लुम्बीनी कलेज अफ बुद्धिज्म एन्ड हिमालयन स्टडिजको आयोजनामा भएको हिमाली संस्कृति र बौद्ध अध्ययन बिषयक सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी बिश्वविद्यालयको सहयोगमा आयोजित सो सम्मेलनमा बिभिन्न अनुसन्धानहरुको निचोड प्रस्तुत गरिएको थियो ।
हिमाली क्षेत्रको सभ्यता, सस्कृति, इतिहास र सम्पदाको पहिचानका लागि लुम्बिनी विश्वविद्यालय अन्तर्गतका कलेजमा आवद्ध जनशक्तिहरुको शैक्षिक उन्नयनका लागि अनुसन्धान गर्ने गराउने र त्यसलाई प्रस्तुत गर्ने उद्देश्यबाट सम्मेलन आयोजना गरिएको आयोजकले बताएका छन् ।
सो सम्मेलनमा अध्येता आङलमी शेर्पाले सामाजिक चाडपर्बमा शेर्पा संस्कृति बिषयक अनुसन्धान पत्र प्रस्तुत गर्नू भएको थियो । अर्का अध्येता मोहन कुमार तामाङले शैलुङ क्षेत्रबारे आफनो अनुसन्धान राख्दै तामाङ जातिको उद्गम, विकास र बौद्ध दशैनसंग जोडिएको प्रसंग राख्नु भएको थियो ।
त्यसरी नै राम कुमार तामाङले ताम्बा शिर्षकको अनुसन्धान पत्र प्रस्तुत गर्नू भयो भने े चंन्दन श्रेष्ठले अष्टमङगल, अभिषेक ढुंगेलले नेपालको सन्दर्भमा बुद्ध धर्मको इतिहास, दिलिप कुमार अर्यालले बौद्ध आस्थामा साँखु बज्रयोगीनी र अरुण पौडेलले बौद्ध परम्परामा ध्यान (माइन्डफूलनेस) बारे,अनुसन्धान पत्र प्रस्तुत गर्नु भएको थियो ।
लुम्बीनी कलेज अफ बुद्धिज्म एन्ड हिमालयन स्टटिजको सो कार्यक्रमको प्रमूख अतिथिमा प्रा.डा. रमेश ढुंगेल हुनु हुन्थे । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै हिमाली संस्कृति तथा बौद्ध परम्परा एक अर्कासंग जोडिएको हुँदा यी सम्पदा लोप हुनबाट जोगाउन निरन्तर अनुसन्धान हुनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बौद्ध बिद्धान तथा पज्ञिक व्यक्तिहरुको उपस्थिति थियो ।
कलेजका संयोजक दिलिप कुमार अर्यालले सम्मेलनले समाजको यथार्थ पक्ष सार्वजनिक गर्न सहयोग पुग्ने बिचार राख्नु भएको थियो । लुम्बीनी कलेज अफ बुद्धिजम एन्ड हिमालयन स्टटिजको स्थापना सन् २०१२ मा भएको हो । कलेजले बुद्ध दर्शन तथा हिमालस् बौद्ध संस्कृतिको अध्यापन गर्दै आएको छ ।
हिमाली संस्कृति र बौद्ध अध्ययन सम्बन्धि सम्मेलन

इन्डिजिनियस भ्वाईस६ असार २०७९, सोमवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
समाचार२५ कार्तिक २०८२, सोमवारइन्डिजिनियस भ्वाईसआदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत


.png)
.png)
.png)
.png)


