महामारीमा हिमाली आदिवासीको परम्पराहरु

रोजिना लामा
रोजिना लामा२१ भदौ २०७८, सोमवार
महामारीमा हिमाली आदिवासीको परम्पराहरु

नेपाल सरकारले सूचिकरण गरेको ५९ आदिवासी जनजाति मध्ये वालुङ र सियार अतिसिमान्त्कृत जाति समूदायमा पर्दछ । नेपालको सुदुर पूर्बको उत्तरी क्षेत्र ओलागचुला क्षेत्रमा बसोबास गर्ने वालुङ र गोर्खा जिल्लाको उत्तरी सीमालाई आफनो आदिभूमि ठान्ने सियार समुदायको आफ्नै परम्परागत ज्ञान र सीप रहेको छ । वालुङ सेवा समाजका अध्यक्ष  सोनाम लामा वालुङले वालुङ जातिको विषयमा यसो भन्नुहुन्छ ‘हिमाली आदिबासी मध्ये एक आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानबाट सुचिकृत एक सिमान्तकृत जाति वालुङ हो ।’ वालुङहरुको पुर्खाको बासथलो  भनेको ताप्लेजुङ जिल्लाको साविका गाविसाहरु वलङचुङ गाविसा र ग्यामपुदिङ गाविसामा बसोबास गरिरहेको छ । 

आदिबासी जनजाति सियार समुदाय गोर्खा जिल्लाको उत्तरी सीमा बसोबास गर्दछन् । स्यार समुदायको बसोबास गरेको स्थान चिनको तिब्बती सिमाना सम्म छुन्छ ।

आदिवासी जनजातिहरु राज्यको स्रोतसाधर र सुचनाको पहुँचबाट निकै टाडा भएको वालुङ सेवा समाजका अध्यक्ष वालुङका अनुसार समय समयमा आइपर्ने महामारीको अवस्थामा नेपाल सरकारबाट प्रभाह गर्ने सुचनाहरुबाट बँचित हुने गरेको बताउनुहुन्छ । भौगोलिक विविधताले पनि आदिबासी जनजातिहरु अलि पृथक रुपका बसोबास रहेको सियार समाज कल्याण केन्द्रका अध्यष निमा लामा बताउनुहुँछ  । उहाँका अनुसार ‘हामी एक प्रकृतिक पुजाक भएको कारण अन्नबालीमा समयमा पानी नपर्दा पुजा गर्दै आएका विषय हुन यससंगै विश्वभर फैलिएको कोरोना महामारी न्युनिकरणका निमित्त  विश्वशान्ति पुजा लगाएत गर्दै आइरहेका छौ । ’ उहाँले माथि थप्दै यस्तो महामारीको समयमा समुदायमा सबै सजक भई कार्य गरिरहेको बताउनुभयो ।  

आदिबासी सियार 

आदिबासी जनजाति सियार समुदाय गोर्खा जिल्लाको उत्तरी सीमा बसोबास गर्दछन् ।  सियार समाज कल्याण केन्द्रका अध्यष निमा लामा आदिबासी सियार समुदायको विषयमा यसो भन्नुहुन्छगोरखा जिल्ला हिमाल पारिको साविका गाविसा चुम गाविसा जहाँ स्यार समुदायको  बसोबास गरेको स्थान छ, हामी त्यसलाई चुम उपत्यका पनि भन्छौ । स्यार समुदायको बसोबास गरेको स्थान चिनको तिब्बती सिमाना सम्म छुन्छ । ५९ सुचिकृत जातिहरुमा स्यर समुदाय अतिसिमान्तकृत  जाति हो । स्यार समुदाय एक बौद्धधर्मवलम्बी हुन । यस जाति बाहेक अन्य जाति यस क्षेत्रमा रहेको छैन । 

आदिबासी भोटे परिचय

आदिबासी भोटे समुदाय हिमाली भेगमा बसोबास गर्ने एक जाति समुदाय हो । यि जाति नेपालको बिभिन्न जिल्लाहरुमा बसोबास गर्दै आईरहेको छ विशेष गरेर यि समुदाय बाजुरा जिल्लाका केही स्थानहरुमा बसोबास गर्ने गरेको  नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गंभीर सिंह गुरुङ बताउनुहुन्छ । उहाँ बताउनुहुन्छ भोटेको परम्परागत पेशा भनेको भेडा पालन र कृषि खेती हो । यो जाति बाजुरामा ५ सय घरधुरुको हारहारीमा बसोबास गरिरहेका छन । 

आदिबासी भोटे समुदाय हिमाली भेगमा बसोबास गर्ने एक जाति समुदाय हो ।भोटेको परम्परागत पेशा भनेको भेडा पालन र कृषि खेती हो ।

भोटे जातिमा नामका पछाडि रखिने गरेको थरमा धेरै विवाद रहेको छ । नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गंभीर सिंह गुरुङ भन्नुहुन्छ जातिअनुसार हामीहरुले लेख्नुपर्ने भोटे नै हो तर सबैजनाले अनेक अनेक थरहरु लेख्ने गरेको छ । उहाँ थप्नुहुन्छ भोटेहरुको रहनसहन, संस्कारसंकृति भाषा सबै फरक रहेको छ । भोटेहरुले आफ्नो नामका पछाडि जुनसुकै थरहरु लेखने गरेको भए पनि रहनसहन र धर्मसंस्कृतिको हिसाबले सुद्ध भोटे नै हुन । पुर्वेली गुरुङ भन्दा हामी धेरै नै फरक छौँ । अधिकांशले नागरिकता बनाउँदा नामका पछाडि फरकफरक थरहरु राख्ने गरेको छ । तर नेपाल सरकारबाट पुन नागरिकता सच्याउन र भोटे नै राख्नका लागि नेपाल आदिबासी जनजाति महासंघबाट बरम्बार हामीले भनिरहेका छौँ ।

इन्डिजिनियस फिचर सेवा

प्रतिक्रिया