्रु गीत
श्याब्रु नाच भए पनि गीत बेगर यो नाच सम्भव हुँदैन । यो नाचका लागि आफनो भाका र लयको गीत चाहिन्छ । श्याब्रु नाचका लागि गाइने गीतलाई श्याब्रु गीत भनिन्छ । श्याब्रु गीत प्रकृति, हिमाल, देवता, आमा, बाबु, गुम्बा लगायत पितृ तथा लामा गुरुहरुको सम्मानका शव्द प्रयोग गरिएको हुन्छ ।
कुलुङ् शेर्पा किदुगका अध्यक्ष शेर्पा अनुसार श्याब्रु गीतमा नैतिक तथा धार्मिक ज्ञानका शव्दहरु बढी प्रयोग हुन्छ ।
हिमाल र हिमालीका दुःख देखि स्वागत, विदाई, विवाह लगायत शुभकार्यमा गाइने गीतमा फरक फरक विषयबस्तु हुन सक्छन् । खास गरेर ल्होसार वा डुम्जे (शेर्पाको पर्ब) मा यो नाच हुने गर्दछ ।
श्याब्रु नाच्ने लय तथा भाकाहरु भूगोलहरु फरक हुन्छ । पूर्बको ताप्लेजुङतिर एक प्रकारको भाका हुन्छ भने सोलुखम्बूतिर अर्को प्रकारको हुन्छ । पश्चिमतिर पनि फरक भाकामा यो गीत गाउने चलन छ । हिमालयन संस्कृतिक केन्द्रका अध्यक्ष शेर्पाका अनुसार श्याबू्र नाच ठाउँअनुसार फरक भएपनि एकरुपतामा ल्याउनको लागि प्रयास गरिरहेको बताउनुभयो ।
श्याब्रु नाच भए पनि गीत बेगर यो नाच सम्भव हुँदैन । यो नाचका लागि आफनो भाका र लयको गीत चाहिन्छ । श्याब्रु नाचका लागि गाइने गीतलाई श्याब्रु गीत भनिन्छ । श्याब्रु गीत प्रकृति, हिमाल, देवता, आमा, बाबु, गुम्बा लगायत पितृ तथा लामा गुरुहरुको सम्मानका शव्द प्रयोग गरिएको हुन्छ ।
‘ठाउँअनुसारको पुरानो भाकाका श्याब्रु गीत सिकाउने शिक्षकहरको कमि रहेको छ, ठेट भाका सिकाउन नसकेनि एकरुपताको लागि हामीले प्रशिक्षण दिईरहेका छौ ।’ उहाँले थप्नु भयो ।
तर यो गीत गाउँदा समूहमा एक जना हारी सुरु गर्ने अगुवा हुन्छन् र त्यही लयलाई पछ्याउँदै गाउँदै श्याब्रु नाच्नु पर्ने नियम हुन्छ ।
श्याब्रु नाच हिमाली आदिवासी शेर्पाहरुमा मात्र सिमित नभई अन्य हिमाली आदिवासी ह्योल्मो, डोल्पो जाति लगायतमा पनि प्रचलनमा छ । ।
पुस्तान्तरको प्रयास
शेर्पा युवाहरुले श्याब्रु नाच समाजबाट सिकेका हुन्छन् । विभिन्न शुभ कार्य तथा सामाजिक क्रियाकलापमा सहभागी भएका नयाँ पुस्ताले अरुले नाचेको र गाएको हेरेर सिक्छन् भने केहीले आफनो घर परिवार र समाजमा नै सिक्ने गर्दछन् । तर पछिल्लो समयमा बसाईसराईका कारण श्याब्रु सिक्ने अवसर लोप हुँदै गईरहेको छ । अध्यक्ष आङ डोमा शेर्पा भन्नुहुन्छ ‘हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले श्याब्रु नाच प्रतिस्पर्धा संचालन गरेबाट युवाहरुमा जिज्ञाशा बढेको देखिएको छ । युवावर्ग देखि बुढापाखाहरु समेत प्रशिक्षण लिन आउने गरका छन् ।’
पहिले ल्होसार, डुम्जी र मनिरिम्डुमा यो नाच नाँच्ने गरिन्थ्यो पछिल्लो समय काठमाडौँमा बसोबास गरेका शेर्पाहरुले सामुहिक रुपमा भेला भएर विभिन्न बनभोज, कार्यक्रमहरमा र गुम्बाको कार्यक्रमहरुमा नाच्ने चलन चलाएका छन् । श्याब्रुको संरक्षणका लागि औपचारिक प्रशिक्षण, प्रतिस्पर्धा र गीतहरुको संकलन गर्नसके थप सहयोग पुग्ने उहाँको धारणा छ ।
पोशाक अनिवार्य
श्याब्रु नाच्दा शेर्पाहरुको मौलिक भेषभुषा छुवा र वक्खु (आङ्गी) अनिवार्य चाहिन्छ । महिलाले वक्खु (आङ्गी, आङ्दुङ) स्याम्ज्यार, पाङदेन, ग्यापटिल अर्थात मटिल स्यामूङ (फराकिलो टोपी) लगाउने गर्दछन् । यसैगरि गरगहनाहरुमा जि, यू, –गेन्जिन, र समेमोङ लगाउनु पर्दछ । खुटमा महिलाले काचा (जुत्ता) लगाउँछन भने पुरुषले दोचा लगाउँछन् । पुरुषको भने्े छयुवा, तेतुङ, कारा, स्यामो (टोपी) भुटिल अपस्वोक स्यामूङ लाउने प्रचलन छ ।
बाजाको प्रयोग
श्याब्रुमा बाजाको रुपमा टुङनाको प्रयोग हुन्छ । जसलाई शेर्पा भाषामा डाम्ज्याङ भन्ने गरिन्छ । यो टुङ्ना बजाउने सीप भने सबैमा हुँदैन । टुङ्ना बजाउने कलाकारको आवश्यक पर्छ । यो बाजालाई शेर्पाहरुले आफनो पवित्र बाजाका रुपमा लिन्छन् । विशेष प्रकारको धुन उत्पन्न हुने टुङ्ना तार र काठको संयोजनबाट बनाइएको हुन्छ ।
हिमाली आदिवासी शेर्पाको पहिचान
नेपालका आदिवासी जनजाति शेर्पा जातिको परिचय र पहिचान दिने श्याब्रु नाच पनि एक हो । शेर्पाको आफनो भाषा, भेषभूष, थातथलो, भूमि भूभाग र ऐतिहासिक निरन्तरता भए झै संस्कृतिको एक पाटो श्याब्रु नाचले लिन्छ ।
हिमाली आदिवासी शेर्पा जातिको मुल थातथलो सोलुखुम्बु जिल्ला हो । सोलुखुम्बु हुँदै यि जाति ओखलढुङ्गा, ताप्लेजुङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, भोजपुर, इलाम, संखुवासभा, खोटाङ् पाँचथार लगायत ७२ जिल्लामा बसोबास रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालमा शेर्पाहरुको जनसंख्या १ लाख १२ हजार ९ सय ४६ रहेको छ ।