सबैको साझा पर्व : माघे सक्रान्ति

डोल्मा शेर्पा
डोल्मा शेर्पा१ माघ २०७७, बिहिवार
सबैको साझा पर्व : माघे सक्रान्ति

माघी  अर्थात मकर संक्रान्ती नेपालका आदिवासीहरुको साझा पर्व हो । मूलतः थारु, मगर, सुनुवार, राई, लिम्बू, तामाङहरुले माघे सक्रान्तीलाई भव्यरुपमा मनाउने गर्दछन् । यसरी नै छन्त्याल, चेपाङ, दरै, ह्योल्मो, शेर्पाहरुले पनि यो पर्बलाई मनाउने गरेका छन् । माघी पर्व माघ महिनाको पहिलो दिन मनाइने भएकाले नयाँवर्षको सुरुवाती दिनका रुपमा पनि मनाइने गरिन्छ । नेपाल सरकारले यस वर्ष माघ १ गते माघ संक्रान्तीको दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । 

थारुहरुको माघी 

नेपालको पुर्व देखि पश्चिम र हिमाल देखि तराईसम्म माघी पर्वलाई आआफ्नै हिसाबले मनाउने गरिएको छ । पश्चिममा थारु समुदायले राष्ट्रिय पर्वको रुपमा माघ १ गतेलाई मनाउने  गर्दछन् । थारुजातिले ‘माघी संक्रान्ति’ भन्ने गर्दछन् । यस समुदायले पुसको अन्तिम दिन बनाएको खानाका परिकारहरु सुँगुरको मासु, ढिकरी पिठोको परिकार, घुँघी र माछालगायतको परिकार माघको पहिलो दिन १ गते परिवाजनसंग रमाईलो गरि खाने गरेको थारु अगुवा डा. गोपाल दहित बताउनु हुन्छ । 

माघी  अर्थात मकर संक्रान्ती नेपालका आदिवासीहरुको साझा पर्व हो । मूलतः थारु, मगर, सुनुवार, राई, लिम्बू, तामाङहरुले माघे सक्रान्तीलाई भव्यरुपमा मनाउने गर्दछन् । यसरी नै छन्त्याल, चेपाङ, दरै, ह्योल्मो, शेर्पाहरुले पनि यो पर्बलाई मनाउने गरेका छन् । माघी पर्व माघ महिनाको पहिलो दिन मनाइने भएकाले नयाँवर्षको सुरुवाती दिनका रुपमा पनि मनाइने गरिन्छ ।

यस दिन थारुहरुले ‘सखियै हो, माघीका पिली गुरी जाँर सखिय हो’ भन्ने गीत गाइने गरिन्छ । माघीमा गाइने गीतलाई ‘घमार’ भनिन्छ । यसरी गीत गाएर नाचने र रमाइलो गर्ने गरिन्छ । थारु समुदायले यस दिन आफ्ना चेलीेबेटीहरुलाई उपहार दिने गर्दछन् । विशेषगरि यस दिन थारुको प्रथाजनित संस्था बरघर अगुवा चुन्ने कार्यहरु गरिन्छ । राजधानी काठमाडौ लगायत विभिन्न थारु बाहुल्यता भएको स्थानहरुमा हर्षका साथ माछी मनाउने चलन छ । 

मगर चलन 

माघे संक्रान्ती मगर समुदायको एतिहासिक संस्कृतिक सभ्यतासंग जोडिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन राक्ेका मगरको भनाई छ । नेपाल सरकारले आदिवासी मगरहरुको आवाज सुनेर सार्वजनिक बिदा दिएकोमा खुशी व्यक्त गर्दै उहाँले विगत लामो समय देखि आदिवासी जनजातिहरु संस्कार संस्कृति, चाडपर्वका विषयमा आवाज उठाएका र अहिले सरकारले आदिवासीको आवाज सुनवाई गरेकोमा धन्यवाद दिनु भयो ।

माघे संक्रान्ती मगरहरु राष्ट्रिय पर्व हो । नेपाल मगर संघका अध्यक्ष रोक्का मगरले थप्नु भयो –माघे पर्वमा मगरहरुले तिन दिनसम्म धुमधामका साथ मनाउने गर्दछन् । माघेका दिनविहानै पानी आउने मुल धारामा गई जौको बोटले सजाउने र पुजा गरि स्नान गर्ने गरिन्छ, पितृलाई खाना चडाउने, र  चेलिबेटि पुजने उनिहरुलाई कन्दमुल, मासु, राटी, मासु परम्परागत खाना खुवाउने, संगै नयाँ लुगा गरगहना आदि दिने परम्परा रहेको छ । यि कार्यहरु पश्चात युवाहरु बिच धनुष वाण हान्न लगाउने परापुर्वकाल देखि रहिआएको अध्यक्ष मगर बताउनुहुन्छ । 

माघेका दिनविहानै पानी आउने मुल धारामा गई जौको बोटले सजाउने र पुजा गरि स्नान गर्ने गरिन्छ, पितृलाई खाना चडाउने, र  चेलिबेटि पुजने उनिहरुलाई कन्दमुल, मासु, राटी, मासु परम्परागत खाना खुवाउने, संगै नयाँ लुगा गरगहना आदि दिने परम्परा रहेको छ ।

गएको वर्षहरुमा जसरी यस वर्ष भने कोरोना महामारीका कारण भव्यताका साथ कार्यक्रमहरु गरि नमनाउने अध्यक्ष मगरले जानकारी दिनुभयो । सबैको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै घरघरमै रहेर पुजा गरि परिवारजनमै मनाउने  बताउनुभयो ।  

माघे संक्रान्तिमा गरिने पुजा

माघी संक्रान्तिका दिन घरटोल नजिकको खोला, पानीको मुहान र धाराको पानीलाई बिहानै चोखो मुखमा पुजा गर्ने गरिन्छ । यस पर्वमा देवघाट, बराह क्षेत्र, रिडी, पनौती, दोलालघाट र कन्काई क्षेत्रमा मेला लाग्नुका साथै भारतको प्रयाग र गङगा सागर लगातका नदी र घाटमा स्नान, दान, श्रदा आदि  गर्ने गरिन्छ । आदिवासी जनजातिहरुमा बाली उठाउने बेलामा प्रकृतिको पुजासंगै विभिन्न किसिमका चाड पर्वहरु मनाउँदै आइरहेका छन । माघी संक्रान्ति पनि सबैतिरबाट बाली भित्त्राई सकेपछि मनाउने गरिन्छ । 

माघीमा खानाको परिकारहरु

माघी संक्रान्तिमा विशेषगरि  तरुल, तिलको लड्डु, सखरखण्ड, बनतरुल, चाकु, र घिउ खाइने गरिन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट बच्ने, छालासम्बन्धी र अन्य रोगको नाश हुने विश्वास गरिन्छ । यि परिकारहरुले शरीरलाई न्यानो बनाउने भन्ने रहेको छ । 

मगर र थारु समुदाय बाहेक अन्यसमुदायहरुले पनि माघी संक्रान्ति हर्सउल्लासका साथ मनाईने गरिएको छ । हिमाल देखि तराईका भुभागमा र उपत्यका भित्र बसोबास सबै समुदायले यसदिनमा परिवारजनसंग बसि खानाको विभिन्न परिकारहरु बनाई खाने गरिएको छ । 

प्रतिक्रिया