नेपाल पर्यटक यातायात व्यवसायी संघ र दिगो पर्यटन परियोजनाको सहकार्यमा राजधानीमा डिजिटल लिटरेसी तालिम सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको यो तालिममा १ सय ३५ जना पर्यटक यातायात व्यवसायीहरूले सहभागी भएर आधुनिक प्रविधिबारे तालिम लिएका थिए ।
कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गर्नुभयो । उहाँले पर्यटन यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउन यस्ता तालिम उपयोगी हुने भनाई राख्नुभयो । जोशीले वर्तमान समय सापेक्ष यस किसिमका तालिमले पर्यटन यातायात व्यवसाय अगि वढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष भिम बहादुर गोलेले तामाङले प्रशिक्षण तालिम पर्यटक यातायात क्षेत्रलाई प्रबिधि मैत्री बनाउदै लैजाने प्रयास स्वरुप संचालन गरेको बताउनुभयो । उहाँले नेपालभर पर्यटन यातायातमा लागेर पर्यटन क्षेत्रमा योग्दान दिईरहेका व्यवसायीहरुलाई थप क्रियाशिल र प्रविधिमैत्री बनाउन संघले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताउनुभयो।
यस तालिममार्फत व्यवसायीहरूले Artificial Intelligence -AI, ChatGPT, डिजिटल मार्केटिङ जस्ता प्रविधिको प्रयोगबाट आफ्नो सेवालाई अझ आकर्षक र प्रभावकारी बनाउने अपेक्षा आयोजकले जनाएको छ ।


.png)






