अन्तराष्ट्रिय मातृभाषा दिवसमा कविता महोत्सव र स्रस्टा सम्मान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० फागुन २०७१, आइतवार

फागुन १०, काठमण्डौं ।

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना भयो । नेपाल प्रज्ञाप्रतिष्ठन र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत मातृभाषाको क्षेत्रमा काम गर्ने संघ संस्थाले कविता महोत्सव र स्रस्टा सम्मान कार्यक्रम गरेको थियो ।

नेपाल प्रज्ञाप्रतिष्ठानले कमलादिमा गरेको मातृभाषा कविता महोत्सवमा ४६ वटा मातृभाषाका ४९ वटा कविता वाचन भएको थियो । नेपाल भाषा, तामाङ, जिरेल, अवधि, कुलुङ, ताजपुरिया भाषाका कविता वाचन भएका थिए । त्यस्तै थारु, दुमि, नाछिरीङ, मगर, वाम्बुले, ल्होमिलगायतका भाषामा कविता वाचन भएका हुन् । कविता वाचन गर्ने स्रस्टाहरुलाई प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिद्धारा प्रमाणपत्र प्रदान गरिएको थियो । महोत्सवमा विभिन्न जनजातिका भेषभुषा, बाजागाजासहितको झाँकि प्रस्तुत गरिएको थियो । नेवार, तामाङ, लिम्बु, घले, मगर, थारुलगायत जातिको झाँकिले प्रज्ञाभवन घुन्जयमान भएको थियो ।

IMG_3115

यसैबिच दिवसको अवसरमा नेपाल आदिवासी जनजाति उथ्थान प्रतिष्ठानले कविता वाचन तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहमा चार जना स्रस्टालाई ‘राष्ट्र मातृभाषा स्रस्टा पुरस्कार’द्धारा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा याख्खा भाषका कोशकार रामजि कोङरेन, ल्होमी भाषाका छेजाप थिकेपा ल्होमी तथा नारी स्रस्टा तर्फ लोवा भाषकी छिङ्चिप्पा लामा भोटे र बाहिङ भाषाकी रेनुका बाहिङ राइ छन् । स्रस्टाहरुलाई ५० हजार नगदसहित संविधानसभाकी उपाध्यक्ष ओन्सरी घर्तिमगरद्धारा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २ हजारदेखि मातृभाषा दिवस मनाउन थालिएको हो । सन् १९५२ मा तत्कालिन पूर्वी पाकिस्तानमा बंगलादेशी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दा दमन भएको र त्यतिबेला ज्यान गुमाएका विद्यार्थीहरुको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

gggg

 

प्रतिक्रिया