विश्व आदिवासी दिवशको समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२० साउन २०७९, शुक्रवार
विश्व आदिवासी दिवशको समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने 

२८ औ विश्व आदिवासी दिवश विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले विहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी दिवशको सप्ताहाव्यापी कार्यक्रम सार्वजनिक गरेको हो । आदिवासी जनजातिहरुको जातिय, भाषिक, साँस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, आदिवासीहरुको मौलिक ज्ञान, सिपर उनीहरुको थाकथलोको संरक्षण एवम्प्रवद्र्धन गर्ने तथा राज्यका हरेक निकायमा समानुपातिक समावेशीसिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धाहरुलाई राष्ट्रिय वा अन्तर्राष्ट्रियरुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा दिवश मनाउन लागिएको महासंघबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 

संयुक्त राष्ट्रसंघले यो बर्ष पराम्परागत ज्ञान  संरक्षण र पुस्ताहस्तान्तरमा आदिवासी महलिाको भूमिकालाई मूल नारा बनाएको छ । 

नेपाल आदिवासी जनजाति महासंघले २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस’को सन्दर्भमा यो वर्ष ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा,धर्म र संस्कृति संरक्षणको लागि देशव्यपी राष्ट्रिय जागरण’ भन्ने मूल नारा तय गरेको महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनु भयो ।  

संयुक्त राष्ट्रसंघले यो बर्ष पराम्परागत ज्ञान  संरक्षण र पुस्ताहस्तान्तरमा आदिवासी महलिाको भूमिकालाई मूल नारा बनाएको छ । 

विश्व आदिवासी दिवस–२०२२ भब्य रुपमा मनाउनका लागि   २०७९ श्रावण २४ गते मंगलवारको दिन नेपालका आदिवासी जनजातिहरुको मौलिक भाषा रलोकभाकामा बनेका गीतहरु, साँस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातियकलाकृति सहितका प्रदर्शनी, जातिय भेषभुषासहित राजधानीको मध्य भाग भृकुटीमण्डपकोप्रदर्शनीमार्गदेखि प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरिने र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा मूल समारोह आयोजना गरिने छ । सो कार्यक्रममा प्रधानमन्त्रीशेरबहादुर देउवा सहभागी हुनु हुने कार्यक्रम रहेको छ । 

नेपाल आदिवासी जनजाति महासंघले २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस’को सन्दर्भमा यो वर्ष ‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा,धर्म र संस्कृति संरक्षणको लागि देशव्यपी राष्ट्रिय जागरण’ भन्ने मूल नारा तय गरेको महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनु भयो ।  

महासंघले कार्यक्रममा सहभागी हुन मन्त्रीहरु,  पार्टी प्रतिनिधि,  संवैधानिक निकायका प्रमुखहरु सांसदहरु, महासंघका पूर्वअध्यक्षहरु, विभिन्न आदिवासी जनजाति समुदायका विशिष्ट ब्यक्तित्वहरु, जातिय संस्थाका अध्यक्ष लगायतविभिन्न आदिवासी जनजातिजन्य संघ संस्थाहरुलाई उपस्थितिका लागि आह्वान गरेको छ । 

कार्यक्रममा प्रज्ञा भवनको पछाडि रहेको खुल्ला बगैंचामाआदिवासी जनजातिहरुको विभिन्न मौलिक खानपिनहरु प्रदर्शनी (फुड फेस्टीभल) तथा विक्री वितरणका लागि स्टलहरु पनि राखिने उल्लेख छ । 

सही कार्यक्रम अनुसार  नेपाल आदिवासी जनजाति चलचित्र महासंघ, राष्ट्रिय आदिवासी जनजति महिला महासंघ, नेपाल मगर संघ,  किराँत राई यायोख्या, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, आदिवासी जनजाति युवा महासंघ नेपाल, र इन्डिजिनियस टेलिभिजनले विविध कार्यक्रम आयोजना गरिने महासंघका महासचिव दिवश राईले बताउनु भयो । 
 

प्रतिक्रिया