सूचिकरणका लागि कुलङ आदिवासीको निरन्तर संघर्ष

डोल्मा शेर्पा
डोल्मा शेर्पा३१ असार २०७९, शुक्रवार
सूचिकरणका लागि कुलङ आदिवासीको निरन्तर संघर्ष

छुट्टै भाषा, संस्कृति, परम्परा र वंश इतिहास भए पनि आदिवासी जनजातिमा सूचिकरण नगरेको भन्दै कुलुङ अगुवाहरुले २१ बर्षदेखि संघर्ष जारी राखेका छन् । 

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्रसिंह कुलुङका अनुसार २०५८ सालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन जारी भएसंगै कुलुङहरुले फरक सूचिकरणको संघर्ष सुरु गरेका हुन् । तरपनि आदिवासी जनजातिको पुनः सूचिकरण गर्ने कुलुङहरुको माँग सम्बोधन हुन सकेको छैन । 

सोलुखम्बू जिल्लाको हुङवा उपत्यका (महाकुलुङ गाउँपालिका) मूल थातथलो भएका कुलुङहरुले राई पहिचानलाई अस्वीकार गर्दै कुलुङलाई आदिवासी जनजातिमा सूचिकरण गर्न माँग गरेका छन् । ‘हामी राई होइनौ, किराती हौ ।’ इन्डिजिनियस मिडिया फाउण्डेशनले इन्डिजिनियस टेलिभिजन र आइटिभिमा प्रसारण भइरहेको निरन्तर बहसका लागि आयोजित अन्तरक्रियात्मक कार्यक्रममा मानवशास्त्री अर्जुन चुलोछा कुलुङले भन्नु भयो –‘आदिवासीको पहिचान भूमि, भूभाग र जीवन पद्धतिसंग सम्बन्धित छ । हाम्रो थातथलो यसको साक्षी हो ।’

सोलुखम्बू जिल्लाको हुङवा उपत्यका (महाकुलुङ गाउँपालिका) मूल थातथलो भएका कुलुङहरुले राई पहिचानलाई अस्वीकार गर्दै कुलुङलाई आदिवासी जनजातिमा सूचिकरण गर्न माँग गरेका छन् । ‘हामी राई होइनौ, किराती हौ ।’

कुलुङहरुसंग पुख्र्यौली भूमि, फरक भाषा, संस्कृति लगायतका लिखित अलिखित दस्तावेज र प्रमाण हुँदा हुँदै पनि किरात समुदायबाट नै पहिचानको बिरोध भएकोले सूचिकरणको काम अड्किएको अभियन्ता दिलिप सिंह छाप्दुलु कुलुङले बताउनु भयो । किरात राई यायोक्खामा कुलुङको आवद्धता नभएको उहाँको भनाई थियो । 

कुलुङ थातथलोको नामाकरण कुलुङ भाषामा रहेको उदाहरण दिदै डम्मर थोम्रोस्ले महाकुलुङ सम्झौता,लगायतका मुर्त तथा अमुर्त सम्पदाले बोल्ने भएकाले आफुहरु राई नभएर कुलुङ फरक पहिचान भएको बताउनु भयो । 

इन्डिजिनियस मिडिया फाउण्डेशनले इन्डिजिनियस टेलिभिजन र आइटिभिमा प्रसारण भइरहेको निरन्तर बहसका लागि आयोजित अन्तरक्रियात्मक कार्यक्रममा मानवशास्त्री अर्जुन चुलोछा कुलुङले भन्नु भयो –‘आदिवासीको पहिचान भूमि, भूभाग र जीवन पद्धतिसंग सम्बन्धित छ । हाम्रो थातथलो यसको साक्षी हो ।’

अभियन्ता रेम्पोचे आयबुले वान्तवा र चाम्लिङहरुले कुलुङलाई राई बनाउन खोजे पनि सम्भव नभएको बताउनु भयो । अर्का अभियन्ता दीर्घकुमार कुलुङ होनित्तिको भनाई थियो राइकरणबाट कुलुङहरु पीडित छन् । ‘राइका नाममा अनेको अनुसन्धान, पुस्तक प्रकाशन हुन्छ । तर त्यो वान्तवा र चाम्लिङको हुन्छ । फिल्म बनाएर टिकट भिडाउँछन् । हेर्न गयो, त्यो हाम्रो भाषामा हुँदेन ।’ उहाँले कुलुङ पहिचानको अभियान चले पछि यो पीडाबाट मुक्त भएको बताउनु भयो । 

प्रदिप होङेलुले कुलुङहरु आदिवासी जनजाति भित्रका बाहुनबाद्बाट पीडित भएको हुँदा यसका  विरुद्ध बिद्रोह गरेको बताउनु भयो । 

इन्डिजिनियस टेलिभिजन र आइीटभि नेपालबाट कुलुङ भाषाको कार्यक्रम आम्नी मिन्ताम ओखि रिदामबाट बाराम्बार यस बिषयमा आवाज उठाए पनि कुलुङ आदिवासीको चाहना पुरा नभएको अधिकाँश बक्ताहरुले ध्यान आकर्षण गराउनु भएको थियो । 

कार्यक्रममा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, उपत्यका समितिका संयोजक घनश्याम कुलुङले कुलुङहरुको नागरिकता तथा सरकारी दस्तावेजहरुमा राई लेखिएको भएता पनि आफुहरु राई नभएर कुलुङ भएको बताउँदै पहिचानको आन्दोलनमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नू भयो । अर्का अभियन्ता सरिना सुखुरबूसले पनि आफनो अनुभव राख्नु हुँदै पहिचान विषयलाई खेलाँची नगर्न आग्रह गर्नू भयो । 

प्रदिप होङेलुले कुलुङहरु आदिवासी जनजाति भित्रका बाहुनबाद्बाट पीडित भएको हुँदा यसका  विरुद्ध बिद्रोह गरेको बताउनु भयो । 

कार्यक्रममा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्रसिंह कुलुङले पहिचानको आन्दोलनले नयाँ फड्को मारोको दावी गर्नू भयो । उहाँले हाल पहिचान बोकेका १४ वटा संस्थाले बिद्यमान सूचिकरण बिरुद्ध संयुक्त आन्द्योलनको सूरुवात गरेको र स्थानीय तहहरुबाट मान्इता पाउँदै गएको धारणा राख्नु भएको थियो । 

कार्यक्रममा सन्चारकर्मी विवस कुलुङ छेन्हो, र अजय अलङ्कार कुलुङ, निनाम लोवात्ती कुलुङ, छिरि ठूले लोवात्ती, समिप कुलुङलगायतले बोल्नु भएको थियो । 

 

प्रतिक्रिया