नेपाल तामाङ घेदुङको आठौं महाधिवेसन चितवनमा हुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस४ फागुन २०७१, सोमवार

फागुन ४, काठमण्डौं । तामाङहरुको साझा सामाजिक संस्था नेपाल तामाङ घेदुङको आठौं केन्द्रिय महाधिवेसन चितवनमा हुने भएको छ । यहि आउँदो चैत २८ गतेदेखि चितवनमा महाधिवेसन गर्नेगरि तयारि भइरहेको घेदुङका सचिव प्रतिक तामाङले जानकारि दिनुभयो । उहाँका अनुसार २८ चैतमा चितवनको नारायणगढमा महाधिसेनको उद्घाटन हुनेछ भने दोस्रो र तेस्रो दिन टाँडीमा बन्द सत्र चल्नेछ । अहिले विभिन्न जिल्लाहरुको अधिवेसन तिब्र रुपमा भइरहेको सचिव तामाङले बताउनु भयो । उहाँका अनुसार अहिले सम्म ३२ वटा भन्दा बढि जिल्लाको अधिवेसन सम्पन्न भइसकेका छन् भने बाँकि जिल्लाहरुमा हुने क्रममा छ ।
यसैबिच ललितपुर जिल्ला घेदुङको शनिबार सम्पन्न आठौं अधिवेसनले मानबहादुर लामाको अध्यक्षमा २१ सदस्सिय नयाँ कार्य समिती सर्वसहमतिले चयन गरेको छ । उपाध्यक्षमा बुद्ध नेगि र प्रेम तामाङ, सचिवमा साँइला तामाङ र कोषाध्यक्षमा सन्तलाल तामाङ निर्वाचित भएका छन् ।

ghedung

 

प्रतिक्रिया