मगर संस्कृतिमा आधारित दुइ सिनेमा प्रदर्शनमा

Admin
Admin३ जेठ २०८३, आइतवार

 दाङ्गका स्थानीय कलाकारहरू पछिल्लो समय ‘इहिरी’र द रिचुअल  नामक चलचित्रको प्रदर्शन तथा प्रचार–प्रसारमा ब्यस्त छन् । जेठ तीन गते देखि स्थानीय स्तरमै निर्देशक विसाल रोका मगरले निर्देशन गरेका चलचित्र काठमाडौं थापाथलीमा विशेष प्रर्दशन भैरहेको छ ।
स्थानीय भाषा, संस्कृति र समुदायका जीवन भोगाई र परिवेशलाई समेटेर निर्माण गरिएको ‘इहिरी’ चलचित्रले विशेषगरी युवा पुस्ता र आदिवासी जनजाति समुदायको कथा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । चलचित्र प्रदर्शनका क्रममा कलाकारहरूले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन् ।
हालसम्म काठमाडौमा निर्मित चलचित्ररुले मात्र प्रदर्शनीमा स्थान पाउने गरेकोमा अवःस्थानीय स्तरमा र्नििमत चलचित्रहरु पनि प्रथामिकता पाउने भयको छ । लामो ;मयदेखि नेपालका विभिन्न ःथाउँहरुमा स्थानीय विषयवस्तु ,स्थानीय भाषा र समाजलाई प्रथामिकतामा राखी चलचित्रनिर्माण हुँ’दै आएका छन् । यी नयाँ चलचित्रहरु अब दर्शकको  पर्खाईमा रहेका छन् । 
फिल्म प्रदर्शन अभियान अन्तर्गत कलाकारहरूको टोली विभिन्न शहर तथा गाउँमा पुगिरहेको छ । प्रदर्शनपछि आयोजना गरिने अन्तरक्रृयामा दर्शकहरूले चलचित्रले स्थानीय कला, भाषा र पहिचानलाई उजागर गरेको प्रतिक्रिया दिएका छन् ।
प्रर्दशन भैरहेको “द रिचुअल” भक्तपुर फिल्म फेष्टिभलमा पनि प्रर्दशन भएको थियो । द रिचुअल समाजमा  दोधारमा परेको ःस्थानीय संस्कार र परम्परा विषयमा केन्द्रित छ ।. यसमा मगर समुदायको झाँक्री परम्परालाई मुख्यतया कथाको विषयवस्तु बनाईएको छ ।
कलाकारहरूका अनुसार “इहिरी” केवल मनोरञ्जनमात्र नभई समुदायको कथा, संस्कृति र संघर्षलाई प्रस्तुत गर्ने माध्यम बनेको छ । आगामी दिनमा पनि देशका विभिन्न स्थानमा चलचित्र प्रर्दशनलाई निरन्तरता दिइने जनाइएको छ ।
चलचित्र.इहिरी’पहिलोपटक प्रर्दशन हुनलागेको हो । रोल्पाको उपल्लो क्षेत्रमा छायाङ्कन भएको वर्षमै निर्माण सम्पन्नभई प्रर्दशन हुनलागेको हो । रोल्पाका खाम मगर समुदायको जिवनशैली लाई कथानक विषयबस्तुमा देखाईएको छ ।ःस्थानीय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने हेतुका साथ जनवरी महिना बाट सञ्चालनमा ल्याईएको हो ।  फिल्म प्रर्दशनी जेष्ठ ७ गते सम्म चल्ने छ ।
 

प्रतिक्रिया