आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२५ कार्तिक २०८२, सोमवार
आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन

आदिवासी जनजाति महासङ्घ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन निर्वाचित भएको छ । आईतबार सम्पन्न महासंघ गणतन्त्र कोरियाको ९ औं महाधिवेशनबाट भोम्जनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

सौलको दोङ्देमुन स्थित सेमावल हलमा भएको  महाधिवेशनबाट भोम्जनको अध्यक्षमा, बरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू, उपाध्यक्षमा पुर्ण बहादुर पुन मगर, सचिवमा राम प्रकास चौधरी, र कोषाध्यक्षमा गंगा पुन मगर निर्वाचित हुनुभएको छ । 

यसैगरि सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई र भुवन लिङ्देन सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका  संयोजक  लोचन राईले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । 

अध्यक्ष भोम्जनले सपथ ग्रहण पस्चात बोल्नुहुँदैै  आदिवासी बृहत भेलाको आयोजना गर्ने, आदिवासी बहुसांस्कृतिक घरको स्थापना गर्ने, बृहत आदिवासी साँस्कृतिक मेलाको आयोजना गर्ने,  आदिवासी अभियानलाई निरन्तरता दिने, र कोरियामा रहेका नेपाली समाजमा सबैसगं सहकार्य गर्ने लगायतका प्रतिबद्धताहरु जनाएको छ । अध्यक्ष भोम्जन यसअघि महासंघको वरिष्ठ उपध्यक्षमा हुनुहुन्थ्यो । 

 

प्रतिक्रिया