अवको बाटो देखाउने डिजिटल साक्षरता र इतिहासलाई स्मरण गराउने उहिलेको पत्रकारिता सार्वजनिक 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ साउन २०७९, सोमवार
अवको बाटो देखाउने डिजिटल साक्षरता र इतिहासलाई स्मरण गराउने उहिलेको पत्रकारिता सार्वजनिक 

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अवको मार्ग प्रशस्त गरेको र उहिलेको पत्रकारिताले इतिहासलाई स्मरण गराएको बताउनु भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्धारा प्रकाशित पुस्तक आइतवार हेटौडामा बिमोचन गर्दै मन्त्री खनालले यी दुवै पुस्तकले बागमती प्रदेश र आफनो मन्त्रालयको साख बढाएको बताउनुभयो । ‘अव प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोडन मद्दत पुरयाउनेछ’मन्त्री खनालले भन्नुभयो । सञ्चार रजिष्ट्रारको रुपमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिदा यी सफलता प्राप्त भएको पनि मन्त्री खनालले बताउनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिष्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताउनुभयो । ‘यस्ता कार्यलाई निरन्तरता दिनुपर्छ’ सचिव शर्माले भन्नुभयो । 

उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई  पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको छ । पत्रकारिता इतिहासको अभिलेख पनि हो । इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरुसँग हुन्छन् जसले आफनो जीवनको उर्वरशिल समय सूचना संकलन, प्रशोधन र सम्पादनमा खर्चेका हुन्छन’ सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले भन्नुभयो ‘सत्ता पक्ष, प्रतिपक्ष, प्रशासनिक संरचना र नागरिक सबैतिरका सूचना संकलन, प्रशोधन र सम्पादन गरेको अनुभव संगालेका जेष्ठ पत्रकार आफैमा जिउँदा इतिहास हुन । जेष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी प्रमाण हुन।’

‘अव प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोडन मद्दत पुरयाउनेछ’मन्त्री खनालले भन्नुभयो । सञ्चार रजिष्ट्रारको रुपमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिदा यी सफलता प्राप्त भएको पनि मन्त्री खनालले बताउनुभयो ।

पुस्तकमा समेटिएका जेष्ठ पत्रकार भैरव रिसाल ९४ बर्ष, नारायण शर्मा ९१ बर्ष, लालध्वज देउसा राई ८९ बर्ष, कृष्णा ताम्राकार ८२ बर्ष र रामकृष्ण रेग्मी ७५ बर्षको हुनुहुन्छ । पत्रकारितामा उहाँहरुका भोगाई, उहाँहरुले गरेको पत्रकारिताको अभ्यास, भोग्नु परेका चुनौती र संघर्षक कथा पुस्तकमा समेटिएको छ । प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलो पटक सरकारीतहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको छ । उहाँहरुको दृष्टिकोणमा अवको पत्रकारिताको दिशाका बारेमा पनि पुस्तकमा पढन पाइनेछ । ‘उहिलेको पत्रकारितामा समेटिएका जेष्ठ पत्रकारका ज्ञान,सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र इतिहासका बिद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने बिषय हुनेछन्’सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ‘नेपाली पत्रकारिताको इतिहासको उत्खनन गर्ने र ती तथ्य र प्रमाणलाई पुस्तान्तरण गर्ने अभियानको शुरुवात हो उहिलेको पत्रकारिता । अन्तरपुस्ता ज्ञान,सीप र अनुभव हस्तान्तरण गर्नु इतिहासको गौरवगाथाको संरक्षण पनि हो ।

निश्चित पेशा  वा क्षेत्रका लागि मात्रै नभएर डिजिटल प्रविधिमा रुचि राख्ने सबै खालका नेपाली पाठकलाई ध्यानमा राखेर डिजिटल साक्षरता पुस्तक तयार पारिएको सञ्चार रजिष्ट्रार सापकोटाले बताउनुभयो । ‘सूचना प्रविधिको आधारभुत ज्ञान हासिल गर्न चाहनेका लागि यो पुस्तक महत्वपूर्ण खुराक हुनेछ । बिशिष्ट अध्ययन गर्न चाहनेहरुका लागि यो पुस्तक प्रस्थान बिन्दु हुन सक्छ । बिद्यालय र बिश्वबिद्यालयहरुमा डिजिटल प्रविधिसँग सम्बन्धित बिषयवस्तुको पठन पाठनका लागि समेत उपयोगी हुने हाम्रो बिश्वास छ’ सञ्चार रजिष्ट्रार सापकोटाले भन्नुभयो ‘आम नागरिकलाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा निपुण बनाएर मात्र हामी आधुनिक युगका जटिलताहरुको सामना गर्न सक्छौ । त्यस कार्यमा यो पुस्तकले अवधारणा स्पष्टता प्रदान गर्दै बिस्तृत अध्ययनका लागि आधार तयार पार्छ ।’ 

पुस्तकमा समेटिएका जेष्ठ पत्रकार भैरव रिसाल ९४ बर्ष, नारायण शर्मा ९१ बर्ष, लालध्वज देउसा राई ८९ बर्ष, कृष्णा ताम्राकार ८२ बर्ष र रामकृष्ण रेग्मी ७५ बर्षको हुनुहुन्छ । पत्रकारितामा उहाँहरुका भोगाई, उहाँहरुले गरेको पत्रकारिताको अभ्यास, भोग्नु परेका चुनौती र संघर्षक कथा पुस्तकमा समेटिएको छ ।

डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाईस, हार्डवेयर र सफटवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम,राउटर र स्वीच , थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने छ । उक्त पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी उपलब्ध छन् । भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भिपिएन, इन्टरनेट अफ थिङग्स ९आइओटी०, आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेसिन लर्निङ, विग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ । पुस्तकमा इ गभरमेन्ट र इन्टरनेट कभरनेन्स, इन्टरनेट अधिकार, डिजिटल डिभाईड, इन्टरनेट र कानून, इन्टरनेट र बौद्धिक सम्पति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, ओपन सोर्स, इन्टरनेट र गोपनियता, फेक न्यूज र डिजिटल साक्षरताका बारेमा पुस्तकमा जानकारीमूलक सामग्री समेटिएको छ । 

डिजिटल साक्षरता पुस्तकका सामग्री डिजिटल मिडिया फाउण्डेसनले तयार गरेको हो भने उहिलेको पत्रकारिता पुस्तकमा समेटिएका सामग्री मिडिया आउटरिचले तयार पारेको हो । 


 

प्रतिक्रिया