आदिवासी महिलाका साझा मुद्धा तय भएको छ

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ साउन २०७७, मङ्गलवार
आदिवासी महिलाका साझा मुद्धा तय भएको छ

२६ औ विश्व आदिवासी दिवश बिशेष 

चिनीमाया माझी

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ आदिवासी महिलाहरुको साझा संस्था हो । महासंघमा प्रायः सबै आदिवाुसी महिलाको प्रतिनिधित्व रहेको छ । खासमा हामी आदिवासीका साझा मुद्धा र सरोकारमा केन्द्रीत हुन्छौ । हाम्रा गिितविधिहरु पनि त्यतै केन्दीत छन् । 

महासंघले गरेका कामहरुको समीक्षा गर्नु पर्दा सीमित स्रोत र साधानका बीच हामीले केही काम गरेको हामीलाई अनुभव हुन्छ । हाम्रो नयाँ कार्यसमिति आइसके पछि सुरुमा हामीले तीनओटा क्षेत्रीय कार्यशाला सम्पन्न गरेका छौ । जसमध्येको एक कार्यक्रम एसियास्तरको क्षेत्रीय कार्यशाला हो ।  जसमा १५ मुलुकका  ७० प्रतिनिधिको उपस्थिति थियो । 

दोस्रो आदिबासी महिला सम्मेलन फिनल्याण्डमा हुदैँ थियो । एसियाका आदिबासी महिलाहरुको  प्रतिबेदन तयार गर्नू थियो ।  त्यसमा विशेष गरी आदिबासी महिलाहरुको प्रथाजनित संस्था र ज्ञानका कुराहरु, प्रथाजनित कानुनका कुराहरु प्रमूख एजेन्डा तय भएको थियो भने आदिबासी महिलाहरुका चुनौीतको पनि लेखाजोखा गर्नू थियो । संसारभरका आदिबासी महिलाहरुको मुद्धा लगभग समान छन् । तर ती मुद्धामा  साझा  अवधारणा बनेको छैन ।  यो पनि हाम्रो अर्को मुद्धा थियो । विश्वव्यापी कोरोना महामारीका कारर्ण  विश्व आदिबासी महिला सम्मेलन पनि स्थगित भएको छ । 

हाम्रो नयाँ कार्यसमिति आइसके पछि सुरुमा हामीले तीनओटा क्षेत्रीय कार्यशाला सम्पन्न गरेका छौ । जसमध्येको एक कार्यक्रम एसियास्तरको क्षेत्रीय कार्यशाला हो ।  जसमा १५ मुलुकका  ७० प्रतिनिधिको उपस्थिति थियो । 

राष्ट्रिय आदिवासी महिला महासंघ र  नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धि वकिल समूह .(लाहुर्निप)को संयुक्त प्रयासमा चितवन राष्ट्रिय निकुञ्जमा हामीले अनुसन्धान गरेका थियौँ । त्यहाँ धेरै आदिबासीहरुमा मानवअधिकार हनन् भएको छ । यस विषयमा हामीले एकहप्ता लगाएर अनुसन्धान गरेका थियौँ । यो प्रतिबेदन सावैजनिक गरेका छौ र राज्यको ध्यानआकर्षण गरेका छौ । 

अर्को महत्वपुर्ण काम भनेको महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड) मा हरेक वर्ष बुझाउनुपर्ने प्रतिवेदन पछि सिड किमटिको सुझाव हो । हामी आदिबासी महिलाको तर्फबाट आदिबासी महिला संस्था राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, राष्ट्रिय आदिबासी जनजाति महिला मंञ्च, इनोल्याक र आदिवासी जनजाति राष्ट्रिय अपांग महिला संघका तर्फबाट बुझाएको प्रतिबेदन पछि सिडले नेपाल सरकारलाई सुझाव दिएको छ । ५३ बुँदामा दिइएको सुझावमा  १ देखि १५ सम्मका बुँदा आदिबासी जनजाति महिला र अपांगलाई विशेष केन्द्रीत  छन् ।  त्यस सुझावको ४१ नम्बरमा नेपालसरकारलाई आदिबासीहरुको अधिकार सुनिश्चित गर्नका लागि आइएलओ महासन्धि– १६९,  आदिवासीको अधिकार सम्बन्धि संयुक्त राष्टसंघको घोषणपत्र अनुसार संविधान संसोधन गरेर आदिबासीहरुको हकअधिकार सुनिश्ति गर्न सुझाव दिइएको छ । ती सुझाव हामीले आदिबासी जनजातिले बुझने भाषामा अनुवाद गरेका छौ र प्रदेशतहमा छलफल गरेर  सम्बन्धीत प्रदेशमा बुझाउने कार्य गरेका छौ ।

आदिबासी महिलाको भुमि अधिकारसंगै राज्यका निकायहरुमा प्रतिनिधिको अवस्था सम्बन्धि पनि हामीले अध्ययन गरेका छौँ । युएनडिपीको सहयोगमा आदिबासी महिलाहरुको आर्थिक सशक्तिकरणका विषयमा पनि अध्ययन गरेर प्रतिबेदन तयार गरेका छौ । त्यसलाई हामीले नेपाली र अंग्रेजीमा  प्रकाशन गरेका छौँ ।  

अध्ययनहरुबाट आदिबासी महिलाहरुको परम्परागत सीप भनेकै घरेलु मदिरा उत्पादन गर्ने र मर्चा बनाउन नै देखिएको छ । त्यसलाई हामीले कसरी कानुनी दायरामा ल्याउन सकिन्छ भनेर छलफल पनि चलिरहेको छ । आदिबासी महिलाहरुको यस्तो सिपले कानुनी मान्यता नपाएकै कारणले घरेलु रक्सी नष्ट गरिदिने, बनाईएको सामाग्रीहरुलाई ज्यादतीपूर्ण फाल्ने काम भईरहेको छ । यसको हामी घोर विरोध गर्दछौँ ।

आदिबासी महिलाको भुमि अधिकारसंगै राज्यका निकायहरुमा प्रतिनिधिको अवस्था सम्बन्धि पनि हामीले अध्ययन गरेका छौँ । युएनडिपीको सहयोगमा आदिबासी महिलाहरुको आर्थिक सशक्तिकरणका विषयमा पनि अध्ययन गरेर प्रतिबेदन तयार गरेका छौ । त्यसलाई हामीले नेपाली र अंग्रेजीमा  प्रकाशन गरेका छौँ ।  

हामीले आदिवासी महलिाहरुको एशियास्तरको नेटर्वक पनि बनाएका छौ ।  इन्डिजिनियस उमन इन एसिया नामक यो नेटवर्कका लागि च्यंमाइमा एसिया स्तररीय आदिवासी महशलिाकोे भेला भएको थियो । यो नेटवर्क एआईपिपिको सहयोगमा बनेको हो ।  यो नेटर्वकले कोभिड १९को अवधिमा धेरै कामहरु गरिरहेको छ । 

कोरोनाका कारणले विश्वभर महामारीको प्रकोप फैलिरहेको वेला नेपाल पनि अछुतो रहन सकेन । जसकारण नेपालमा भएको तीन महिने लामो लकडाउनले विभिन्न समुदाय आर्थिक रुपमा प्रभावित भए र यसले विशेषगरी आदिबासी महिलाहरु प्रभावित भए र हामीले बाच्नु पर्छ भनेर राहतहरु वितरण गरियो । कोरोना भाइरसबाट बच्नको लागि नेपाली भाषाबाट मात्र नभएर ४३ भाषामा चेतनामुलक सन्देश रेडियो नेपालबाट प्रसारण भइरहेको छ । 

आदिबासी महिलाहरुलाई लकडाउनले पारेको प्रभावका सम्बन्धमा पनि सर्बेक्षण गरिरहेका छौ । विभिन्न स्थानहरुमा वर्षायामको बेला गएको बाढिपहिरो पिडितलाई पनि आपतकालीन सहयोगहरु गरीरहेका छौ । । नेवार बस्ती उठीबासमा पनि हामीले खबरदारी गरीरहेका छौ । चेपाङ बस्तीमा घटेको ठुलो घटनाहरुमा पनि राहतको व्यवस्था गरेका छौँ । 
समग्रतामा आदिवासी जनजाति महिलाका धेरै सवालहरु छन् । हामीले सीमित स्रोत र साधनका बाबजुद पनि गरी रहेका छौ । आगामी दिनमा पनि केही गर्ने अठोट गरेका छौ । २६ औ विश्व आदिवासी दिवशको उपलक्षमा आदिवासीका सवालमा केही न केही गरौ भन्ने आह्वानसमेत गर्न चाहान्छु । 


चिनीमाया माझी, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघको अध्यक्ष हुनुहुन्छ । 

प्रतिक्रिया