होसे फ्रान्सीस्को कालित्जे नयाँ आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षक नियुक्त

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ चैत २०७६, आइतवार
होसे फ्रान्सीस्को कालित्जे नयाँ आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षक नियुक्त

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले होसे फ्रान्सीस्को कालित्जेलाई नयाँ आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षकको रुपमा नियूक्त गरेको छ । उहाँले सन् २०२१ देखि ३ वर्षको लागि कार्यकाल सम्हानुहुनेछ ।

होसे फ्रान्सीस्को कालित्जेले यसअघि संयुक्त राष्ट्रसंघको सवै प्रकारका जातीय भेदभाव उन्मुलन गर्ने महासन्धी अनुगमन समितिमा अध्यक्षको रुपमा काम गरिसक्नुभएको छ । कालित्जे ग्वाटेमालाका मायान किचेकेल आदिवासी समुदायको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ यसअघि, संयुक्त राष्ट्रसंघको प्रणालीमा आदिवासी समुदायको तर्फबाट उच्चस्थानमा पुग्ने पहिलो व्यक्ति पनि हुनुहुन्थ्यो ।  

हालका संयुक्त राष्ट्रसंघको आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षक भिक्की तौलि करपुजको कार्यकाल सन् २०२० को अन्त्यमा सकिदैछ । होसे फ्रान्सीस्को कालित्जे चौथो आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षक हुनुहुन्छ । सबैभन्दा पहिले सन् २००४ मा मेक्सीकाका समाजशास्त्री तथा मानवशास्त्री प्रध्यापक डा. रोडोल्फ स्टाभानहेगन आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षकको रुपमा नियुक्त हुनुभएको थियो, भने, दोस्रोमा संयुक्त राज्य अमेरिकाका कानूनविद प्रध्यापक जेम्स अनय र तेस्रोमा फिलिपिन्सका आदिवासी अधिकारकर्मी भिक्टोरिया तौली करपुज नियुक्त हुनुभएको थियो । 

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले होसे फ्रान्सीस्को कालित्जेलाई नयाँ आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षकको रुपमा नियूक्त गरेको छ । उहाँले सन् २०२१ देखि ३ वर्षको लागि कार्यकाल सम्हानुहुनेछ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले नियुक्त गर्ने विशेषसमाधिक्षकहरु स्वतन्त्र विज्ञहरु हुनुहुन्छ । उहाँहरुले कुनै निश्चित देशमा भएको मानव अधिकारको हननका विषयहरुलाई अवलोकन गरि प्रतिवेदन तयार गर्नुहुन्छ । त्यस्ता मानव अधिकारको हननका विषयहरुलाई सम्बोधन गर्न व्यक्तिगत क्षमताका आधारमा उहाँहरुले  कुनै देशको सरकार भन्दा अलग रहेर स्वतन्त्ररुपले कार्य गर्नुहुन्छ । 


आदिवासीको अधिकार सम्बन्धी विशेष समाधिक्षकले आदिवासीहरुको मानव अधिकारको घटनासँग सम्बन्धीत सत्य तथ्य संकलनको लागि सम्बन्धीत देशको भ्रमण गर्ने र त्यसको बारेमा प्रतिवेदन तयार गर्ने साथै मानव अधिकारको हननका विषयहरुलाई अन्तराष्ट्रिय क्षेत्रबाट सम्बोधन गर्नको लागि सम्बन्धीत सरकारसँग छलफल गर्ने, सम्बोधनका लागि आवश्यक नीति तथा कानून बनाउनको लागि सुझावदिने साथै आदिवासीको अधिकारको सम्बन्धमा अन्तराष्ट्रिय क्षेत्रमा भएका असल अभ्यासहरुलाई प्रर्वद्धन गर्ने र आदिवासीको अधिकारको नयाँ नयाँ क्षेत्रमा अध्ययान तथा अनुसन्धान गर्ने क्षेत्रअधिकार हुन्छ । 

त्यसैगरी संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले आदिवासीको अधिकार सम्बन्धी विज्ञहरुको संयन्त्रमा एसियाप्रान्तको प्रतिनिधिको रुपमा बङलादेशका बिनोता मोइ धमाईलाई सदस्य नियुक्त गरेको छ । आदिवासीको अधिकार सम्बन्धी विज्ञहरुको संयन्त्रले आदिवासीहरुका विभिन्न विषयमा अध्ययान तथा अनुसन्धान गरि संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदलाई सल्लाह दिने गर्दछ । 

प्रतिक्रिया