हाम्रो गौरव हिमचितुवा आङरिता

सोनाम याङ्जी शेर्पा
सोनाम याङ्जी शेर्पा१० असोज २०७७, शनिवार
हाम्रो गौरव हिमचितुवा आङरिता

नेपालको पर्वतारोहण क्षेत्रमा अपुरणीय क्षती पुग्न गएको छ । हिमचितुवा उपनामबाट विश्व परिचित आङरिता शेर्पाको निधनलाई लिएर नेपाली पर्वतारोहण क्षेत्रमा यस्तो आँकलन भईरहेको छ । हुन पनि हो ! आङरिता सिंगो नेपाली पर्वतारोहण क्षेत्रका तारा हुनुहन्थ्यो, सबैको अभिभावक, उत्प्रेरक र नेपाल राष्ट्रका सम्पदा हुनु हुन्थ्यो । साहस र धैर्यका प्रतीक हुनुहुन्थ्यो । गत सोमबार जोरपाटी स्थित उहाँकै निवासमा आङरिताले अन्तिम सास लिनु भएको थियो । हिमचुचुरालाई पराजित गर्ने हिम चितुवाले नियतीलाई भने जित्न सक्नु भएन । उहाँको दुखद् निधन हुन गयो । 

सन् १९४८ मा सोलुखुम्बु जिल्लाको यिल्लाजुङ (yillajung) मा जन्मनु भएका आङरिता विना अक्सिजन सगरमाथालगायत विभिन्न हिमालको सफल आरोहण गर्नू भएको थियो । यसैकारण उहाँले हिमचितुवा उपनाम पाउनु भएको हो । विना अक्सिजन दश पटक सगरमाथाआरोहणको कीर्तिमान राख्नु भएको थियो । सन् १९८३ मा चोयु हिमालको पहिलोपटक आरोहण गरेर पर्वतारोहण क्षेत्रमा आफ्नो यात्रा सुरु गर्नु भएका शेर्पाको यात्रा अविरल रह्यो । 

सामान्य परिवारमा जन्मनु भएका शेर्पाको परम्परागत पेशा भने चौरी पालन थियो । उहाँ पनि पशुपालन र कृषिमा केही समय आबद्ध हुनु भयो । तर, वैकल्पिक रोजगारीका रुपमा १५ वर्षकै उमेरबाट नै पर्यटकको भारी बोक्ने काममा लाग्नु भयो । यही विन्दूबाट उहाँको  पर्यटन क्षेत्रमा प्रवेश थियो । 

आफ्नो पुरै जीवन नेपालको पर्वतारोहण क्षेत्रमा समर्पित गर्नु भएको थियो ।  सन् १९८३ मा पहिलोपटक जर्मन–अमेरिकन आरोहण दलसँग पहिलोपटक विनाअक्सिजन विश्वको सर्वोच्चशिखर सगरमाथा आरोहण गर्नु भएको थियो भने  सन् १९९६ मा अन्तिम पल्ट सगरमाथा आरोहण गर्नु भएको थियो । 

उहाँले आफ्नो पुरै जीवन नेपालको पर्वतारोहण क्षेत्रमा समर्पित गर्नु भएको थियो ।  सन् १९८३ मा पहिलोपटक जर्मन–अमेरिकन आरोहण दलसँग पहिलोपटक विनाअक्सिजन विश्वको सर्वोच्चशिखर सगरमाथा आरोहण गर्नु भएको थियो भने  सन् १९९६ मा अन्तिम पल्ट सगरमाथा आरोहण गर्नु भएको थियो । 

सन् १९९० मा छैटौ पटक विना अक्सिजन सगरमाथाको आरोहण गरे पश्चात उहाँलाई धेरै पटक आरोहण गर्ने व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकड’ ले दुई पटक सम्मान गरेको थियो । त्यस्तै गरी उहाँलाई विनाअक्सिजन हिउँद महिनामा सगरमाथा आरोहण गर्न सफल भएका कारण  हिमचितुवा उपनाम दिएको थियो । सर्वोच्च शिखर सगरमाथामात्रै नभई आङरिताले विना अक्सिजन पाकिस्तानको माउन्ट केटु तथा नेपालको चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालआरोहण गर्नु भयो  । आङरिताकातीन छोरा र एक छोरी छन् । 

सन् १९९६ मा तत्कालिन राजा बिरेन्द्रले पछिल्लो दिनहरुमा हिमाल आरोहणमा नजान आग्रह गर्नू भएका कारण उहाँले आरोहणको यात्रालाई रोक्नु भएको थियो । पर्वतारोहण क्षेत्रको यात्रा रोकिए पनि उहाँले वातावरण संरक्षणको क्षेत्रमा सक्रिय भएर लाग्नुभएको थियो । उहाँले नेपालको पर्वतारोहण र नेपालीहरुको गौरवलाई विश्वमा पु¥याउन सफल भएकै कारण त्रिशक्ति पट्ट, गोरखा दक्षिणबाहु जस्ता पदकबाट सम्मानित हुनु भएको थियो । त्यसगरी वातावारण संरक्षण क्षेत्रमा पु¥याउनु भएको योगदानलाई कदर गर्दे ‘सर एडमण्ड हिल्लारी माउटेण्ट लिगेसिभ २०११’ बाट सम्मानित हुनु भएको थियो । 
मस्तिष्क सम्बन्धि रोगले थलिनु भएका उहाँलाई नेपाल सरकारको तर्फबाट सन् २०१७मा न्यूरो अस्पतालमा भर्ना भए पश्चात तत्कालिन पर्यटन मन्त्री दिलनाथ गिरी अस्पताल पुगेर उपचार खर्च सरकारले व्येहोर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

हिमचितुवा आङरिता देशको गौरव हुनुहुन्थ्यो । उहाँ रहिरहनु हुनेछ । उहाँको अन्तिम विदाईमा सरकारले राष्ट्रिय झण्डा र सलामी दिएको छ । राष्ट्रिय सम्मान व्यक्त गरेको छ । तर यो औपचारिक सम्मानले मात्र विश्व किर्तिमानी आरोहीलाई पुग्दैन ।

हिमचितुवा आङरिता देशको गौरव हुनुहुन्थ्यो । उहाँ रहिरहनु हुनेछ । उहाँको अन्तिम विदाईमा सरकारले राष्ट्रिय झण्डा र सलामी दिएको छ । राष्ट्रिय सम्मान व्यक्त गरेको छ । तर यो औपचारिक सम्मानले मात्र विश्व किर्तिमानी आरोहीलाई पुग्दैन । सगरमाथाको प्रथम आरोहण गर्ने स्व तेन्जिङ्ग नोर्गे शेर्पाको सम्मानमा भारत सरकारले संग्राहलय नै बनाएको छ । तर विडम्बना हाम्रो नेपाल सरकारले विश्वविख्यात आरोहीको निधनमा शोक वक्तव्य निकाल्न पनि धेरै पटक आग्रह गर्नू परेको उहाँका अनुयायीहरुको गुनासो छ । 

धेरै कीर्तिमानी आरोहीहरु विदेश पलायन भईरहेका बेलो मातृभूमिलाई कहिले पनि नछोड्ने आङरिता देशभक्त, राष्ट्रभक्त हुनु हुन्थ्यो । पटक पटक विदेशका सरकारहरुले आमन्त्रण गर्न आग्रह गर्दा समेत उहाँले देश छाड्न मान्नु भएन । उहाँ नेपाल र नेपालीको गौरुव हुनुहुन्छ, उहाँ हामी सबैको गौरव हुनु हुन्छ ।  यस घडीमा उहाँको योगदानको कदर नै सच्चा श्रद्धान्जलि हुन्छ । श्रद्धान्जलि हिम चितुवालाई । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु सोनाम याङ्जी शेर्पा