निकुञ्ज बिरुद्ध चेपाङ समुदायले आन्दोलन गर्ने 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ चैत २०७८, मङ्गलवार
निकुञ्ज बिरुद्ध चेपाङ समुदायले आन्दोलन गर्ने 

आदिवासी चेपाङ समुदायलाई उनीहरु बसोबास गरीरहेको स्थानबाट  बरम्बार विस्थापित गरेको भन्दै चेपाङ संघलगायत सरोकारवालाहरुले आपत्ती प्रकट गरेका छन । उनीहरु बसोबास गरिरहेको चितवनको माडी नगरपालिका वडा न. ९ कुसुमखोलाबाट चेपाङ बस्तीलाई उठाउन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चेपाङ घर बस्तीमा आईतबार आगजनी गरेको थियो । आगजनीबाट काजीमान चेपाङलगायत २० घरमा क्षेती पुगेको छ । 
चेपाङहरुको जातिय संस्था नेपाल चेपाङ संघले सो घटनाको विरोध गर्दै आन्दोलन गर्ने जनाएको छ । संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा निकुञ्ज प्रशासनकोे दमन प्रति निन्दा गरेको छ । विज्ञप्तिमा घटनामा संलग्न भएको दोषीलाई कडा कारबाहीको मागसमेत गरिएको छ ।  

चेपाङहरुको जातिय संस्था नेपाल चेपाङ संघले सो घटनाको विरोध गर्दै आन्दोलन गर्ने जनाएको छ । संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा निकुञ्ज प्रशासनकोे दमन प्रति निन्दा गरेको छ । विज्ञप्तिमा घटनामा संलग्न भएको दोषीलाई कडा कारबाहीको मागसमेत गरिएको छ ।  


निकुञ्जले बर्षेनी चेपाङ समुदायको बस्ती जबरजस्ती उठाउने कार्य गर्दै आईरहेको छ । ‘मानव जातिभन्दा बन्यजन्तुलाई प्राथमिकतामा राखेर हरेक पटक चेपाङ बस्तीलाई जलाउने उठिबास लगाउने गरेको छ यसमा हामी घोर विरोध गर्दछौँ ।’ चेपाङ संघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य गोबिन्दराम चेपाङले भन्नुभयो हामी आन्दोलनमा जान्छौँ मर्नुपरे पनि मर्छौ तर हामीले उपभोग गर्दै आईरहेको भूमिबाट हामीलाई निकुञ्ज प्रशासनले डर त्रास देखाएर उठिबास लगाउन पाउँदैन ।

‘मानव जातिभन्दा बन्यजन्तुलाई प्राथमिकतामा राखेर हरेक पटक चेपाङ बस्तीलाई जलाउने उठिबास लगाउने गरेको छ यसमा हामी घोर विरोध गर्दछौँ ।’ चेपाङ संघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य गोबिन्दराम चेपाङले भन्नुभयो हामी आन्दोलनमा जान्छौँ मर्नुपरे पनि मर्छौ तर हामीले उपभोग गर्दै आईरहेको भूमिबाट हामीलाई निकुञ्ज प्रशासनले डर त्रास देखाएर उठिबास लगाउन पाउँदैन ।

यस घटनाको निन्दा गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले पनि विरोध जनाउनु भएकोे छ । उहाँले थप्दै चेपाङ बस्तीमा भएको घटनाको छानविन हुनुपर्ने र महासंघले यस विषयमा छलफल गर्ने बतानुभयो । 
चेपाङ समुदाय चितवनको माडी नगरपालिका ९ कुसुमाखोला वरपर विगत ३ दशकदेखि बसोबास गर्दै आईरहेका छन । त्यहाँ बासोबास गर्दै आएको भए पनि चेपाङ समुदायले हालसम्म पनि आफ्नो नाममा जग्गाको लालपुर्जा नपाएको पुर्व अध्यक्ष चेपाङले बताउनु भयो । 
चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गत वर्षपनि सोही स्थानमा चेपाङहरुको घरमा आगो लगाएको थियोे । त्यसबेलाको घटना फेरि चैत्र १३ गते आइतबार दोहोरिएको छ ।  

प्रतिक्रिया