चेपाङको घर जलाइयो, हात्ति लगाएर भत्काइयो 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ साउन २०७७, सोमवार
चेपाङको घर जलाइयो, हात्ति लगाएर भत्काइयो 

बिश्वव्यापी कोरोना महामारी र केहीदिन देखि परेको अविरल बर्षादले जनजीवन संकटपूर्ण अवस्थामा रहेकै बेला चितवन राष्टिय निकुञ्जले माडी नगरपालिका वडानम्बर ९ स्थित आदिवासी चेपाङ समुदायको घरमा आगजनी  गरेको छ । प्राप्त समाचार अनुसार केही घरहरु हात्ति लगाएर पनि भत्काइएको छ । 

अविरल बर्षाद र कोरोना महामारीका कारण जोखिमपूर्ण अवस्थामा रहेका चेपाङ समुदायका दश परिवार निकुञ्जको यो आकस्मिक कारबाहीले उनीहरुको जीवन थप कष्टपूर्ण बनेको छ । 

निकुञ्ज क्षेत्रको जमिन अतिक्रमण गरी घर टहरा बनाएको आरोपमा उनीहरुको घर भत्काइएको हो । अन्य परिवारलाई पनि घर छोडेर जान निकुञ्ज प्रशासनले उर्दी जारी गरेको पीडितहरुको भनाई छ । 

निकुञ्ज क्षेत्रको जमिन अतिक्रमण गरी घर टहरा बनाएको आरोपमा उनीहरुको घर भत्काइएको हो । अन्य परिवारलाई पनि घर छोडेर जान निकुञ्ज प्रशासनले उर्दी जारी गरेको पीडितहरुको भनाई छ ।

स्थानीय पत्रकार गोविन्द न्यौपानेका अनुसार चितवनको माडाी नगरपालिका वडा नं ९ स्थित कुसुम खोलामा रहेको चेपाङ समुदायको घर टहरा चितवन राष्टिय निकुञ्जको सहायक वार्डेनको नेतृत्वमा गएको टेलिले चेपाङहरुलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हट्न दबाब दिदै, घर टहरामा शनिबार आगजानी गरेको थियो । 

कुसुम खोलामा स्थानीय सरकारको समन्वयनमा घर टहरा बनाएर चेपाङहरुलाई वस्ती बसाईएको थियो । 

नेपालको मानव विकास सूचांकमा सबै भन्दा कमजोर जातिका रुपमा रहेको केही चेपाङहरु मकवानपुरबाट बसाई सरी २०५३ सालमा त्यहाँ गएका थिए । त्यहाँ करीव ६० परिवार चेपाङहरुको बसोबास रहेको छ । बाढी, पहिरो र डुवानबाट पीडित बनेका चेपाङ समुदाय आश्रयका लागि त्यहाँ घर टहरा बनाएर बसेका थिए ।

तत्कालिन संविधान सभाका सदस्य गोविन्द चेपाङका अनुसार जंगलमा बसोबास गर्दै आएका चेपाङहरुलाई स्थानीय सरकारको समन्वयमा बस्ती बसाइएको थियो । बस्ती उठीबास लगाउने उदेस्यले निकुञ्जका सुरक्षाकर्मीहरुले चेपाङहरुको घरमा आगजनी  गरेको बताउनुभयो ।
 

तत्कालिन संविधान सभाका सदस्य गोविन्द चेपाङका अनुसार जंगलमा बसोबास गर्दै आएका चेपाङहरुलाई स्थानीय सरकारको समन्वयमा बस्ती बसाइएको थियो । बस्ती उठीबास लगाउने उदेस्यले निकुञ्जका सुरक्षाकर्मीहरुले चेपाङहरुको घरमा आगजनी  गरेको बताउनुभयो ।


यो घटना पछि माडि नगरपालिकाका प्रमूख ठाकुर प्रसाद ढकालले एक वक्तव्य प्रकासित गरी चेपाङ समुदायलाई मात्र लक्षित गरि निकुञ्जले गरेको कारबाहीको निन्दा गर्नू भएको छ । उहाँले स्थानीय सुकुम्बासीलाई व्यबस्थापन गर्न नगरपालिकाले  विशेष कार्यक्रमहरु ल्याईरहेकै बेला नगरपालिकासंग कुनै समन्वय नै नगरी स्थानीय जनतालाई उठीबास लगाउनु आपत्तिजनक रहेको बताउनु भएको छ ।

कुसुमखोलाका सुकुम्बासीलाई व्यबस्थापन गर्न नगरपालिकाले आवास निर्माण गरिरहेको छ । तर निकुञ्ज कै अवरोधका कारण आवास योजना अधुरो बनेको प्रमूख ढकालको आरोप छ ।  माडी नगरपालिका निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र पर्दछ । बिगत लामो समयदेखि स्थानीय बासिन्दाहरुले निकुञ्ज प्रशासनको आलोचना गर्दै आएका छन् । 

चितवन राष्टिय निकुञ्जले मूलतः आदिवासी जनजातिलाई उठीबास लगाउने गरी आफनो काम अघि बढाएको स्थानीयको आरोप छ ।  लकडाउनका बेला बोटेहरुको माछामार्ने लाइसेन्स नविकरण नगरिएको र पछिल्लो अवस्थामा चेपाङ समुदायलाई उठिबास लगाउनु यही मानसिकता हाबी भएको स्थानीय आदिवासी अगुवाहरुको भनाई छ । 

यस घटना पछि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बिरोध गर्नू भएको छ । यसै गरी बिभिन्न मानवअधिकारकर्मीहरुले पनि यसमा आपत्ति जनाउनु भएको छ । 

प्रतिक्रिया