कोरोनाबाट जोगिन आदिवासी खानामा जोड 

रोजिना लामा
रोजिना लामा८ वैशाख २०७७, सोमवार
कोरोनाबाट जोगिन आदिवासी खानामा जोड 

तराईका आदिवासी जनजाति समूदायलाई सम्बन्धीत जातीय संस्थाका प्रतिनिधहरुले परम्परागत खाना सेवन गर्न आह्वान गरेका छन् । राजबंशी सेवा विकास समितिका अध्यक्ष भीमराज राजबंशीका अनुसार कोरोना भाइरस संक्रमणको रोकथामका लागि शरिरको प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्नू पनि हो । यसै कारण परम्परागत खाना सेवन गर्न आह्वान गरेका छौ । राजबंशीले भन्नु भयो, –‘भक्का ठेका, निगुरो तथा सागसव्जी खाने परम्परालाई हाम्रो समूदायमा प्रोत्साहित गरेका छौ ।’

मुलुकको दक्षिणी सीमामा बसोबास गर्ने आदिवासी जनजातिहरु कोरोना भाइरस संक्रमणको जोखिमको संत्रासमा छन् । सरकारले लकडाउन गरी आवतजावत बन्द गरेको भएता पनि खुला सीमानाको फाइदा लिदै दक्षिणतिरबाट राती राती बिभिन्न बहानामा नेपाल प्रबेश गर्नेहरुका कारण संक्रमणको त्रासमा रहेको आदिवासी जनजातिहरुको जातीय संस्थाका प्रतिनिधिहरुको दावी छ । 

‘ताजपुरियाहरु भारतसंगको सीमा क्षेत्रमा बसोबास गर्ने जातीय समूदाय हो । सरकारको आह््वानमा हामी लकडाउनमा आफनै घरमा  बसिरहेका छौ,  तर, कताबाट  छिरेर तरकारी बेच्ने नाममा भारतीयहरु हाम्रो घर–घरमा आई पुगेका छन् ।’ ताजपुरिया समाज कल्याण परिषदका अध्यक्ष गंगाराम ताजपुरियाले भन्नु भयो –‘हामी घर भित्रै बस्ने बिहारका मानिस आइपुग्ने, समस्या यहीनेर छ ।’ 

कोरोना भाइरस संक्रमणको रोकथामका लागि शरिरको प्रतिरोधात्मक क्षमता अभिबृद्धि भक्का ठेका, निगुरो तथा सागसव्जी खाने परम्परालाई हाम्रो समूदायमा प्रोत्साहित गरेका छौ  । 

ताजपुरियाका अनुसार झापाको गौरादह, गौरिगञ्जलगायतका नगरपािलकामा भारतीय व्यापारीहरु लकडाउनकै अवस्थामा पनि घरघरमा आएर तरकारी बेच्ने काम गरिरहेका छन् । सरकारबाट घोषित लकडाउनका कारण हटिया लाग्न छाडे पछि स्थानीयले उत्पादन गरेको तरकारीहरु बजारसम्म लैजान अवरोध पुगेको अवसर छोपेर भारतीयहरु तरकारी पु¥याउन कोरोना भाइरसको संक्रमणलाई ख्यालै नगरी गाउँगाउँ पुगेका छन् । 

सरकारले भारतीय नागरिकको अबैध घुसपैठलाई मध्यनजर गरेर सीमा क्षेत्रमा शसस्त्र तथा जनपथ प्रहरी परिचालन गरे पनि प्रभावकारी नभएको ताजपुरियाले बताउनु भयो । तराईमा बसोबास गर्ने अर्को आदिवासी राजबंशीहरुको पनि त्यस्तै प्रकारको गुनासो छ । राजबंशी सेवा विकास समितिका अध्यक्ष भीमराज राबंशीका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासीहरु कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको छ । 

‘राजबंशीहरु लकडाउनलाई पालाना गरेर घरमा नै बसेका छन्, तर यसबाट ज्याला मजदुरी गर्नेहरु भने संत्रासमा बाँचेका छन् ।’ राजबंशीले भन्नु –‘भयो आदिवासी राजबंशीहरुलाई भनेर कसैले राहत सामाग्री पठाएको छैन । हामी स्थानीयस्तरमा नै अशुक्तलाई सहयोग गर्ने वातावरणको पक्षमा छौ । हामी आदिवासीहरु त्यसै पनि सहयोग गर्नेमा उदार हुन्छ्न नै ।’ 

तराईमा बसोबास गर्ने अर्को आदिवासी राजबंशीहरु लकडाउनलाई पालाना गरेर घरमा नै बसेका छन्, तर यसबाट ज्याला मजदुरी गर्नेहरु भने संत्रासमा बाँचेका छन् ।

यही समयमा अर्को आदिवासी धिमालहरुको राष्टिय पर्ब जात्री सुरु हुने समय हो । लकडाउनलाई ख्याल गरेर पर्बका सबै क्रियाकलाप हालका लागि बन्द गरिएको धिमाल जाति विकास समितिका अध्यक्ष तेज धिमालले बताउनु भयो । यस पर्बमा ५६ वटा टोलमा पुजा तथा अन्य धार्मिक अनुष्ठान गर्नू पर्ने प्रावधान छ । 

हामीले सामन्य पुजा गरेर जात्री पर्ब मनाएका छौ । धिमालहरुको परम्परागत संस्था माजिबराङको सल्लाहमा संकट समाधान गर्ने उपायका रुपमा ग्रामथानहरुमा सामन्य पुजा गर्ने सल्लाह गरेका छौ । धिमाल जाति विकास केन्द्रका अध्यक्ष धिमालले भन्नु भयो समयले संकट ल्याएको हुँदा अहिलेका लागि यही नै असल उपाय हो । 

तराइमा धिमाल, ताजपरिया र राजबंशी लगायत किसान, मेचे, कुशबडिया आदिवासीको बसोबास छ । यसै गरी सन्थाल, झाँगड, वोटे, गन्गाई, उराउ रहेका छन् भने सबैभन्दा ठूलो समुदाय थारु रहेको पाइन्छ । 

सबै समुदायको आफनो परम्परा, आफनो प्रथाजनित संस्था र संस्कृतिका आधारमा समूदाय बाच्ने र बचाउने कलालाई आदिवासीको परम्परागत ज्ञान मानिन्छ । सबै समूदायले परम्परागत जातीय खान आफना समूदायलाई आह्वान गरेका छन् । 

प्रतिक्रिया