गोन्पाका विषयमा फैलाएको भ्रामक अभिव्यक्ति दिएको भन्दै सामाजिक सन्जाल तथा बिभिन्न मिडिया ल्पेटफर्ममा अभिव्यक्ति दिने राजनीतिक नेता तथा सामाजिक अभियन्ता विरुद्ध नेपाल बौद्ध महासंघले साइबर व्युरोमा उजुरी दिएको छ ।
महासंघले भोटाहिटीस्थित साईबर व्युरोमा पुगेर सामाजिक सञ्जालमा धार्मिक द्वेष फैलाउने र भ्रमपूर्ण सामग्री प्रसारण गरेको भन्दै उजुरी दिएको हो ।
उजुरीमा वरिष्ठ पत्रकार देव प्रकास त्रिपाठी, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी समाजवादी तथा हाल नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडा, राष्टिय प्रजातन्त्र पार्टीका प्रबक्ता ज्ञानेन्द्र शाही, सामाजिक अभियन्ता अर्जुन ज्ञवाली, त्रिमुल नेपाल पाटीका अध्यक्ष भनिएका भरत दहालसमेतले बौद्ध गोन्पा बिरुद्ध अभिव्यक्ति दिएको प्रमाण सहित उजुरी दिइएको छ ।
वरिष्ठ पत्रकार त्रिपाठीले ग्लोवल टिभिको तक्षशिला कार्यक्रममा अन्तर्वार्ता दिदै काठमाडौ वरीपरिका गुम्वामा सुरक्षा निकायले छापा मार्नू पर्ने भनाई राख्नु भएको थियो । उहाँले गुम्वामा रहेका तिव्बती शरणार्थीले हतियार राखेको बताउनु भएको थियो । उहाँले भारतको स्वर्ण मन्दीरमा झै हातहतियार लुकाएको आरोप लगाउनु भएको थियो ।
खतिवडाले पनि गुम्वामा छापा मारे मात्र हतियार भेटिने अभिव्यक्ति दिनु भएको थियो । ग्लोवल टिभिकै युट्युब च्यानलमा गृह मन्त्रीलाई सल्लाह दिदै काठमाडौका डाँडाहरुमा रहेका गुम्वाहरुमा हराएका हतियार रहेको भनाइ राख्नु भएको थियो ।
राप्रपाका नेता शाहीले रन्जीत पोडकाष्टमा गुम्वाहरुमा प्रबेश पाउन नसक्ने कारणहरुको व्याख्या गर्दै तिव्बती गुम्वाहरुमा प्रबेश निषेध गरेको बताउनु भएको थियो । उहाँले पशुपतिनाथमा प्रबेश पाइने, लुम्बीनिमा प्रबेश पाइने तर तिव्व्ती गुम्वामा प्रबेश नदिनु रहस्यको बिषय उठाउनु भएको थियो ।
अर्का अभियन्ता अर्जून ज्ञवालीले गुम्वामा भिक्षुको भेषमा अमेरिकी सेना रहेको आरोप लगाउनु भएको छ । एक युट्युब च्यानलमा अन्तर्वार्ता दिदै ज्ञवालीले लुटिएको हतियार गुम्वामा भएको आशंका गर्नू भएको सामाजिक सञ्जाल युट्युवमा सुन्न् सकिन्छ ।
आफुलाई अभियन्ता बताउनु हुने भरत दहालले आफनै युट्यव च्यानलमा बोल्दै काठमाडौका गुम्वाहरुमा तिव्वती शरणार्थी भएको र ती गुम्वाहरु दलाई लामाले कव्जा गरेको आरोप लगाउनु भएको छ ।
सोमबार महासंघका अध्यक्ष धर्मगुरु नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा), उपाध्यक्ष ग्युर्मे सोनाम तामाङ र महासंघका कार्यालय प्रमुख आर्चाय सार्की शेर्पाले नेपाल प्रहरीको साईबर व्युरोमा पुगी उहाँहरु बिरुद्ध उजुरी दिनुभएको हो ।
महासंघले व्युरोमा दिएको निबेदनमा युट्युब, फेसबुकलगायतका विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरू मार्फत “गोन्पा विदेशी राष्ट्रहरूको अखडा बनेका छन्”, “त्यहाँ हतियार लुकाइएको छ” आदि जस्ता निराधार र दुराशयपूर्ण अभिव्यक्तिहरू सार्वजनिक रूपमा प्रसारण गरिएको उल्लेख गरिएको छ । यस प्रकारको अभिव्यक्तिबाट सम्पूर्ण बौद्ध समुदायको मानमर्दन गरेको उजुरीमा दावी गरिएको छ । यसबाट देशमा धार्मिक सद्भावमा आघात पु¥याउने सम्भावना देखिएको उजुरीमा उल्लेख छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जेडका आन्दोलनको क्रममा भएका केही घटनाहरूसँग जोड्दै देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व उत्पन्न गराउने उद्देश्यले केही राजनीतिक नेता तथा सामाजिक अभियन्ताहरुले बौद्ध गोन्पा (गुम्बा) तथा विहारहरू विरुद्ध भ्रामक अभिव्यक्ति तथा अन्तर्वाता दिएको सो निबेदनमा खुलाइएको छ ।
‘प्राचीनकालदेखि नै बौद्ध गोन्पा र विहारहरू शाक्यमुनि बुद्धद्वारा प्रदान गरिएका शील, समाधि र प्रज्ञाका उपदेशहरूको अध्ययन, अध्यापन र अभ्यास गर्ने शान्तिपूर्ण केन्द्रहरू हुन् ।’ उजुरीमा भनिएको छ– यी संस्थानहरू मानवता, करुणा, अहिंसा र परोपकारमा आधारित संस्थाहरू हुन्, जसले कहिल्यै पनि कुनै राष्ट्र वा समुदायविरुद्ध द्वेष वा हिंसात्मक गतिविधि गरेका छैनन् ।
सार्वजनिक रूपमा भ्रामक र धार्मिक द्वेष फैलाउने खालका अभिव्यक्ति, अन्तर्वार्ता दिने व्यक्तिहरूमाथि तत्काल सत्यतथ्य छानबिन गरी, दोषी प्रमाणित हुने व्यक्तिहरूविरुद्ध हाल प्रचलित कानूनी व्यवस्था अनुसार कडा कारबाही गर्न महासंघका अध्यक्ष नुर्बु थुन्डु शेर्पाले माग गर्नुभएको छ ।


.png)
.png)


