ताम्सालिङ भूमि संरक्षणमा तामाङ घेदुङ

डोल्मा शेर्पा
डोल्मा शेर्पा८ चैत २०७८, मङ्गलवार
ताम्सालिङ भूमि संरक्षणमा तामाङ घेदुङ

जलविद्युत परियोजनाले बिस्तार गर्ने विद्युत प्रसारण लाइन र बिभिन्न स्थानमा निर्माण गरिने भनिएको विद्युत सवस्टेशनले आदिवासी तामाङहरुको भूमि कव्जा गरिरहेकै बेला नेपाल तामाङ घृदुङले यसको बिरोधमा कार्यक्रम ल्याउने भएको छ । 
तामाकोशी कोरीडोरका विद्युत काठमाडौ उपत्यका हुँदै अन्तरदेशीय व्यापारका लागि बिभिन्न स्थानमा प्रसारण लाइन विस्तार गरिँदा तामाङहरुको सहमति बिना नै भूमि कव्जा गरिएको भन्दै स्थानीय स्तरमा विरोध जारी रहेकै बेला नेपाल तामाङ घेदुङले यो सवाल उठाएको हो । 
नेपाल तामाङ घेदुङको नवौँ महाधिबेशनबाट पारित भएको घोषणा पत्र सार्वजनिक गर्दै घेदुङले यो जानकारी दिएको हो । अमेरिकी सरकारको अनुदानबाट सञ्चालन हुने एमसीसी परियोजना प्रति पनि घेदुङले असहमति व्यक्त गरेको छ ।

‘आदिवासी तामाङ भूमिमा विद्युतीय सवस्टेशन बनाउने र विद्युतीय प्रसारण लाइन निर्माण गर्दा आदिवासी तामाङसित कुनै परामर्श तथा सहमति लिएको छैन, यसको बिरोधको कार्यक्रम हामी ल्याउने छौ ।’ नेपाल तामाङ घेदुङका नव निर्वाचित अध्यक्ष मोहन गोले तामाङले पत्रकार सम्मेलनमा भन्नु भयो –‘अहिले जारी भएको स्थानीयस्तरको बिरोध प्रति हाम्रो समर्थन छ ।’

‘आदिवासी तामाङ भूमिमा विद्युतीय सवस्टेशन बनाउने र विद्युतीय प्रसारण लाइन निर्माण गर्दा आदिवासी तामाङसित कुनै परामर्श तथा सहमति लिएको छैन, यसको बिरोधको कार्यक्रम हामी ल्याउने छौ ।’ नेपाल तामाङ घेदुङका नव निर्वाचित अध्यक्ष मोहन गोले तामाङले पत्रकार सम्मेलनमा भन्नु भयो –‘अहिले जारी भएको स्थानीयस्तरको बिरोध प्रति हाम्रो समर्थन छ ।’


एशियाली विकास बैकको ऋण सहयोगमा तामाकोशी–बाह्रबिसे–लप्सीफेदी  प्रसारण लाइन बिस्तार भइरहेको छ भने काठमाडौको शंखरापुर नगरपालिका वडानम्बर ३ स्थित लप्सीफेदीमा सवस्टेशन निर्माणका लागि स्थानीयको जग्गा अधिग्रहण गरिएको छ । तर यो परियोजनाले स्थानीय तामाङबस्ती विनास हुने भन्दै यसको बिरोध गरिरहेका छन् । 
यसै गरी एमसीसी परियोजनाका लागि लप्सीफेदीबाट नुवाकोटको रातमाटे तर्फ बिद्युत प्रसारण लाइन बिस्तारका लागि बिभिन्न स्थानमा पोल गाड्ने कार्य भइरहेकोमा स्थानीयको अवरोध पछि लाईन बिस्तार स्थगित गरिएको छ । नुवाकोटको रातमाटेमा भने एमसीसी परियोजनाका लागि सवस्टेशन निर्माण गर्न जमिन अधिग्रहण गरिएको छ । तथापि स्थानीयले सो कार्य गर्न अघि पूर्ण जानकारी नदिई झुक्काएर जग्गा लिएको आरोप लगाइ रहेका छन् । 
नेपाल तामाङ घेदुङले संस्थागत रुपमा एमसीसी लगायत बिद्युत प्रसारण लाइनको विस्तार र सवस्टेशनको विरोधमा उत्रिए पछि  एमसीसी कार्यन्वयनमा र तामाकोशी, चिलिमेलगायतबाट उत्पादित विद्यु उपभेक्तामा पु¥याउने योजनामा जटिलता थर्पिएको छ । 
प्रथाजन्य संस्था पुनस्थापना गर्ने 
नेपाल तामाङ घेदुङले प्रथाजन्य कानून, परम्परागत संस्था न्हाङखोर पुनस्थापना गर्ने अभियान सुरु गर्ने भएको छ । महाधिबेशनबाट पारित घोषणा पत्रमा तामाङहरुको पुख्र्योली भूमि ताम्सालिङमा तामाङ नाम्साहरुमा यस्ता परम्परागत अभ्यासलाई पुनर्जिवित गर्ने उद्घोष गरेको छ । यसरी नै तामाङको परम्परागत संस्थाहरु लामा, ताम्बा, बोन्वो र चोहो प्रणालीको प्रभावकारित बढाउने आफनै ज्ञान, सीपमा आधारित उत्पादन प्रणालीलाई मजबुत बनाउने बताएको छ । 
यसरी नै तामाङ भाषाको शिक्षालाई प्रभावकारी बनाउने पनि बताएको छ । भाषा आयोगले बागमति प्रदेशमा सरकारी कामकाजको भाषाको सिफरिस गरेको सन्दर्भमा घेदुङको यो प्रतिबद्धता निकै अर्थपूर्ण देखिन्छ । 
गोलेको दोस्रो कार्यकाल 
नवौँ महादिवेशनले मोहन गोले तामाङको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत निर्वाचित गरेको छ । उदयपुर जिल्ला निवासी गोले यस अघि पनि नेपाल तामाङ घेदुङको अध्यक्ष रहनु भएको थियो । उहाँको यो दोस्रो कार्यकाल हो । 
यसै गरी सहअध्यक्षमा रामेछाप जिल्लाका कुमार घिसिङ तामाङलाई महाधिबेशनले निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा ललितपुर जिल्लाकारामकृष्ण ब्लोन, उपाध्यक्षहरुमाधादिङका सोमबले तामाङ, मोरङबाट नरबहादुर मोक्तान तामाङ, उदयपुरबाट धर्म डुम्जन लामा, बाँकेबाट मानबहादुर तामाङ, र कास्कीबाट दिपक वाइबा, ललितपुर जिल्लाबाट सन्चु ब्लोन र काठमाडौँ जिल्लाबाट सिता गोलेनिर्वाचित हुनु भएको छ ।  सात उपाध्यक्ष रहे पनि बागमति, प्रदेश नम्बर १ र गण्डकी प्रदेशको मात्र प्रतिनिधित्व रहेको छ । 
महसचिवमा पनि बागमति प्रदेश कै काजीमान थिङ निर्विरोध निर्वाचित हुनु भएको छ । 
उपमहासचिवमा काभे्रपलान्चोकका जगतमान दोङ र हर्क तामाङ हुनु हुन्छ भने सचिवहरुमा नुवाकोटका जयमान वाइबा, चितवनका गोमानसिं तामाङ, ललितपुरका बेलबहादुर लामा, र धादिङका बिनाकुमारी माम्बा निर्वाचित हुनु भएको छ । 
कोषाध्यक्षमा काभे्रका रुप योञ्जन र सह कोषाध्यक्षमा लमजुङकी सावित्री तामाङ निर्वाचित हनुभएको छ ।
घेदुङको केन्द्रीय सदस्यहरुमा झापाबाट पदमबहादुर ग्याबक, भोजपुरबाट गोपाल मोक्तान, धनकुटाबाट विष्णु मोक्तान, मोरङबाट दिलबहानुर तामाङ, ईलामबाट पदम तामाङ, ओखलढुङ्गाबाट चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, सुनसरीबाट डम्बरी माया घिसिङ, ताप्लेजुङबाट कमला तामाङ, सोलुखुम्बुबाट शारदामाया तामाङ, धनुषाबाट पाल्छाङ योञ्जन, सर्लाहीबाट जयमान पाख्रिन, सप्तरीबाट भिमबहादुर घिसिङ, महोत्तरीबाट प्रेमध्वज लामा, बाराबाट लक्ष्मी वाइबा, महोत्तरीबाट राम्रीमाया तामाङ यसैगरि धादिङबाट दिनेशकुमार तामाङ, चितवनबाट अमृत तामाङ, सिन्धुपाल्चोकबाट मीनबहादुर लामा, मकवानपुरबाट सुवास लामा, काभ्रेबाट फुर्साङ, सिन्धुलीबाट सूर्य पाख्रिन, भक्तपुरबाट हिरालाल तामाङ, रामेछापबाट रोजबहादुर मोक्तान, सुवास लामा, नुवाकोटबाट निर्मल बहादुर तामाङ, मकवानपुरबाट मेम्बर बहादुर लो, भक्तपुरबाट दिना लामा, सङ्गीता तामाङ, काभ्रेबाट पासाङ डोल्मु तामाङ, नुवाकोटबाट उषा वाइबा, सितामाया तामाङ, लमजुङबाट अजय दोङ तामाङ, गोरखाबाट शुकदेव तामाङ, कास्कीबाट सुन्दर तामाङ, लमजुङबाट आशा तामाङ, रुपन्देहीबाट वीरबहादुर  तामाङ, कन्चन्पुरबाट कविराम तामाङ, सुन्सरीबाट जानुकला तामाङ, मोरङबाट शान्त तामाङ, चितवनबाट इन्द्रमाया लामा, मकवानपुरबाट लक्ष्मी पाख्रिन, सुनिता थोकर,धनुषाबाट निशा मोक्तान र काभ्रेबाट श्रमिक लामा चयन हुनुभएको छ । 
घेदुङको ९ औँ महाधिवेशनमा ७ वटै प्रदेशका ४७ जिल्ला र प्रवासबाट करिब ९ सय जना प्रतिनिधिको उपस्थिति रहेको थियो । महाधिबेशन उद्घाटन पूर्ब अध्यक्ष परशुराम तामाङले  गर्नू भएको थियो । महाधिबेशन उद्घाटन सत्रमा तामाङहरु राजनीतिक दलमा लाग्ने वा नलाग्ने बिषयमा बक्ताहरु बीच घोचपेच भएको थियो । 

प्रतिक्रिया