निकुञ्जमा बन्यजन्तुको तस्करी, स्थानीयको खबरदारी (विशेष टेलिभिजन कार्यक्रम सहित)

सोनाम याङ्जी शेर्पा
सोनाम याङ्जी शेर्पा२९ वैशाख २०७७, सोमवार
निकुञ्जमा बन्यजन्तुको तस्करी, स्थानीयको खबरदारी (विशेष टेलिभिजन कार्यक्रम सहित)

विश्वव्यापी महामारी कोभिड–१९ का कारण देशैभरी लकडाउन भईरहेको बेला विश्व सम्पदामा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जमा बन्यजन्तुको चोरी निकाशी बढे पछि स्थानीयबासीहरुले यसको खबरदारी गरेका छन् । 

निकुन्जमा ८ वटा कस्तुरी मरेको फेला परेको थियो । सोलुखम्बूस्थित खुम्बु पासाङल्हामू गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष छिरिङ शेर्पाकाअनुसार निकुञ्ज भित्र कस्तुरीहरु पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए र ती सबै मृत कस्तुरीबाट बिना निकालिएको  थियो ।  

कस्तुरी मारेको फेला पारे पछि स्थानीयले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासनको ध्यानाकर्षण गराएका छन् । ‘सेना र प्रशासनको अनुमति बेगर प्रबेश नै नपाईने निकुञ्जमा बिना तस्करीका लागि कस्तुरी मारिएको स्पष्ट हुन्छ । यसले निकुञ्ज प्रशासन माथि स्थानीयले खबरदारी गरेका छन् ।’ वडा अध्यक्ष शेर्पाले भन्नु भयो –‘कोरोना महामारीका बेला स्थानीय बासिन्दाहरु घरभित्रै रहेको बेला यस्तो घटना हुनुले निकुञ्जको सुरक्षामा जनताले प्रश्न उठाएका छन् ।’

‘सेना र प्रशासनको अनुमति बेगर प्रबेश नै नपाईने निकुञ्जमा बिना तस्करीका लागि कस्तुरी मारिएको स्पष्ट हुन्छ ।  ‘कोरोना महामारीका बेला स्थानीय बासिन्दाहरु घरभित्रै रहेको बेला यस्तो घटना हुनुले निकुञ्जको सुरक्षामा जनताले प्रश्न उठाएका छन् ।’

नाम्चेस्थित सगरमाथा राष्टिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत भूमिराज उपाध्यायले लकडाउन बेलाको यो घटनाले निकुञ्जलाई गम्भिर बनाएको बताउँदै घटनाका सम्बन्धमा अनुसन्धान भई रहेको बताउनु भयो । ‘हामीले शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी सकेका छौ, अनुसन्धान सके पछि सबैकुरा जानकारी गराउने छौ ।’

‘निकुञ्जको अत्यन्त बिकट भीरमा यो घटना भएको देखिन्छ । सामन्यतः यस्तो बिगट पहरामा कोही पनि जाँदैन भन्ने अनुमान विपरित चोर तस्करहरुले पासो थापेर कस्तुरी मारेको देखिन्छ ।’ निकुञ्जका संरक्षण अधिकृत उपाध्यायले भन्नु भयो  –‘यस क्षेत्रमा निरन्तर गस्ती भईरहेको छ । बन र बन्यजन्तु सुरक्षाका लागि हामी सचेत र सजग छौ ।’

तर स्थानीय बासिन्दाहरुले भने बन्यजन्तु तस्करीमा सरकारी कर्मचारीको मिलोमतो रहेको आरोप लगाएका छन् । बन तथा बनजन्य सम्पदा हाम्रो हो । यसको सुरक्षाका लागि कर्मचारीलाई सरकारले खटाए पनि काम नगरेको भन्दै केही दिन अगाडि स्थानीय भेलामा वार्डेनको तिब्र आलोचना गरिएको थियो । कर्मचारीहरु आफनो काम गर्दैनन्, मातेर हिड्छन्, खुम्बुकी एक महिलाले भन्नु भएको छ । 

यस आरोपका सम्बन्धमा  ध्यानाकर्षण गराउँदा प्रमूख संरक्षण अधिकृत उपाध्यायले स्थानीयबासीको आरोपमा सत्यता नभएको बताउनु भयो । ‘भन्नेलाई सबैलाई छुट छ, तर हामी हाम्रो काम गरिरहेका छौ ।’

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले पनि निकुञ्जको अनुमति बिना प्रबेश नै नपाइने क्षेत्रमा अपराधिक घटना भएबाट प्रश्न उठ्नु स्वभाविक भएको बताउनु भयो ।  

उता खुम्बु पासाङल्हामु गाउँपालिका निबासी अभियन्ता पेम्बा दोर्जे लामा भने राष्टिय निकुञ्जमा जनताको स्वामित्व बढाउनु पर्ने तर्क राख्नु हुन्छ । यो बन र बनक्षेत्र स्थानीय आदिवासीले संरक्षण गर्दै आएका हुन् । आदिवासीको आस्था र बिश्वाससंग जोडिएको बन तथा बनक्षेत्र हठात सरकारीकरण गरिए पछि  पनि सरकारले सुरक्षा दिन नसक्नु बिडम्बना मान्नु पर्ने हुन्छ । 

शेर्पाहरु बौद्ध धर्मावलम्बी हौ । शेर्पा समुदायबाट हत्या तथा काटमार सम्भव हुन्न । बाहिरबाट आएका मानिसबाट नै यस्तो भएको हो ।

वडानम्बर ५का वडा अध्यक्ष शेर्पा पनि आदिवासी शेर्पाहरुले नै बन र बन्यजन्तुको संरक्षण गर्ने दावी गर्नु हुन्छ । ‘शेर्पाहरु बौद्ध धर्मावलम्बी हौ । शेर्पा समुदायबाट हत्या तथा काटमार सम्भव हुन्न । बाहिरबाट आएका मानिसबाट नै यस्तो भएको हो ।’  उहाँले भन्नुभयो । 

बनसंरक्षण अधिकृत उपाध्यायले पनि यसरी चोरी शिकारी गर्ने बाहिरका मानिस भएको आशंक ागर्नू हुन्छ । स्थानीयले बन तथा बन्यजन्तु संरक्षणमा सहयोग गरिरहेका छन् । निकुञ्जले पनि मध्यवर्ती क्षेत्रका लागि निकुञ्जको आय मध्ये केही रकम जनचेतना तथा स्थानीयबासिन्दाको हीतका लागि खर्च गरिरहेको दावी गर्नू भयो । ‘यस बर्ष सगरमाथा राष्टिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रका लागि ७ करोड रुपैया रकम विनियोजन भएको छ । यस मध्ये ४ करोड खर्च गरेर बिभिन्न कार्यक्रम गरिरहेका छौ ।’ उहाँले भन्नुभयो । 

मध्यवर्ती क्षेत्रका सदस्य कुङ्गा ग्यार्छो शेर्पाले पनि निकुञ्जले मध्यवर्ती क्षेत्रका लागि योगदान दिईरहेको भए पनि प्रभावकारी नभएको गुनासो गर्नू भयो । जनतालाई बिश्वासमा लिएर निकुञ्जको सुरक्षा प्रणाली सुद्धृढ गर्नू पर्ने उहाँको सुझाव थियो । 

विश्वको सबोच्च शिखर सगरमाथासहितका ल्होत्से, नुप्त्से, चोयु र आमादव्लम सहितका हिमाली क्षेत्र ओगटेको सगरमाथा राष्टिय निकुन्ज करीब ११४६ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुन्जमा कस्तुरी मृग, थार, घोरल, रातो पण्डा, लंगूर, बादर,  मुनाल लगायत बिभिन्न जातका दुर्लभ बन्यजन्तु तथा पंक्षी पाइन्छ । 

शेर्पा आदिवासीको मूख्य बसोबास रहको क्षेत्रमा रहेको निकुञ्ज पर्यटनका लागि आकर्षक मानिएको छ ।  नेपालले अनुमोदन गरेको आइएलओ महासन्धी नम्बर १६९ र आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्टसंघीइ घोषणा पत्र अनुसार आदिवासीको भूमिमा रहेको बन तथा बनजन्य सम्पादको नजिकको हकदार आदिवासीलाई मानेको छ । तर नेपालमा यसको सफल कार्यन्वयन हुन सकेको छैन । 

प्रतिक्रिया

अन्य सामाग्रीहरु सोनाम याङ्जी शेर्पा