शियार आदिवासीको लकडाउन 

डोल्मा शेर्पा
डोल्मा शेर्पा२ वैशाख २०७७, मङ्गलवार
शियार आदिवासीको लकडाउन 

विश्वव्यापी कोरोना भाइरसको महामारीको सन्त्रास फैलिरहेको बेला गोरखा स्थित गणेश हिमाल पारीको पर्यटकीय गन्तव्य चुम उपत्यका भने शाान्त र सुरक्षित बनेको छ । 

अति सीमान्तकृत लोपोन्मूख शियार आदिवासीको मूख्य आदिभूमि मानिएका चुम उपत्यकामा स्थानीय सरकारले परम्परागत प्रथाजनित संस्थाको सहयोगमा बाह्य आवागमनलाई निषेध गरे पछि चुम उपत्यकामा कोरोना भाइरसको संक्रमणको संभावना सुन्यमा बदलिएको हो । 

चुमनुव्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङका अनुसार स्थानीय जातीय र धार्मिक संस्थाको सहकार्यमा गुम्बा, आर्वुङ र चर्चहरुमा कुनै पनि गतिविधि नगरिने सहमति भएको छ । ‘यस अघि पर्यटकको घुँईचो लाग्ने चुम उपत्यकामा अहिले बाहिरका मानिस कोही पनि छैनन् ।’ अध्यक्ष गुरुङले भन्नु भयो –‘सम्पूर्ण गाउँपालिकाका बासिन्दाहरु खुशीका साथ परम्परागत पेशा र व्यबसाय गरिरहेका छन् ।’ 

चुम उपत्यकामा स्थानीय सरकारले परम्परागत प्रथाजनित संस्थाको सहयोगमा बाह्य आवागमनलाई निषेध गरे पछि चुम उपत्यकामा कोरोना भाइरसको संक्रमणको संभावना सुन्यमा बदलिएको हो । 

‘परम्पराले चुमनुब्रीलाई बचाउन ठूलो सहयोग गरेको छ ।’ शियार आदिवासीको एक मात्र जातीय संस्था शियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाले भन्नु भयो, –‘चुम उपत्यकाको शान्ति तथा हिंसा निषेधको घोषणा परम्परा र संस्कृतिबाट भएको हो । यसलाई लकडाउनमा पनि निरन्तरता दिइएको छ ।’

यस क्षेत्रमा प्राणि हत्यालाई निषेध गरिएको छ । सन १९२० मा यहाँका प्रशिद्ध गुम्बा राजेन र म्हु गुम्बाका गुरु  रिम्पार्छे गेसे सेरव दोर्जेको आज्ञामा प्राणी हत्या तथा काटमार निषेध भएको हो । कसैले काटमार गरेमा जरिवाना गरिने परम्परा छ । यसैले चुम उपत्यकालाई शाकाहारी उपत्यका पनि भन्ने गरिन्छ । यो नियमलाई आज पर्यन्त समुदायले पालना गरेका छन् । 

चुम उपत्यका जैविक विविधताको खुला संग्रहालय हो । यहाँका जंगली जनावरहरु परिवारिक जनावर जस्तै छन् । हिंसा र काटमार बन्द भए पछि  जंगली जनावरहरु पनि मानिसबाट डराउँदैनन् । शियार समाजका अध्यक्ष लामाले टेलिफोनमा भन्नु भयो, ‘बोद्धमार्गीहरुको बाहुल्य रहेको यस उपत्यका र सिंगो गउँपालिकाले बिश्वलाई शान्तिको सन्देश दिएको छ । अब यस्तो सन्देश बुद्धको जन्मस्थल लुम्बिनीमा पनि हुन जरुरी छ ।’

बोद्धमार्गीहरुको बाहुल्य रहेको यस उपत्यका र सिंगो गउँपालिकाले बिश्वलाई शान्तिको सन्देश दिएको छ । अब यस्तो सन्देश बुद्धको जन्मस्थल लुम्बिनीमा पनि हुन जरुरी छ ।’

चुम नुब्री गाउँपालिकामा तत्कालको लागि कुनै राहत सामाग्रीको आवश्यकता नदेखिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनु भयो । पालिका भित्र गरीब तथा विपन्न समुदाय त छन्, तर कोरोना भाइरसको संक्रमणका कारण हातमूख जोर्न कसैलाई समस्या परेको सूचना छैन । स्थानीय तहमा रहेका स्वास्थ्य उपचौकी तथा परम्परागत चिकित्सा पद्धत्ति सोरिग्पाका लागि आम्चीहरु सक्रिय रहेको बताउँदै गम्भीर प्रकारको स्वास्थ्य समस्या आएमा स्थानीय तहले बिशेष व्यवस्था  गर्ने पनि बताउनु भयो । 

चुम उपत्यकमा घ्याप्रो प्रथा कायम रहेकोर कृषिमा यही परम्पराको आदेश चल्ने परम्परा रहेको चुम उपत्यकाको अध्ययन गरिरहनु भउका दावा लामाको भनाई थियो । यो परम्परा शियार जातिको हो । शियारहरु आफूलाई चुम्बा जातिका रुपमा परिचय दिन रुचाउँछन् । नेपाल सरकारले सूचिकरण गरेको ५८ आदिवासी जनजातिमा सियार पनि एक हो । 

प्रतिक्रिया