डम्फूको गलत प्रयोग भएकोमा तामाङहरुको आपत्ति 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ असार २०७९, मङ्गलवार
डम्फूको गलत प्रयोग भएकोमा तामाङहरुको आपत्ति 

तामाङ जातिको मौलिक बाजा डम्फुको विभिन्न्न प्रयोजनका लागि गलत प्रयोग भइरहेकोमा तामाङ अगुवाहरुले आपत्ति प्रकट गरेका छन् । 

नेपाल तामाङ ताम्बा घेदुङले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका तामाङ अगुवाहरुले तामाङ जातिको पुज्य बाजालाई दुरुपयोग नगर्न पनि चेतावनी दिइएको छ । 
नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङले डम्फूको अपमान हुने गरी इसाई समुदायबाट धार्मिक प्रचार गर्न गलत प्रयोग भइरहेको बताउनु भयो । 

तामाङ जाति हुनका लागि निश्चित धर्म, संस्कार र रीतिथितिको पालना गर्नू पर्ने परम्परा बिरुद्ध इसाई धर्म ग्रहण गरेपछि तामाङ नरहने पनि बताउनु भयो । उहाँले भन्नु भयो ‘कोही क्रिस्चियन हुनु भएको भए तामाङ मानिदैन, तामाङ संस्कार र संस्कृति परित्याग गर्नेलाई तामाङ भन्न मिल्दैन ।’ 

उहाँले इसाई धर्म ग्रहण गरेका तामाङहरुलाई तामाङको मौलिक धर्ममा फर्कन पनि आह्वान गर्नू भयो । 

नेपाल तामाङ घेदुङका पुर्व महासचिव बावु घिसिंङले बोद्धधर्मका संस्कार संस्कृति महंगो भएको कारण विदेशी धर्मतर्फ तामाङजातिको आर्कषण बढेको धारणा राख्नु भएको थियो । तामाङका धर्म गुरु लामाहरुले आफनो संस्कार र संस्कृतिमा पनि सुधार गर्नू पर्ने बताउनु भयो । 

तामाङ जाति हुनका लागि निश्चित धर्म, संस्कार र रीतिथितिको पालना गर्नू पर्ने परम्परा बिरुद्ध इसाई धर्म ग्रहण गरेपछि तामाङ नरहने पनि बताउनु भयो । उहाँले भन्नु भयो ‘कोही क्रिस्चियन हुनु भएको भए तामाङ मानिदैन, तामाङ संस्कार र संस्कृति परित्याग गर्नेलाई तामाङ भन्न मिल्दैन ।’ 

घिसिङले तामाङले प्रयोग गर्ने बिभिन्न बाजाहरु सूचिकृत गर्न कानुनी व्यबस्थाको पनि वकालत गर्नू भयो । सूचिकृत तामाङ बाजा भए पछि कानुनी उपचार गर्न सकिने बताउनु भयो । 
नेपाल तामाङ घेदुङको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बिभिन्न बक्ताहरुले तामाङहरुको संस्कृतिमा पुगेको क्षतिमाथि टिप्पणी गर्दै यसको मर्यादालाईै ख्याल गरेर अघि बढनु पर्ने धारणा राख्नु भएको थियो । 

अनुसन्धानकर्ता खोजराज गोलेले सबै मिलेर विकृतिलाई सुधार गर्नू पर्ने बताउनु भएको थियो । घेदुङका उपाध्यक्ष सञ्चु बोल्नले तामाङ संस्कारमा आवद्ध हुन नसक्ने व्यक्ति तामाङ हुन नसक्ने धारणा राख्नु भएको थियो । 

तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले समुदायमा आएको विकृति आउनुमा हामी आफै जिम्मेवार रहेको बताउँदै धर्ममा पनि तिव्वतीकरण भएको धारणा राख्नु भएको थियो । यसैगरि तामाङ डाजाङका अध्यक्ष फुल कुमार तामाङले तामाङ समुदायले आफ्ना खानपानसंस्कृति पनि विर्सदै गएको बताउनु भएको थियो । नेपाल तामाङ ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा ताम्वा इन्द्रलाल मोक्तान, बरिष्ठ लोक गायक चन्द्र मोक्तान लगायतले बोल्नु भएको थियो । 

 

प्रतिक्रिया