चेपाङ जातिले छोनाम पर्व मनाइदै, प्रदेश सरकारबाट सार्वजनिक विदा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ भदौ २०७९, मङ्गलवार
चेपाङ जातिले छोनाम पर्व मनाइदै, प्रदेश सरकारबाट सार्वजनिक विदा

आदिवासी चेपाङ समुदायको धार्मिक पर्ब छोनाम (न्वाँगी) पर्वको अवसरमा बागमती प्रदेश सरकारले चेपाङ वाहुल बसोबास रहेको तीन जिल्लामा सार्वजनिक विदा दिइएको छ  । चेपाङ समुदायले छोनाम पर्व हरेक वर्षको भदौ २२ गते मनाउने गर्छन । 

आदिवासी चेपाङ समुदायले धार्मिक पर्व छोनामको अवसरमा सर्वजनिक विदा हुनुपर्ने माग गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत ९ गते चेपाङ बाहुल्य तिन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार  भदौ २२ गते बुधबार मकवानपुर, चितवन र धादिङ तीन जिल्लामा सार्वजनिक बिदा दिने प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिनुभयो । 

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।  न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ। उक्त पर्वमा भोजखाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ।

चेपाङ समुदायका अगुवाहरुले प्रदेश सरकारले सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गर्नुभएको छ । संविधान सभाका सदस्य गोविन्दराम चेपाङले सार्वजनिक विदाले चेपाङ जाति माथि भइरहेको पहिचान र संस्कृति माथिको अतिक्रमण रोकिने विश्वास व्यक्त गर्नू भयो । 

विगतमा भदौ पूर्णिमाका दिन चेपाङहरूले एक्ला एक्लैघरमा न्वाँगी मनाउने गर्थे। प्रकृतिक पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गर्न थाले पछि न्वाँगी पर्व मनाउने क्रम क्रमशःलोप हुँदैगएको बताइन्छ। परिवर्तनकारी युवा चेपाङहरू सक्रिय भएर संघको अगुवाइमा प्रत्येक वर्षको भदौ २२ गते सामूहिक रुपमा न्वाँगी मनाउन थालेका हुन्।

छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको छ। यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा ‘छोनाम’ भनिन्छ भने नेपाली भाषामा न्वाँगी भनिन्छ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।  न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ। उक्त पर्वमा भोजखाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ।

वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमुल खाएर प्राण धान्दै आएको अतिसिमान्तकृत चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुखफेर्ने गर्छन्। भीरपाखामा बस्ने यस जातिले पाखा पखेरामा लगाएका मकै लगायत फलफुल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम (न्वाँगी) पर्व मनाउने गरिन्छ। चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्ने पनि गर्छन्।

छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको छ। यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा ‘छोनाम’ भनिन्छ भने नेपाली भाषामा न्वाँगी भनिन्छ।

प्रतिक्रिया