आदिवासी भाषाको सूचना सन्देश विश्वव्यापी अनुकरणयोग्य

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ असार २०७७, शुक्रवार
आदिवासी भाषाको सूचना सन्देश विश्वव्यापी अनुकरणयोग्य

विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ को संक्रमण बढी रहेको बेला समूदायमा सूचना र सचेतनाका लागि इन्डिजिनियस टेलिभिजनले उत्पादन गरेको मातृभाषाका सन्देशमूलक सामाग्रीहरु संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यलय (ओएचसिएचआर) जेनेभाले बिश्वव्यापी असल अभ्यासका रुपमा चित्रण गरेको छ ।
 
मानवअधिकार उच्च आयुक्तको मुख्य कार्यलयले कोभिड–१९ को अवधिमा मानव अधिकारको स्थिति समीक्षा गर्दे राज्य सरकार, समुदाय र संघसंस्थाका लागि जारी गरेको मार्गनिर्देशनमा नेपालको यो अभ्यासलाई  उच्च प्रशंसा  गर्दै यस्तो चित्रण गरेको हो । 

‘इन्डिजिनियस टेलिभिजनले  धेरै आदिवासीका मातृभाषामा सार्वजनिक हितका लागि सूचना सामाग्री (पीएसए) प्रसारणमा ल्याएको छ र यस्ता सामाग्रीहरु सामाजिक सञ्जालमा साझा गरिएको छ ।’ मानव अधिकारका लागि उच्च आयुक्तको कार्यलयबाट जारी गरिएको मार्गनिर्देशनमा उल्लेख छ ।  (लिङ्क हेर्नुहोस)  नेपालको इन्डिजिनियस रेडियो नेटवर्कले पनि सोही प्रकारको सार्वजनिक सन्देश निर्माण गरेर प्रसारणमा ल्याएको कार्यलाई असल अभ्यास मानेको छ । (लिङ्क हेर्नुहोस) 

विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ को संक्रमण बढी रहेको बेला समूदायमा सूचना र सचेतनाका लागि इन्डिजिनियस टेलिभिजनले उत्पादन गरेको मातृभाषाका सन्देशमूलक सामाग्रीहरु संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यलय (ओएचसिएचआर) जेनेभाले बिश्वव्यापी असल अभ्यासका रुपमा चित्रण गरेको छ ।

संयुक्त राष्टसंघीय उच्च आयुक्तको कार्यलयबाट जारी मार्गनिर्देशन पत्रमा नेपालको यो अभ्यासलाई बंगलादेश र क्यामरुनमा आदिवासी युवा संगठनहरुले पनि सुरु गरेको उल्लेख छ । 

इन्डिजिनियस टेलिभिजन र इन्डिजिनियस कम्युनीटि रेडियो नेटवर्कले १९ वटा भाषामा कोराना महामारीबाट सुरक्षित हुने उपायका बारे सार्वजनिक सूचना प्रसारणमा ल्याएको थियो । 

इन्डिजिनियस टेलिभिजनको प्रशारक संस्था इन्डिजिनिय मिडिया फाउन्डेशनका अध्यक्ष देवकुमार सुनुवारका अनुसार सामाजिक उत्तरदायित्वलाई ख्याल गरेर टेलिभिजनले ती सामाग्री उत्पादन गरेर प्रसारणमा ल्याएको हो । नेपाली भाषामा पहुँच नभएका दर्शकहरुका लागि उत्पादन भएका ती सामाग्रीहरु इन्डिजिनियस टेलिभिजनले प्रसारण गरिरहेको छ भने सामाजिक सञ्जाल मार्पmत साझा बनाइएको छ । 

त्यसै गरी इन्डिजिनियस कम्युनीटि रेडियो नेटवर्कका अध्यक्ष जगत दोङले पनि कोरोना महामारीबारे सचेतना जगाउने उदेश्यले तयार पारिएको रेडियो सन्देश रेडियोको सञ्जालमा भएका २४ रेडियोमा भाषिक समुदायको उपस्थिति अनुसार प्रसारण भईरहेको बताउनु भयो । 

इन्डिजिनियस टेलिभिजन र रेडियो नेटवर्कले नेपालका आदिवासीहरु मध्ये नेवार (नेपालभाषा), तामाङ, लिम्बु, मगर, कोइँचसुनुवार, गुरुङ, थारु, शेर्पा, ह्योल्मो, वान्तावा राई, चाम्लीङ राई, कुलुङ, डुङमाली राई, थामी, उराउ, मगर ढुट्, धिमाल, साङकेतिक भाषा, नेपाली  लगायत १९ भाषामा सूचना सन्देश प्रसारण गरिरहेको छ ।  (लिङ्क हेर्नुहोस )

कोभिड पछि इन्डिजिनियस टेलिभिजनले बिभिन्न भाषामा समाचार र कार्यक्रम प्रसारण गरिरहेको छ । हरेक दिन जनसवाल कार्यक्रममा कोभिड सम्बन्धी अन्तरक्रिया पनि भईरहेको उहाँले जानकारी दिनु भयो । यी कार्यक्रमले पनि महामारी बिरुद्ध सचेतना जगाउन समुदायमा योगदान पुगेको इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रुको दावी छ । 

विश्वभरीका सरकार र स्वयंसेवक संस्थाहरुले गरिरहेको कामको विवरण प्रकाशन गरिएको मार्गनिर्देशनमा यो जानकारी दिइएको छ । प्राय सबै सञ्चारमाध्यमबाट कोरोना भाईरस विरुद्ध नेपाली र अङग्रेजी भाषामा सूचना प्रवाह भैरहदा, नेपालका विविध भाषीक समुदायहरुलाई उनीहरुले बोल्ने र बुझ्ने भाषामा इन्डिजिनियस टेलिभिजन र इन्डिजिनियस कम्युनीटि रेडियो नेटवर्कले नेपालमा बोलिने विभिन्न भाषाहरुमा सूचना सन्देश उत्पादन गरी प्रसारण गरिरहेको छन् । 

सो जानकारी पत्र अनुसार अष्टे«लिया, बोलिभिया, ब्राजील, क्यनाडा, चिली, कोलम्बिया, डेनमार्क, इक्वेडर, फिनल्याण्ड, ग्वाटेमाला, मेक्सिको, न्युजिल्याण्ड, नर्वे र पेरुमा राज्य तहबाट नै आदिवासीका भाषामा कोभिड बिरुद्धको सचेतना सन्देश प्रकाशन र प्रसारण भएको छ ।   

आदिवासीको मातृभाषामा सन्देश र सूचना दिने यो प्रणालीलाई विभिन्न गैरसरकारी संस्थाहरुले पनि अनुसरण गरेका छन् । 

इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रुका अनुसार कोभिड पछि इन्डिजिनियस टेलिभिजनले बिभिन्न भाषामा समाचार र कार्यक्रम प्रसारण गरिरहेको छ । हरेक दिन जनसवाल कार्यक्रममा कोभिड सम्बन्धी अन्तरक्रिया पनि भईरहेको उहाँले जानकारी दिनु भयो । यी कार्यक्रमले पनि महामारी बिरुद्ध सचेतना जगाउन समुदायमा योगदान पुगेको उहाँको दावी छ । 

त्यसैगरी संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा संस्किृतिक संगठन (युनेस्को) ले पनि  मुख्यलयको आधिकारिक वेवसाईटमा पनि इन्डिजिनियस टेलिभिजन र इन्डिजिनियस कम्युनीटि रेडियो नेटवर्कको आदिवासीको मातृभाषामा सन्देश र सूचना दिने कार्यलाई उल्लेख गरेको छ । (लिङ्क हेर्नुहोस)

प्रतिक्रिया