कुलमान विरुद्ध लप्सीफेदी सवस्टेशन प्रभावितहरुको नारावाजी 

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ७ असोज २०७९, शुक्रवार
कुलमान विरुद्ध लप्सीफेदी सवस्टेशन प्रभावितहरुको नारावाजी 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङविरुद्ध काठमाडौको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सीफेदीका स्थानीयले नारावाजी गरेर विरोध जनाएका छन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने  लप्सीफेदी सवस्टेशन निर्माणमा स्थानीयले तीनबर्षदेखि लगातार अवरोध जारी राखे पछि  अवरोध हटाउने पहल स्वरुप प्रभावितहरुसंग सम्वाद गर्न दलबलका साथ त्यहाँ पुग्नु भएका घिसिङविरुद्ध लप्सीफेदीका स्थानीयहरुले उल्टै नारावाजी गरेर विरोध जनाएका हुन् ।  

नेपालको विद्युत विकासमा रणनीतिक महत्व बोकेको लप्सीफेदी सवस्टेशन निर्माणमा लगातार अवरोध भएका कारण तामाकोसी काठमाडौ ४०० केभी प्रसारण लाइनको ५ वटा टावर र त्यहाँ सवस्टेशन बन्न सकेको छैन । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान सहयोगमा निर्माण हुने अन्तरदेशीय विद्युत प्रसारण लाइनको प्राराम्भिक विन्दू पनि लप्सीफेदी सवस्टेशन भएका कारण यो सवस्टेशन निर्माणमा  प्राधिकरणलाई समयको उच्च दवाव परेको छ । 

स्थानीयसंग सम्बाद गर्ने भन्दै कार्यकारी निर्देशक घिसिङ, काठमाडौ जिल्लाका प्रमूख जिल्ला अधिकारी घनश्याम उपाध्याय, आयोजना प्रमूख रमणराज शर्मासहितको टोली त्यहाँ पुग्नु भएको थियो । उहाँहरुको साथमा ठूलो संख्यामा जनपद र शसस्त्र प्रहरीको टिम त्यहाँ परिचालन गरिएको थियो । मानववस्ती बीचमा स्वस्टेशन निर्माण गर्न नहुने अडान राख्दै आएका स्थानीयबासीहरुले सवस्टेशन निर्माणस्थल अन्यत्र सार्नु पर्ने प्रमूख माँग राखेका थिए । तर कार्यकारी निर्देशक घिसिङले सवस्टेशन सार्न नसकिने बताउँदै प्रभावितहरुका लागि अन्य अवसर उपलव्ध हुने आश्वासन दिनु भए पछि स्थानीय सवस्टेशन प्रभावितहरुले कार्यक्रमको अन्त्यमा नारावाजी थालेका थिए । 

नेपालको विद्युत विकासमा रणनीतिक महत्व बोकेको लप्सीफेदी सवस्टेशन निर्माणमा लगातार अवरोध भएका कारण तामाकोसी काठमाडौ ४०० केभी प्रसारण लाइनको ५ वटा टावर र त्यहाँ सवस्टेशन बन्न सकेको छैन । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान सहयोगमा निर्माण हुने अन्तरदेशीय विद्युत प्रसारण लाइनको प्राराम्भिक विन्दू पनि लप्सीफेदी सवस्टेशन भएका कारण यो सवस्टेशन निर्माणमा  प्राधिकरणलाई समयको उच्च दवाव परेको छ । 

स्थानीय तीर्थमाया वाइवाले आफुलाई धाक भम्की दिएर जग्गा पास गर्न लगाएको बताउँदै जंगलको कुनामा लगेर जग्गा पास गर्न लगाएको स्मरण गर्नू भयो । तिमीहरुलाई सेना र पुलिस लगाएर जगगा नदिए डोजरले पेल्छुसम्म भनेको उहाँको भनाइ थियो । 

सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौ लगायतमा वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सवस्टेशन बन्नेयोजना सहित त्यहाँ काम सुरु भएको हो । यसका लागि स्थानीयको जग्गा अधिग्रहण कार्य समेत सकिएको छ । यहाँ ७० जना जग्गाधनीको एक सय ७० रोपनी जग्गा २०७४ माघमा नै मुआव्जा तथा क्षतिपुर्ती निर्धारण भएको हो । ती जग्गाधनीहरु मध्ये एक कित्ताबाहेक सबैले मुआव्जा तथा क्षतिपुर्ती बुझी सकेको आयोजना प्रमूख रमणराज शर्माले बताउनु भयो । तर जग्गा अधिग्रहण भै मुआव्जासमेत बुझी सके पछि स्थानीयले अवरोध थालेको प्राधिकरणको आरोप छ । 

लप्सीफेदी सवस्टेशनबाट उपत्यकामा विद्युत सप्लाइ गराउन चाँगुनारायणमा १३२ केभी सबस्टेशन निर्माणधिन छ । लप्सीफेदी देखि चाँगु नारायणसम्म्को विद्युत प्रसारण लाइन भने निर्माणको क्रममा छ । 

स्थानीय तहको विरोध 
सम्वाद कार्यक्रमका बीच नै स्थानीय तहका पदाधिकारीहरुले सवस्टेशन निर्माणको विरोध जनाएका छन् । शंकरापुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सूर्य बहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्थलगत ज्ञापनपत्र बुझाउँदै लप्सीफेदीमा निर्माण हुने सबस्टेशन अन्यत्र स्थानन्तरण गर्न माँग गर्नू भयो । लप्सीफेदीमा निर्माण हुने सवस्टेशनका कारण आदिवासी जनजातिहरुको संस्कृतिमा गम्भीर असर पारेको, विस्थापनको समस्या बढेको तथा आसपासका जमीनको समेत किनबेच बन्द भएको बताउँदै जनताको मौीलक हकको संरक्षणका लागि समेत स्थानीय तह विरोधमा आउनु परेको बताउनु भएको थियो । 

यसैगरी शंकरापुर नगरपालिका वडानम्बर ६का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले पनि स्थानीयबासीको माँग र गुनासो सुनुवाइ गर्न कार्यकारी निर्देशक घिसिङलाई आग्रह गर्नू भयो । 

कार्यक्रममा बोल्नु हुँदै शंकरापुर नगरपालिकाका प्रमूख रमेश नापितले पनि सवस्टेशन निर्माणका लागि बिकल्प खोज्नु पर्ने सुझाव दिनु भयो । जनतासंग द्वण्द्व गरेर परियोजना सफल नहुने बताउँदै  स्थानीय जनताले अघि सारेको माँगलाई सम्बोधन गर्न अनुरोध गर्नू भयो । कुनै पनि विकास आयोजना सञ्चालन गर्दा जनतासंग सहमति आवश्यक पर्ने बताउँदै नगरप्रमूख नापितले सबै समस्याको समाधान छलपलवाट खोज्न सकिने बताउनु भयो । 

विगतमा कमजोरी भयो: घिसिङ
जनतासंग सहमति लिने काममा विगतमा कमी कमजोरी भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफनो सम्बोधनका क्रममा पटक पटक स्वीकार गर्नू भयो । स्थानीय प्रभावितहरुले परियोजना निर्माणका क्रममा आफुहरुसंग कुनै पनि प्रकारको सहमति र स्वीकृति नलिएको बताउँदै  वातावरण परिक्षण प्रतिबेदन (इआइए) निर्माणका क्रममा काभ्रेमा सार्वजनिक सुनुवाई गरिएको बताए पछि कार्यकारी निर्देशक घिसिङले स्थानीयबासिन्दासंग समन्वय नहुनु कमजोरी भएको बताउनु भएको हो । 

‘जनतालाई गोली देखाएर, मर्कामा पारेर सवस्टेशन निर्माण गर्ने पक्षमा छैनौ, सामाजिक उत्तरदायित्वको बजेटबाट प्रभावितहरुको बाली उत्पादनमा पुगेको क्षतिपुर्ती दिन तयार  छौ ।’ उहाँले अगाडि भन्नु भयो –‘विद्यालय, सडक, स्वास्थ्यको क्षेत्रमा लगानी गर्न पनि प्राधिकरण तयार छ ।’ 

उहाँले स्थानीय प्रभावितहरुको गुनासो र समस्या समाधान गर्न आफुहरु तयार भएको बताउँदै समन्वय र सम्वादबाट नै समस्याको समाधान निस्कने विश्वासमा रहेको बताउनु भयो । बस्तीको बीचमा सवस्टेशन निर्माण हुँदा मानवबस्ती नै नष्ट हुने बुझाइ गलत भएकोमा उहाँले अधिकाँश समय खर्च गर्नू भएको थियो । उहाँले काठमाडौ उपत्यकामा ११ भन्दा बढी सबस्टेशन घनाबस्तीका बीचमा नै रहेको दावी गर्दे अझै २० भन्दा बढी थप सबस्टेशन काठमाडौमा बन्ने बताउनु भयो । उहाँका अनुसार काठमाडौको माँग धान्न र गुणस्तरीय बिद्युत प्रबाह गर्न थप सवस्टेशनको खाँचो रहेको बताउँदै नयाँ सवस्टेशन नभए लोडसेडिङ बढने चेतावनी दिनु भयो । 

लप्सीफेदीमा सवस्टेशन बने पछि स्थानीयबासीका लागि थप नयाँ अवसर उपलव्ध हुने लोभ देखाउँदै उहाँले लप्सीफेदीमा पर्यटनको नयाँ पूर्वाधार निर्माण सकिने बताउनु भयो । अधिग्रहण भएका जग्गामा ठूलो कार्यलय स्थापना हुने छ । त्यहाँ रोजगारीको अवसर सिर्जना हुने बताउँदै सामाजिक उत्तरदायित्वको बजेट प्रयोग गरेर यस स्थानलाई सुन्दर बनाउन सकिने बताउनु भयो । 

‘जनतालाई गोली देखाएर, मर्कामा पारेर सवस्टेशन निर्माण गर्ने पक्षमा छैनौ, सामाजिक उत्तरदायित्वको बजेटबाट प्रभावितहरुको बाली उत्पादनमा पुगेको क्षतिपुर्ती दिन तयार  छौ ।’ उहाँले अगाडि भन्नु भयो –‘विद्यालय, सडक, स्वास्थ्यको क्षेत्रमा लगानी गर्न पनि प्राधिकरण तयार छ ।’ 

उहाँले प्रसारण लाइनको राइट अफ वेका सम्बन्धमा पनि छिट्टै नीतिगत निर्णय हुने बतउाँदै बैकले जग्गा रोक्का राख्ने कार्य चाँडै समाप्त हुने बताउनु भयो । एशीयाली विकास बैकको सहुलियतपूण ऋणमा बन्न लागेको सवस्टेशन निर्माणका कामको सम्बन्धमा ठेक्का पट्टा लगायत पनि स्थानीयलाई अवसर उपलव्ध हुने उहाँले आश्वासन दिनु भएको थियो । 

हामी लचिलो छौ: प्रजिअ उपाध्यय 
सम्बाद कार्यक्रममा उपस्थित रहनु भएका काठमाडौका प्रमूख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागरिकको गुनासो सम्बोधन गर्न सरकार लचिलो हुने बताउनु भयो । प्रजिअ उपाध्यायले नागरिकको संवेदनशीलतलाई आफुले सकारात्मक ढंगले ग्हण गरेको बताउँर्दै सकेसम्म लचकता अपनाएर समस्याको निकाश खोज्ने पक्षमा आफुहरु रहेको बताउनु भएको थियो । उहाँले आयोजना कार्यन्वयनबाट नयाँ अवसर सिर्जना हुन सक्ने भन्दै भोलिका लागि सोचेर वार्ता र सम्बादका माध्यमले निकाश खोज्न आग्रह गर्नू भएको थियो । 

जनताको प्रश्न: तामाङ वस्ती नै किन रोजेको ?
सम्वाद कार्यक्रमका सहभागिहरुले भने अन्य विकल्प हुँदा हुँदै लप्सीफेदी तामाङ वस्तीमा नै सवस्टेशन बनाउनु पर्ने कारण माँग गरेका थिए । स्थानीय प्रभावितहरुको तर्फबाट गठित संघर्ष समितिका संयोजक रञ्जित तामाङले जनतालाई झुक्याएर, डर, त्रास तथा धाक धम्कीबाट जनतालाई उठीबास लगाएको बताउँदै यहाँका सोझा तामाङहरुलाई विस्थापित गर्ने उद्देश्यले लप्सीफेदीमा सवस्टेशन निर्माणको प्रस्ताव आएको बताउनु भएको थियो । 

अर्का वक्ता पवन वाइवाले पनि यहाँका अदिवासीलाई तितरवितर बनाउने उदेश्यले आयोजना बन्न लागेको बताउनु भएको थियो । काभ्रेमा वातावरणीय परिक्षण प्रतिवेदन (इआइए) तयार गरेर काठमाडौमा  आयोजना कार्यन्वयन गर्नु नै नियतमा शंका गर्ने स्थान रहेको बताउँदै शंकरापुरमा यस अघि सार्वजनिक सुनुवाइ नभएको बताउनु भयो । 

यसरी नै प्रभावित मद्देका विजय लामाले स्थानीय जनतालाई सवस्टेशन बन्ने सवालमा जानकारी नै नदिएको बताउँदै सेना र प्रहरी लगाएर जबर्जजस्ती गरिएको दावी गर्नू भयो । अन्यत्र विकल्प हुँदा हुँदै लप्सीफेदीमा सवस्टेशन निर्माण गरेमा परिणाम ठिक नहुने चेतावनी पदिदै विकल्प खोज्न आग्रह गर्नू भयो । 

पवन वाइवाले पनि यहाँका अदिवासीलाई तितरवितर बनाउने उदेश्यले आयोजना बन्न लागेको बताउनु भएको थियो । काभ्रेमा वातावरणीय परिक्षण प्रतिवेदन (इआइए) तयार गरेर काठमाडौमा  आयोजना कार्यन्वयन गर्नु नै नियतमा शंका गर्ने स्थान रहेको बताउँदै शंकरापुरमा यस अघि सार्वजनिक सुनुवाइ नभएको बताउनु भयो । 

स्थानीय तीर्थमाया वाइवाले आफुलाई धाक भम्की दिएर जग्गा पास गर्न लगाएको बताउँदै जंगलको कुनामा लगेर जग्गा पास गर्न लगाएको स्मरण गर्नू भयो । तिमीहरुलाई सेना र पुलिस लगाएर जगगा नदिए डोजरले पेल्छुसम्म भनेको उहाँको भनाइ थियो । 

कार्यक्रममा विनोद लामिछाने, तुला तामाङ, शंकर तिवारी,लगायतले पनि प्राधिकरणलाई विकल्प खोज्न आग्रह गर्नू भएको थियो । 
 

प्रतिक्रिया