राउटेको जीवन पद्धति माथि हस्तक्षेप

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ जेठ २०७८, सोमवार
राउटेको जीवन पद्धति माथि हस्तक्षेप

सुर्खेत 

अतिसिमान्तकृत लोपोन्मूख आदिवासी राउटे जातिको घुमन्ते जीवन जिउन पाउने अधिकारको हनन् नगर्न विभिन्न क्षेत्रबाट आग्रह गरिएको छ । राउटे समुदायकी दुई युवतीहरु माथि यौन दुव्र्यबहार भएको घटना सार्वजनिक भए पछि विभिन्न संघ संस्था, मानव अधिकारकर्मी तथा अभियन्ताहरुले उनीहरुको जीवन पद्धतिमाथि हस्तषेप .भएको र मानव अधिकार हनन भएको भन्दै यस्तो आग्रह गरेका हुन् । 

विभिन्न संघसंस्था तथा मानवअधिकारकर्मीहरुको चासो र चिन्ता पछि सुर्खेत स्थानीय प्रशासनले राउटेबस्तीमा अन्य व्यक्तिलाई प्रबेश गर्न रोक लगाएको छ । सुर्खेतका पत्रकार देवेन्द्र सैजुवालले इन्डजिनियस भ्वाइसलाई जानकारी गराए अनुसार राउटे युवतीमाथि यौन दुव्र्यबहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिनका लागि वस्तीमा अन्य व्यक्तिलाई प्रबेशमा रोक लगाइएको हो । 

पछिल्लो घटना पछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायमा पुग्न नदिन रोक लगाएको जानकारी स्थानीय जिल्ला प्रहरी कार्यलयका डिएसपी रामप्रसाद घर्तीलाई  दिनु भएको छ ।

पूर्व सुसूचित जानकारी सहितको मन्जुरी बेगर तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुव्र्यबहार जस्ता कार्यहरु घृणित  मानवताविरोधी र अक्षम्य कार्य हुन् ।’ आदिवासी जनजाति महासंघले आफनो बक्तव्यमा भनेको छ  । 

समाचार अनुसार हाल त्यस बस्तीमा आउजाउ गर्न नदिन २२ जना प्रहरी खटाइएको छ ।  घटनाबारे जानकारी पाए पछि पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र आन्तरिक कारबाही हुन सक्ने संभावना औल्याइएको छ । आइतबार मात्र राउटे मुखिया सूर्यनारयण शाहीले बाहरिका मानिस बस्तीमा आएर दुख दिएको भन्दै सुरक्षाको माँग गरेका थिए । 

सो घटनालाई लिएर नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले यस प्रकार हिंसा मानवअधिकार विरोधी कार्य भन्दै यौन हिंसालाई चरम मानव अपराधमा लिनु पर्ने बताउनस भएको छ ।  

राष्टिय मानव अधिकार आयोगले समेत दुई राउटे युवती माथि गरिएको यौन दुव्र्यबहारको भत्र्सना गर्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । 

सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का केही युवाले सोही नगरपालिकाको आँपसोतीस्थित भेरी नदी किनारमा वस्दै आएकी राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यबहार गरेको घटना सार्वजनिक भएको थियो । 

‘पूर्व सुसूचित जानकारी सहितको मन्जुरी बेगर तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुव्र्यबहार जस्ता कार्यहरु घृणित  मानवताविरोधी र अक्षम्य कार्य हुन् ।’ आदिवासी जनजाति महासंघले आफनो बक्तव्यमा भनेको छ, –‘यस घटनामा सम्लग्न व्यक्तिहरु चमन घर्ती (जोगी) र भूपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कडा भन्दा कडा कारबाही बढाउन महासंघ आग्रह गर्दछ ।’ 

पछिल्लो समयमा राउटेको जीवन पद्धतिको आधारभूत ज्ञान नै नराखी सामाजिक सञ्जाल, युट्युव, टिकटक र फेसबुकमा समेत उनीहरुको तस्वीर र भिडियो सार्वजनिक गर्नूलाई दूव्र्यबहारको रुपमा लिनु पर्ने महासंघको भनाई छ । 

विभिन्न बहानामा सत्ता र शक्तिको दुरुपयोग गर्दे अनुसन्धान कमजोर बनाउने, अभियुक्तलाई उन्मुक्ति दिनेजस्ता कार्यहरु नहोस भनेर पनि महासंघले ध्यानाकर्षण गराएको छ । 

पछिल्लो समयमा राउटेको जीवन पद्धतिको आधारभूत ज्ञान नै नराखी सामाजिक सञ्जाल, युट्युव, टिकटक र फेसबुकमा समेत उनीहरुको तस्वीर र भिडियो सार्वजनिक गर्नूलाई दूव्र्यबहारको रुपमा लिनु पर्ने महासंघको भनाई छ । 

राष्टिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले आइतबार जारी गर्नू भएको प्रेस वक्तव्यमा निजहरुको स्वास्थ्य परिक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धान मार्फत दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्नू भएको छ । 

आयोगले घटना सार्वजनिक भए पछि आयोगको कर्णाली प्रदेश शाखा कार्यलयले अनुगमन गरेको जनाएको छ ।

प्रतिक्रिया