जेन्जीको माग सम्बोधन नगरी घेदुङको महाधिवेशन सम्पन्न, रामकृष्ण ब्लोन अध्यक्षमा निर्वाचित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ जेठ २०८३, सोमवार
जेन्जीको माँग सम्बोधन नगरी घेदुङको महाधिवेशन सम्पन्न, रामकृष्ण ब्लोन अध्यक्षमा निर्वाचित

आदिवासी तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङको दशौं संघीय महाधिवेशन सम्पन्न भएको छ । जेन्जीहरुले तामाङहरुको साझासंस्थामा सबैलाई समेट्ने गरी पुनरसंरचना गर्न माग राखेर बन्दसत्र अवरोध गर्ने प्रयास गरे पनि उनीहरुको माग सुनुवाई नगरी महाधिबेशन सम्पन्न गरेको हो ।

जेन्जीहरुले तामाङहरुको साझासंस्थामा सबैलाई समेट्ने गरी पुनरसंरचना गर्न माग राखेर बन्दसत्र अवरोध गर्ने प्रयास गरे पनि उनीहरुको माग सुनुवाई नगरी महाधिबेशन सम्पन्न गरेको हो ।

जेन्जीको नव युवाहरुले घेदुङ सुधारका लागि १४ बुँदे अडानपत्र बुझाएका थिए । सो अडानपत्रमा नवयुवाहरुको सहभागिता, संस्थागत सुदृढिकरण ताम्सालिङ प्राप्तिका लागि घेदुङ नेतृत्वले राजनीतिक दलको संलग्नता त्याग्नु पर्ने प्रमूख माग राखिएको थियो । तर सो माग सम्बोधन गर्नुको साटो जेन्जी कलेक्टीभ्सका प्रतिनिधिमाथि हातपात र दुरव्यबहार गरिएको जेन्जी कलेक्टीभ्सले आरोप लगाएको छ । 
विवाद र बहस बीच महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन प्रक्रियापछि भएको नेतृत्व छनौटमा रामकृष्ण ब्लोन तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा रामकृष्ण ब्लोन तामाङ  ३०६ मत ल्याएर विजयी हुनुभएको छ । उहाको प्रतिस्प्रर्धामा अमिर लामा मोक्तान ,कुमार सिंह घिसिङ, मान बहादुर तामाङ र भिमसेन योन्जन हुनुहुन्थ्यो । 
सह अध्यक्षमा सरोजमोहन लामा निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी बरिष्ठ उपाध्यक्षमा हरिजङ तामाङलाई पराजित गर्दै ३६० मत सहित सञ्चु ल्बोन तामाङ नर्वाचित भएका हुनु भएको छ । 
उपाध्यक्षमा काजिमान थिङ , दिनेश कुमार लो तामाङ ,पासाङदोर्जे लामा, रुपबहादुर योन्जन निर्वाचित हुनु भएको छ । उहाँहरुको प्रतिस्पर्धामा  खड्ग बहादुरबोम्जन ,गोमन सिङ  तामाङ, बेलबहादुर लुङ्वा तामाङ र मनोज तामाङ हुनुहुन्थ्यो । 

आदिवासी तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङको दशौं संघीय महाधिवेशन सम्पन्न भएको छ । जेन्जीहरुले तामाङहरुको साझासंस्थामा सबैलाई समेट्ने गरी पुनरसंरचना गर्न माग राखेर बन्दसत्र अवरोध गर्ने प्रयास गरे पनि उनीहरुको माग सुनुवाई नगरी महाधिबेशन सम्पन्न गरेको हो ।

सचिवमा क्रमशः सुनिल मोक्तान ,सुन्दर थोकर तामाङ र हिरालाल तामाङ निर्वाचित हुनु भएको छ । उपमहासचिवमा निर्मल बहादुर तामाङ , बिलाम मोक्तान निर्वाचित हुनु भएको छ । उप महासचिब महिलामा श्रमिक लामा तामाङ, उषा वाइवा र संगिता पाख्रिन निर्वाचित हुनु भएको छ ।   कोषाध्यक्षमा तिर्थमान बल निर्विरोध हुनु भयो भने सह कोषाध्यक्षमा सिता चेदेन  तामाङ  चयन हुनु भएको छ । 
यसैगरी संघीय सदस्यहरुमा क्रमशः अर्जुन तामाङ ,ईन्द्र कुमार योन्जन तामाङ ,दलमान तामाङ ,पेम्वा गोले ,प्रदिप लामा ,मीनबहादुर तामाङ  ,रामबहादुर वाईवा ,राम प्रसाद ग्याबा तामाङ  अमरराज लामा , चन्द्रबहादुर मुक्तान ,पूर्णबादुर मोक्तन ,राजकुमार घिसिङ, रामबहादुर घलान निर्वाचित हुनु भएको छ । 

मधेश  प्रदेश बाट महिलाहरुमा पेमा कुमारी लामा, बिना घिसिङ , राम्रीमाया तामाङ, बागमती प्रदेशमा उदय लामा ,कान्छा तामाङ , कृष्णबहादुर तामाङ, गोपिराज घलान ,चक्रबहादुर पाख्रिन, धनबहादुर तामाङ, प्रल्हाद तामाङ, प्रबेश रुम्जा , प्रेम कुमार लामा , फुर्पु तेन्जे तामाङ, फुर्बा ग्याल्चो मोक्तन ,फुर्साङ मोक्तन ,महेन्द्र तामाङ , मोहन स्याङ्चो ,रधे बहादुर घलान लामा, राजकुमार गोले,  राजकुमार तामाङ  सदस्यमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।   

नवनिर्वाचित अध्यक्ष रामकृष्ण ब्लोन तामाङले तामाङ समुदायको अधिकार, भाषा संरक्षण तथा युवाको सहभागिता अभिवृद्धिमा जोड दिँदै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बागमती प्रदेशबाट उर्मिला तामाङ, ठुलीमायाँ तामाङ, तिरुमाया तामाङ ,  निर्मला मिक्साङ, लक्ष्मी जिम्बा तामाङ महिला सदस्यको कोटबाट  निर्वाचित हुनु भको छ । गण्डकी प्रदेश सदस्यहरुमा ,जसपाल पाख्रिन, बीरसुब्बा तामाङ, भक्तबहादुर तामाङ  पनि छानिु भएको छ । महिलाहरुमा ,आशा बम्जन, जुना तामाङ, ,सुदुरपश्चिम प्रदेशबाट  केशब कुमार लामाको प्रतिनिधित्व सुनिश्चित भएको छ । 
खुल्ला महिला सदस्यहरुमा क्रमशः छोइसल घलान ,लक्ष्मीमायाँ वाईबा , शर्मिला लामा, शान्ता कुमारी तामाङ, शान्ति दोङ, सफलता तामाङ , सुशिला वाईवा तामाङ  निर्वाचित हुनु भएको छ ।   
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तामाङ समुदायको भाषा, संस्कृति, पहिचान, शिक्षा, अधिकार तथा संगठन सुदृढीकरणका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष रामकृष्ण ब्लोन तामाङले तामाङ समुदायको अधिकार, भाषा संरक्षण तथा युवाको सहभागिता अभिवृद्धिमा जोड दिँदै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 
महाधिवेशन समापन समारोहमा वक्ताहरूले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकार कार्यान्वयनमा अझै चुनौती रहेको उल्लेख गर्दै राज्यले पहिचान, प्रतिनिधित्व र समान सहभागिताको विषयमा गम्भीर हुनुपर्ने बताएका थिए।

नेपाल तामाङ घेदुङले महाधिवेशनमार्फत आगामी कार्यकालका लागि संगठन विस्तार, भाषा संरक्षण, सांस्कृतिक पुनर्जागरण तथा समुदायमुखी अभियानलाई तीव्र बनाउने घोषणा गरेको छ । 

प्रतिक्रिया