आदिवासीको प्रथाजनित संस्थाद्धारा गरिएको सूचना प्रभावकारी 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ चैत २०७६, बुधवार
आदिवासीको प्रथाजनित संस्थाद्धारा गरिएको सूचना प्रभावकारी 

कोरोना भाइरसको महामारी विश्वलगायत नेपालमा फैलिरहेको अवस्थामा नेपालका लोपोन्मुख अवस्थामा रहेका आदिवासीका परम्परागत वा प्रथाजनित संस्थाहरुले महामारीबाट जोगाउन आफ्ना समुदायलाई पबाह गरिएको सूचना प्रभावकारी देखिएको छ ।  

कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्र बस्न आदिवासीका प्रथाजनित संस्थाहरुले आफनै प्रणाली मार्फत सूचना प्रबाह गरेका छन् । 

थारु समुदायको परम्परागत संस्था रहेका बाँके बर्दिया, कैलाली, कन्चनपूर, दाङ जिल्लाका धेरै जसो स्थानहरुमा चिराकी (समुदायमा सूचना दिने जिम्मेवार पद)ले समुदायमा कोरोना भाइरस संक्रमण रोक्न उनीहरको परम्परागत विधिबाट दिइएको सूचना समुदायमा हुबहु पालना भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्र बस्न आदिवासीका प्रथाजनित संस्थाहरुले आफनै प्रणाली मार्फत सूचना प्रबाह गरेका छन् । 

त्यसैगरी,लमजुङको खासुरमा स्योर्पोले दिएको घरभित्रै रहने, बाहिरीयालाई आवतजावत गर्न नदिने सरसफाईमा ध्यानदिने लगायतको सूचनापनि स्वतः स्फुर्त पालना भएको छ ।

गोरखा वारपाकस्थित घले आदिवासी समुदायको कटुवाल प्रथाअनुसार बारपाक गाउँमा पनि सूचना सरकारले दिनभन्दा अगावै समुदायमा पु¥याइएको छ । 

मुस्ताङको नाउरीकोटमा बाहिरबाट मानिस आउन र भित्रबाट अन्यत्र जान घम्प (मुखियासमेतको समुदायको बैठकबाट) स्थानहद जारी गरिएको छ । बाहिरको मानिस आएमा जरिवाना गर्ने र समुदायमा छिर्न नदिने निर्णय गरिएको छ । र अन्यगाउँहरुमा घम्पहरुलाई सोहि बमोजिम निर्णय गर्न अनुरोध गरिएको कुरा जानकारीमा आएको छ । 

बाह्र गाउँलेहरुको खिन्जागाउँमा सुरक्षित रहने र अरुलाई पनि राख्ने सूचना (ह्रोलो) दिने र मुखियाहरुसमेतको समुदायको छलफलबाट आइसोलेसन घरसमेत तोकिएको जानकारीमा आएको छ । 

सरकारले आदेशजारी गर्न अगावै सन्थालहरुको परम्परागत संस्था (मझिहडम) बसेर सन्थालभाषामा पर्चा बनाई गोडेत्मार्फत समुदायलाई सूचनादिने कार्य भएको छ ।

धिमालहरुको परम्परागत संस्था (माझीवाराङ)ले उर्लाबारी न.पा. ३ सालबारी, वडा नं ९ अठियाबारीमा सबैको सुस्वास्थ्यको आध्यात्मिक विधिसमेत गरेर सूचना गराईएकोछ । परम्परागत संस्था र कानून नैतिकबन्धनकारी भएपनि प्रभावकारी रहेको केही उदाहरण हुन । 

नेपालका आदिवासीका समुदायमा आजसम्म कायम रहेको प्रथाजनित संस्थाहरु बडघर, भलमन्सा र महटँवा (थारु), घम्प÷तेह्र मुखिया प्रणाली (थकाली) घम्पा (बाह्रगाउँले), मझीहडम (सन्थाल), गुथी (नेवाः), माझीवाराङ (धिमाल), गुरुङ (स्यार्पो), वारपाकका घलेहरुको कटुवाल प्रथालगायत छन् । 
 

नेपालका आदिवासीका समुदायमा आजसम्म कायम रहेको प्रथाजनित संस्थाहरु बडघर, भलमन्सा र महटँवा (थारु), घम्प÷तेह्र मुखिया प्रणाली (थकाली) घम्पा (बाह्रगाउँले), मझीहडम (सन्थाल), गुथी (नेवाः), माझीवाराङ (धिमाल), गुरुङ (स्यार्पो), वारपाकका घलेहरुको कटुवाल प्रथालगायत छन् । 

सरकारले विभिन्न सुरक्षात्मकउपायहरुको प्रचार प्रसारको साथै चैत्र ११ गते देखि २५ गतेसम्म लकडाउन गर्ने निणर्य गरेको छ । 

जानकारहरुका अनुसार घरभित्र बसी सजग र होसियार भएमा महामारीबाट बच्न मद्धत पुग्दछ । तर सरकारको लकडाउन गर्ने निर्णय कडाईको साथ कार्यान्वयन गर्न  सुरक्षाकर्मीले शहरी क्षेत्रमा बलसमेत प्रयोग गर्नु परेको छ । 

नेपालपक्षराष्ट्र भएको अन्तर्रा्ष्ट्रिय श्रम संगठन महासन्धि नं १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र २००७ले यी प्रथाजनित संस्थालाई मान्यता दिएको छ । त्यसैले सरकार र स्थानीय अधिकारीले पनि प्रथाजनित संस्थालाई सम्मान र सहयोग गर्न जरुरी छ । र प्रथाजनित संस्थाहरुसंग सहकार्य गरी संक्रमण रोक्ने प्रयास अझप्रभावकारी बन्नेमा द्विुविधा छैन । 

आदिवासीको आफ्नो सामुहिक साँस्कृतिक मूल्य मान्यता अन्र्तगत आफ्नो समुदाय र अरु समुदायलाई पनि जोगिने र जोगाउने विषय समेत पर्दछ । 

प्रतिक्रिया