आदिवासी मगरहरुको साझा जातीयसंस्था नेपाल मगरसंघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित हुनु भएको छ । राजधानीमा सम्पन्न १३ औ राष्टिय महाधिबेशनबाट अन्य चार प्रत्यासीलाई पछि पार्दै रैकामगर निर्वाचित हुनु भएको हो । उहाँले १९६ मत प्राप्त गर्नू भएको थियो । रैकामगरका प्रतिस्पर्धीहरु धन बहादुर पुनले १३३ मत, गंगा बहादुर थापाले ८९ मत, दल बहादुर बीरकट्टाले २० र गंगा खासुले १४ मत पप्त गर्नू भएको छ ।
वरिष्ठ उपाध्यक्षमा टेक बहादुर नाम्जाली र भाषिक (काइके) उपाध्यक्षमा भीम रोकाय, निर्वाचन संयोजक समितिमा तेजबहादुर आले र लेखा समितिमा यौवनकुमार राना निर्विरोध निर्वाचित हुनु भएको छ ।
महासचिवमा १७१ मत सहित होमराज खपाङ्गी विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धीहरु जगत बहादुर रेश्मीले १६३ मत, र राम अस्लामीले ९८ मत ल्याउनु भएको छ ।
खुला उपाध्यक्षमा कविराज मगरले २४२ मत र तेज बहादुर आलेले ११० मत सहित निर्वाचित हुनु भएको छ ।
उपाध्यक्षका अन्य उम्मेद्वारहरुमा रघु राना ५३, जयप्रकाश बुढा ७९, समीरु राना १०३, दलजीत रोका ६५, कमला थापा ९६, टोप बहादुर बलाल ९६ मत सहित पराजित हुनु भएको छ ।
सास्कृतिक उपाध्यक्षमा दीपसागर थापा २०७ मत सहित निर्वाचित हुनु भएको छ । उहाँसंग प्रतिस्पर्धा गर्ने मन बहादुर पुनले १६३ मत सहित पराजित हुनु भएको छ ।
अर्का भाषिक (ढुट) उपाध्यक्षमा धनी आलेलाई १४९ मतका साथ पराजित गर्दे हर्क आलेले २१० मत सहित निर्वाचित हुनु भएको छ । खाम भाषाको उपाध्यक्षमा जीवन प्रवेश निर्वाचित हुनु भएको छ । उहाँले १७१ मत पप्त गर्नु भएको थियो ।
महिला उपाध्यक्षमा सीता राना १८७ मत सहित निर्वाचित हुनु भएको छ । उहाँसंग प्रतिस्पर्धा गर्नु हुने चन्द्रज्याति आलेले १०४ मत, गीता सारुले ५५ मत, खगीसरा थापाले ३१ मत सहित पाजित हुनु भएको छ ।
तीनजना उपमहासचिवमा २०७ मत सहित मन्जु थापा, खगेन्द्रबहादुर पुन १९९ मत र सिद्धान्त गर्जा १८४ मत सहित निर्वाचित हुनु भएको छ ।
उहाँहरुसंग प्रतिस्पर्धा गर्ने राजकुमार रानाले१ ०९ मत, इन्द्र बहादुर फाल ९०, वकिल अस्लामी ७४, राजेन्द्र थापा ८१, कर्ण बहादुर बुढा ९९ विवेक घर्ती ९७ मत सहित पाजित हुनु भएको थियो ।
उपमहासचिव महिलामा हिरुसरा राना २२१ मत सहित निर्वाचित हुनु भएको छ । उहाँसंग प्रतिस्पर्धा गर्ने विनिता आलेले १९८ मत ल्याएर पराजित हुनु भएको छ ।
३ जना सचिवमा झविन्द्र बहदुर पुन १६३, तारामाया थापा–१५९ र विष्णुबहादुर राना–१२७ मत सति निर्वाचित हुनु भएको छ । उहाहरुको प्रतिस्पर्धामा रहने छत्रबहादु घले –१०१, हरिककुमार थापा– ९८, लेखराम सारु –६५, ज्ञानबहादुर थापा–३६, सुन्दर आलो –५४, लिलाराम लुङगेली र चन्द्र थापा हुनु हुन्थ्यो । सहकोषाध्यक्ष
गायत्री राना–१९७ मत सहित निर्वाचित हुनु भएको छ । उहाका प्रतिद्धन्द्धी सुशिला चुमी– ९४, केशव खपाङ्गी–५८ रहनु भएको छ ।
महाधिबेशनबाट केन्द्रीय सदस्यहरू हरुमा रमेश पुन, इन्द्र सारु, रमेशबहाुर थापा, गिरबहादुर थापा मगर, महेश राना मगर, इन्द्रबहादुर थापा, जुनु पुन, सुमित्रा बुढा, देवीमाया रखाली, तारा रैका, लक्ष्मी थापा निर्वाचित हुनु भएको छ । ,







