फागुन १५, काठमण्डौं । आदिवासी जनजाति महिलाहरुको राष्ट्रिय भेला १६ बुँदे घोषणपत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा फागुन १२ गतेबाट शुरु भेला घोषणापत्र जारी गर्दै सकिएको हो ।
संविधान सभाले बनाउने नयां सविधानमा अन्तराष्ट्रिय श्रम संगठनको महासन्धी १६९, महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन महासन्धी लगायतका नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय कानुन र आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्टसंघीय घोषणा पत्र बेईजिङ घोषणा पत्र लगायतका अन्तराष्ट्रिय प्रतिवद्धताहरु अक्षरस पालाना गर्दै अधिकार लिपिबद्ध गर्नु पर्ने घोषणापत्रमा उल्लेख छ । त्यस्तै आदिवासी जनजाति महिलाहरुको पहिचान र विविधतालाई स्वीकार गर्दै राज्यको हरेक तह, अङ्ग, संरचना र निकाय र राजनीतिक दलको हरेक तहका संरचना र संगठनहरुमा जातीय र लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक सहभागिता र प्रतिनिधित्वको प्रत्याभूत सुनिश्चित गर्नु पर्नेमा भेलो जोड दिएको छ ।
राज्यले आदिवासी जनजाति महिलाहरुको आर्थिक, सामाजिक, सांस्कृतिक नागरीक र राजनीतिक अधिकार सुनिश्चित गर्नु पर्ने, आदिवासी जनजातिका बालिका, अपाङ्गता भएका महिला, विपन्न एकल, जेष्ठ नागरिक र जोखिममा परेका महिलाहरुलाई विशेष व्यवस्थाका साथै उनीहरु विरुद्ध हुने सबै किसिमका हिंसा र भेदभाव विरुद्ध दण्डहिनताको अन्त्य गर्नु पर्ने घोषणापत्रमा उल्देख छ ।
त्यस्तै आदिवासी जनजाति महिलाहरुको परम्परागत ज्ञान, सीप, अभ्यास, प्रविधि, मूर्त र अमूर्त कला संस्कृति, पेशा, व्यवसायहरुको पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धनको सम्मान गर्नु पर्ने माग छ । मातृभाषामा सूचना, सञ्चार र निःशुल्क अनिवार्य शिक्षाको व्यवस्था हुनु पनर्,े यसैगरी जल, जमिन, जंगल र प्राकृतिक स्रोत सम्बन्धमा राज्य, दातृनिकाय, विकास साझेदार, नियोग, निजि क्षेत्र र सबै सबन्धीत निकायहरुले आदिवासी जनजातिहरुको सामुहिक अधिकार सुनिश्चित गर्दै सबै कार्यहरुमा स्वतन्त्र, अग्रीम जानकारी सहितको मन्जुरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र नेपाल आदिवासी महासंघ महिला विभागले आयोजना गरेको राष्ट्रिय भेलमा विभिन्न आदिवसी जनजाति महिला संघसंस्थाका साथै आदिवासी महिलाहरुको एसियास्तरको सन्जालका प्रतीनिधीलगायतले भाग लिएका महिला महासंघकी सचिव श्रमिक लामाले जानकारी दिनुभयो ।
१६ बुँदे घोषणापत्र जारी गर्दै आदिवासी महिलाको राष्ट्रिय भेला सम्पन्न

इन्डिजिनियस भ्वाईस१४ फागुन २०७१, बिहिवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
आदिवासी महिला
१ पुष २०७९, शुक्रवारइन्डिजिनियस भ्वाईसआदिवासी जनजाति महिला महासंघको निर्वाचन, अध्यक्षमा शेर्पा
समाज तथा संस्किृति
१ पुष २०७९, शुक्रवारइन्डिजिनियस भ्वाईसविश्वविद्यालयमा आदिवासी जनजाति विषयको अध्यापन गराउन पहल
आदिवासी महिला
२७ मंसिर २०७९, मङ्गलवारइन्डिजिनियस भ्वाईसनिडवान अध्यक्ष प्रतिमा मानव अधिकार बर्ष पुरस्कारबाट पुरस्कृत
धेरै पढिएको
समाज तथा संस्किृति
१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
वातावरण र विकास
२९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङलप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप