टीकापुर जनविद्रोहका राजबन्दीहरुको रिहाई गर्न माग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ पुष २०७७, शुक्रवार
टीकापुर जनविद्रोहका राजबन्दीहरुको रिहाई गर्न माग

उर्मिला थारु

टीकापुर घटनामा दोषी भनिएका सांसद रेशम चौधरीलगायत आठजनालाई विना शर्त रिहाई गर्न टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले माँग गरेको छ । जनता समाजवादी पार्टी र अभियानले काठमाडौमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै यस्तो माग राखेका हुन् ।
 

२०७२ सालको संविधान जारी हुन अघि भदौ ७ गते कैलालीको टीकापुरमा थरुहटको माँग गर्दै थारुहरुको राजनीतिक विद्रोह भएको थियो । सो विद्रोहको बखत झडपमा परेर एक बालक तथा सात प्रहरीको ज्यान गएको  थियो । 

टीकापुर घटनामा दोषी भनिएका सांसद रेशम चौधरीलगायत आठजनालाई विना शर्त रिहाई गर्न टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले माँग गरेको छ ।

सोही घटनामा कैलाली जिल्ला अदालतले चौधरीसहितका ७ जनालाई दोषी ठहर गरेकोमा उच्च अदालत दिपायलले २०७७ पुस २ गते जिल्ला अदालतको फैसलालाई सदर गरी जन्मकैदको फैसला सुनाएको थियो । उच्चअदालतले जिल्ला अदालतबाट तीनवर्षको कैद सजाय पाएर कैद भुक्तान गरिसकेका ४ जनामध्ये लक्ष्मण थारुलाई पनि जन्म कैदको फैसला सुनाएको छ ।  

टीकापुर थरुहट/थारुवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै टीकापुर घटनासँग जोडेर राज्यले पूर्वाग्रही तरिकाले निर्दोष व्यक्तिहरुलाई गैर न्यायिक तरिकाले थुनामा राखी झुटा मुद्धा चलाएकोे दावी गर्नु भयो । उहाँले सरकारले सो घटना राजनीतिक घटनाक्रमको रुपमालिदैं राजनीतिक संवाद, सहमति र निर्णयको आधारमा मुद्धा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीलाई रिहाई गर्न माग गर्नु भयो । 

त्यसैगरी उहाँले टीकापुर थरुहट विद्रोह, मधेस र आदिवासी जनजाति आन्दोलनको क्रममा भएको घटनामाथि सत्यतथ्य छानविन गर्नका लागि तत्कालिन नेपाल सरकारले सर्वोच्च आदालतकापूर्व न्यायधिस गिरिसचन्द्र लालको नेतृत्वमा गठित न्यायिक छानविन आयोगको प्रतिवेदन, गृह मन्त्रालयद्धारा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीरामशर्माको संयोजकत्वमा गठित छानविन आयोगको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरु तुरुन्त सार्वजानिक गर्न माग समेत गर्नु भयो । 

कैलालीको टीकापुर घटनामा कैलाली जिल्ला अदालतले चौधरीसहितका ७ जनालाई दोषी ठहर गरेकोमा उच्च अदालत दिपायलले २०७७ पुस २ गते जिल्ला अदालतको फैसलालाई सदर गरी जन्मकैदको फैसला सुनाएको थियो ।

सोही कार्यक्रममा बोल्दै, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कैलालीको टिकापुरमा भएको घटना दुर्भाग्यपुर्ण रहेको टिप्पणी गर्नु भयो । अधिकार र पहिचानको लागि गरिएको आन्दोलनमा भएको घटना राजनीतिक घटना हुँदा हुँदै सरकारले अपराधिक घटनाको रुपमा चित्रित गरेको आरोप लगाउनु भयो । 

त्यसैगरी अर्का जनता समाजवादी पार्टीका नेता महन्त ठाकूरले सो घटना प्रहरीको अन्तरद्वन्द्वको कारण त्यो घटना घट्न गएको आरोप पनि लगाउनु भयो । विशुद्घ राजनीतिक अधिकार पहिचानको आन्दोलन भएको दावी गर्दै त्यस दिन ७ जनाको बदला ७० जना थारु मारिएको भए के हुने थियो भन्ने प्रश्न गर्नु भयो । उहाँले मधेश आन्दोलनमा सयौ मधेशी मारिएको स्मरण गर्नु भएको थियो । 

नेता ठाकुरले आन्दोलनमा यस्तो दुर्भाग्यपूर्ण घटना हुने र कैलालीको टिकापुरमा भएको घटना आन्दोलनकै वखतभएको घटनाको रुपमा ग्रहण गर्न आग्रहगर्दै पार्टीले टीकापुर घटनामा मुछेर गैर न्यायिक थुनामा बसेकाहरुलाई छुटाउन सक्नेजती प्रयास गरिरहेको समेत बताउनुभयो । 

प्रतिक्रिया