ब्रुसलीको अमरकथा अव इन्डिजिनियस टेलिभिजनमा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२१ असोज २०७७, बुधवार
ब्रुसलीको अमरकथा अव इन्डिजिनियस टेलिभिजनमा

विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक अमरकथा नामक धारावाहिक टिभी सिरियल नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

नेपाली भाषामा अनुवादित ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक विहिवार बेलुकी ९ बजेदेखि १० वजेसम्म र पुनःप्रसारण शनिवार दिउँसो ४ः०० बजेदेखि ५ः००, आइतबार राति १०ः०० बजेदेखि ११ः०० बजेसम्म सोमबार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म हुुनेछ । 

अरनिको समाजले टिभी सिरियल बु्रसलीको अमरकथा नेपालीभाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो । 

यो बु्रसलीको जीवनीलाई आधार बनाई गरिएको यो पहिलो टिभी सिरियल हो । यो टिभी सिरियलमा बु्रसली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्षहरु गरी आफुलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रुपमा स्थापित गरे भन्ने वारे प्रसंगहरु प्रस्तुत गरिएको छ । साथै  बु्रसलीको व्यक्तिगत र पारिवारिक विषयहरु यसमा समावेश गरिएको छ । 

अरनिको समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरु गदै आएको छ । तिमध्ये चीनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरुलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो । 

७० को दशकमा बु्रसलीका चलचित्रहरु नेपाली दर्शकहरुमा साथै विश्वभर लोकप्रिय थिए । 

अरनिको समाज चीनका विभिन्न विश्वविद्यालयहरुबाट अध्ययन पूरा गरी फर्केका नेपालीहरुको संस्थाहो । समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरु गदै आएको छ । तिमध्ये चीनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरुलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो, विज्ञप्तीमा भनिएको छ । 

समाजले यसअघि लोकप्रिय वृत्तचित्र तथा टिभी सिरियल पश्चिततिरको यात्रा नेपाली भाषामा अनुवाद गरी नेपालका विभिन्न टिभी च्यानलहरुबाट प्रशारण गरिसकेको र गर्दै आईरहेको छ । 

टिभी सिरियल पश्चिततिरको यात्रा चीनमा लोकप्रिय बनेपनि विषयबस्तु माथी परिचित नभएको कारण नेपाली दर्शक माझ त्यति लोकप्रिय बन्न सकेन । त्यसकारण समाजले यसपल्ट नेपालीहरु विच परिचित विषयबस्तु भएको टिभी सिरियल ब्रुसलीको अमरकथा नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गरेको विज्ञप्तीमा जनाइएको छ । 

प्रतिक्रिया