दशैंको विकल्प म्हेनिङ कि खेप्पास्हुङ?

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ असोज २०७९, शनिवार
दशैंको विकल्प म्हेनिङ कि खेप्पास्हुङ?

नेपालका हिन्दू खस–आर्यहरुले दशैंलाई राष्ट्रिय पर्ब मनाइरहँदा  गैह्रहिन्दू आदिवासी तामाङहरुले भने यही छेका पारेर मौलिक पर्ब म्हेनिङ मनाइरहेका छन् । यही सन्दर्भलाई केही मानिसहरुले दशैको तामाङ भाषाको अनुवाद म्हेनिङ हो कि भन्ने भ्रम पनि परेको हुन सक्छ । त्यसैकारण केहीले दशैं मान्नु र म्हेनिङ मान्नु एकै हो भन्ने पनि गरेका छन् । वास्तविकता के हो भने दशै राज्य संरक्षित पर्ब हो भने म्हेनिङ पुनर्जागरण गरिएको चाड हो । 

खेप्पास्हुङ  ‘खेप्पा’ र ‘स्हुङ’ मिलेर बनेको छ । जस्को अर्थ हुन्छ ‘बुढो देवता’ । अर्थात पितृ पुजनु नै खेप्पास्हुङ हो । मुलतः हिन्दूहरुले पितृपुजाका लागि सोह्रसराध गरिरहँंदा तामाङहरुले पनि पितृस्मरणका लागि खेप्पास्हुङ मनाउने गर्दछन् । तर यो पर्ब मनाउने विधि विधान तथा यसको प्रक्रियाहरु भने फरक छ । खेप्पास्हुङ मनाउँदा हरेक घरमा पितृको तोर्माको प्रतिमुर्ती स्थापना गरेर भाले बली दिने गरिन्छ । यस्तो पुजामा जाने बुझेसम्म पितृहरुको नाम स्मरण गर्ने र आशिर्वाद माग्ने गरिन्छ । 

म्हेनिङ आदिवासी तामाङहरुको मौलिक र परम्परागत धार्मिक, साँस्कृतिक पर्व हो । यसको दशैंसंग कुनै साइनो र सम्बन्ध छैन । दशंैमा पुजा गरिने शक्ति पीठ, दुर्गा पुजासंग म्हेनिङको कुनै सम्बन्ध छैन । केवल म्हेनिङ मनाउने समयको मिलन मात्र हो भने पनि हुन्छ  किन भने म्हेनिङ भनेको नवौ महिनाको नाम हो । अर्थात यो काल र समय मात्र हो । यो नवौ महनिामा मनाइने पर्ब भएकाले म्हेनिङ प्रचलनमा रहेको हो । तर यो पर्ब मनाउने विधि, विधान र परम्परा अनुसार म्हेनिङको अर्को रुप खेप्पास्हुङ हो । 

खेप्पास्हुङ के हो ?

म्हेनिङको वास्तविक अर्थ र महत्व खेप्पास्हुङसंग सम्बन्धित छ । खेप्पासुङ नमनाउने हो भने म्हेनिङको कुनै अर्थ रहँदैन । अशोज कात्र्तिक महिनाको बीचमा पर्ने म्हेनिङ पर्बको मुख्य क्रियाकलाप खेप्पास्हुङ मनाउनु हो । 

खेप्पास्हुङ  ‘खेप्पा’ र ‘स्हुङ’ मिलेर बनेको छ । जस्को अर्थ हुन्छ ‘बुढो देवता’ । अर्थात पितृ पुजनु नै खेप्पास्हुङ हो । मुलतः हिन्दूहरुले पितृपुजाका लागि सोह्रसराध गरिरहँंदा तामाङहरुले पनि पितृस्मरणका लागि खेप्पास्हुङ मनाउने गर्दछन् । तर यो पर्ब मनाउने विधि विधान तथा यसको प्रक्रियाहरु भने फरक छ । खेप्पास्हुङ मनाउँदा हरेक घरमा पितृको तोर्माको प्रतिमुर्ती स्थापना गरेर भाले बली दिने गरिन्छ । यस्तो पुजामा जाने बुझेसम्म पितृहरुको नाम स्मरण गर्ने र आशिर्वाद माग्ने गरिन्छ । 

तामाङ समाजमा खेप्पास्हुङ संगै झ्योहो र झ्योमो पुजा गर्ने गरिन्छ । यो भनेको छिमेकी वा गाउँ समाजलाई पुजा गर्ने प्रचलन हो । गाउँका देवी, देवता तथा अन्यलाई पनि स्मरण गर्ने अवसर हो ।  म्हेनिङको अवसरमा सामाजिक एकता तथा धार्मिक सहिष्णुताको सन्देश प्रबाह गर्ने परम्पराका रुपमा यसलाई लिन सकिन्छ । 

यी दुबै पुजा पछि तोर्मा र भालेको मासुको प्रसाद वितरण गरिन्छ । गाउँभरी प्रसाद वितरण गर्न अपुग भएमा प्रसादमा फलफुल र मिठाइ पनि थपेर बाड्ने चलन छ । 

हिजो आज थरगत सामुहिक पुजा गर्ने चलन पनि चलेको छ । जस्ले गर्दा दाजुभाइहरु एकै स्थानमा भेला भएर खेप्पास्हुङ मनाउन सकियोस । हाल पुजा गर्ने ल्हाबोन (पुजारी)को अभावले पनि यस्तो सामुहिक पुजाको अभ्यास हुन थालेको हो । यस्तो पुजा प्रतिष्ठानमा सहभागी सबैले आफनो तर्फबाट सकेको प्रसाद र फलफूल लैजाने गर्दछन् । 

तामाङ समाजमा खेप्पास्हुङ संगै झ्योहो र झ्योमो पुजा गर्ने गरिन्छ । यो भनेको छिमेकी वा गाउँ समाजलाई पुजा गर्ने प्रचलन हो । गाउँका देवी, देवता तथा अन्यलाई पनि स्मरण गर्ने अवसर हो ।  म्हेनिङको अवसरमा सामाजिक एकता तथा धार्मिक सहिष्णुताको सन्देश प्रबाह गर्ने परम्पराका रुपमा यसलाई लिन सकिन्छ । 

बास्तवमा खेप्पास्हुङ वा म्हेनिङ दशैं परिपुरक नभएर आदिमकाल देखि चलेको चलन हो । यो मौलिक परम्परा हो । खास गरेर बोन धर्म ग्रहण गरेबाट नै यो पर्ब तामाङ समाजमा प्रचलित थियो । पछि बौद्ध धर्म ग्रहण गरे पछि पनि तामाङहरुले म्हेनिङ मनाउन छोडेको पाइन्न । खासमा भन्ने हो भने बौद्ध धर्मका संस्कार र संस्कृति अनि बोन संस्कृतिलाई मिश्रित रुपमा चलाएको पाइन्छ । 

प्रतिक्रिया